त्रिविका सहायक डिन ५० हजार घुससहित पक्राउ
काठमाडौं । त्रिभुवन विश्वविद्यालय, विज्ञान संकायका सहायक डिन ५० हजार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सहायक डिन प्राध्यापक डाक्टर शम्भु प्रसाद पटेललाई ५० हजार घुसहित पक्राउ गरेको हो । कलेजको सम्बन्धन नवीकरण गराईदिने भन्दै सेवाग्राहीसँग ५० हजार घुस लिँदै गर्दा आयोगको टोलीले उनलाई रंगेहात पक्राउ गरेको होे । सहायक डिनलाई किर्तिपुर ट्यङ्लाफांट स्थित स्टिकस फास्ट फुड एन्ड क्याफेबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।
नक्कली प्रमाण पत्र पेश गरेर जागिर खाएको आरोपमा पूर्व सई मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी प्रधान कार्यालय, नक्साल (विशेष व्यूरो)मा कार्यरत पूर्व प्रहरी नायव निरीक्षक सरोज क्षेत्रीलाई नक्कली प्रमाण पत्र पेश गरेर जागिर खाएको आरोपमा मुद्दा दायर गरेको छ । अख्तियारले क्षेत्रीले प्रहरी नायव निरीक्षक सरोज क्षेत्री केसीले माध्यमिक शिक्षा परिषद, हरिश्चन्द्र इन्टर कलेज, वरहज, देवारिया, उत्तरप्रदेश भारतबाट प्राईभेट आइकम पास गरेको नक्कली एवम् झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी प्रहरी सहायक निरीक्षक पदमा नियुक्ति लिई प्रहरी नायव निरीक्षक समेतको ओहदामा बढुवा भएको पुष्टि हुन आएको हुँदा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको जनाएको छ ।
ट्रेड युनियनद्वारा प्राधिकरणमा तालाबन्दी
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरिएको छ । कर्मचारी सरुवाको विषयलाई लिएर राष्ट्रिय कर्मचारी युनियनअन्तर्गतका कर्मचारीले कर्मचारी प्रशासन महाशाखा प्रमुख डोलनाथ कँडेल र कर्मचारी प्रशासन शाखा प्रमुख जमुना खड्काको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । प्राधिकरणले हालै एक हजार पाँच सय ७४ कर्मचारीको सरुवा गरेको छ । त्यही सरुवाको विषयलाई लिएर कर्मचारीहरुले तालाबन्दी गरेका हुन् । युनियनले आफुले सिफारिस गरेअनुसार कर्मचारीको सरुवा नगरेको भन्दै तालाबन्दी गरिएको हो । विगतमा आधिकारिक युनियनको चुनावका बेलामा गरिएको सहमतिअनुसार तीन वर्षभन्दा लामो समयदेखि सरुवा हुन नपाएका कर्मचारीलाई कार्यविधि संशोधन गरी कर्मचारीहरुलाई सरुवा गर्नुपर्नेमा यसका विपरित अपायक हुनेगरी सरुवा गरिएको आन्दोलनरत कर्मचारीको भनाइ छ । समस्या समाधानको लागि पाँच सदस्यीय कमिटी गठन गरिएको छ । मंगलबार कार्यकारी निर्देशक घिसिङ, उपकार्यकारी निर्देशक शान्तीलक्ष्मी शाक्य र आधिकारिक ट्रेड युनियनका संयोजक रामेश्वर पौडेल सहितको छलफलपछि पाँच सदस्यीय कमिटी गठन गरिएको हो । पछिल्लो समय देखिएको विवाद तीन दिनभित्र सल्टाउने कार्यदेश कमिटीले पाएको छ ।
सांग्रिला डेभलपमेन्ट बैंक र स्पारो पे प्रालिबीच सम्झौता
काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र स्पारो पे प्रालिबीच खल्ती (डिजिटल वालेट) सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । बैंक र उक्त कम्पनीबीचको सहमती पत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृतसुयोग श्रेष्ठ र स्पारो कम्पनीको तर्फबाट उक्त कम्पनीका निर्देशक धु्रब अधिकारीले हस्ताक्षर गरे । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु जस्तै मोबाईल बैंकिङ्ग, लकर, एटिम, इन्टरनेट बैंकिङ्ग, एबिबिस, रेमिटयान्स आदि सुविधाहरु दिंदै आएकोमा हाल निकै प्रचलनमा रहेको पेमेन्ट गेटवे खल्तीसंग सम्झौता गरेको छ । यो सुविधा अन्तर्गत सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरुले इन्टरनेट बैंकिङ्ग तथा मोबाईल बैंकिङ्गद्वारा आफ्नो खातामा रहेको रकम खल्तीमा लोड गरी मोबाईल टपअप, एअर टिकट खरिद, खानेपानी शुल्क भुक्तानी, विद्युत महसुल भुक्तानी, सिनेमाका टिकेट जस्ता विभिन्न अन्य सुविधाहरु प्राप्त गर्न सकिन्छ । यो सेवालाई सांग्रिला डेभलपमेन्टका विभिन्न शाखाहरुका काउन्टरबाट डिपोजिट फर्म भरेर पनि यो सुविधा उपयोग गर्न सकिन्छ ।
फेरी राष्ट्रपति बन्न ट्रम्पले शुरु गरे प्रचार अभियान
वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो पटक पनि राष्ट्रपतिमा निर्वाचित हुन प्रचारप्रसार अभियान औपचारिक रुपमा शुरु गरेका छन् । आगामी सन् २०२० मा हुने निर्वाचनको प्रचारप्रसार अभियान उनले मङ्गलबार राति फ्लोरिडाको ओल्र्याण्डोबाट शुरु गरेका हुन् । ओल्र्याण्डोमा आयोजित र्यालीलाई सम्बोधन गर्दै उनले भने, “मैले अमेरिकाको राष्ट्रपतिमा अर्को एक पटक निर्वाचित हुनका लागि आजदेखि औपचारिक रुपमा प्रचार अभियान शुरु गरेको छु ।” सम्बोधनका क्रममा उनले फ्लोरिडा राज्य आफ्नो “दोस्रो घर” भएको बताउँदै समर्थकहरूलाई अर्को चार वर्षका लागि “एक ढिक्का रहन” आग्रह पनि गरे । बलियो अर्थतन्त्र र आप्रवासीबारे कडा नीतिका कारण आफ्नो पहिलो कार्यकाल सफल भएको दाबी गर्दै उनले आफू सधैँ अमेरिकी जनतालाई प्राथमिकता दिने पक्षमा रहेको बताए । थप चार वर्षको कार्यकालका लागि राष्ट्रपति बन्न खोजेका ट्रम्पले विपक्षी डेमोक्र्याटिक पार्टीका नेताहरुको चर्को आलोचना गरे । प्रारम्भिक मत सर्वेक्षणले डेमोक्र्याटिक तर्फका सम्भावित उम्मेदवारभन्दा उनी पछाडि रहेको देखाएकाले ट्रम्प उनीहरुप्रति थप आक्रोशित भएको बताइएको छ । सन् २०१६ को चुनावमा डेमोक्र्याटिक उम्मेदवार हिलारी क्लिन्टनलाई पराजित गर्दै ट्रम्प अमेरिकाको ४५औँ राष्ट्रपति बन्नु भएको थियो । अहिले शुरु भएको चुनावी र्यालीमा प्रथम महिला मेलानिया ट्रम्प पनि सहभागी भएका थिए । रासस/सिन्ह्वा
सिंगापुरमा काम लगाउने भन्दै ३ सय जनासँग ६ करोड ठगी गर्ने प्रवीन पौडेल पक्राउ
काठमाडौँ । महानगरीय अपराध महाशाखाले सिङ्गापुरको क्रुजमा काम लगाइदिने भन्दै रु छ करोड ठगीको आरोपमा एकजनालाई पक्राउ गरेको छ । महाशाखाको टोलीले आकर्षक तलब हुने भन्दै रु छ करोड ठगी गरेको आरोपमा नुवाकोट गणेशस्थानका ३४ वर्षीय प्रवीन पौडेललाई मङ्गलबार मकवानपुरबाट पक्राउ गरी आज काठमाडौँ ल्याई सार्वजनिक गरेको हो । महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सहकुलकुमार थापाले काठमाडौँको विशालनगरमा ‘द एपेरिङक फर्म प्रालि’ नामक ट्रेनिङ सेन्टर खोलेर पौडेलले विभिन्न व्यक्तिलाई ठगी गरेको जानकारी दिए । “पौडेलले सिङ्गारपुरको सोलास कम्पनीको पानीजहाजमा काम लगाइदिने भन्दै विभिन्न व्यक्तिलाई भारतको लखनउमा पठाएर तालीमसमेत दिने गरेको अनुसन्धानमा खुलेको छ”, उनले भने । पक्राउ परेका पौडेलले काम गर्न जाने लागत रु पाँच लाख र तलब अमेरिकन ६५० डलर हुने प्रलोभन देखाएर ३०० भन्दा बढीको रु छ करोड ठगी गरेको महाशाखाको दाबी छ ।
बैंकिङ कसुर मुद्दामा खड्का कारागार चलान, १ महिना कैद, २३ लाख जरिवाना
काठमाडौँ । बैंकिङ कसुर मुद्दामा फरार हुँदै आएका काठमाडौँ तारकेश्वर नगरपालिका– ९ का प्रमोदकुमार खड्का कारागार चलान भएका छन् । खड्का विरुद्ध परेको मुद्दामा उच्च अदालत पाटनले उनलाई एक महिना कैद र रु २३ लाख जरिवानाको फैसला वैशाख १६ गते गरेको थियो । त्यसवेलादेखि उनी फरार हुँदै आएका थिए । काठमाडौँको चक्रपथबाट उनलाई प्रहरीले मङ्गलबार पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरेको थियो । अदालतको आदेशले कैद भुक्तानका लागि उनलाई कारागार कार्यालय जगन्नाथदेवल काठमाडौँ पठाइएकोे प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)का प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए । खड्काले आर्थिक व्यवहार मिलाउने भन्दै जाहेरवाला प्रशान्त जैसवालसँग रु २३ लाख लिएकोमा नियतबस पैसा नभएको बैंकको चेक दिएपछि जाहेरी परेको थियो ।
होटल हायातका मजदुर काममा फर्किए
काठमाडौ । होटल हायातमा एक हप्तादेखी चलिरहेको आन्दोलन स्थगन गरी मजदुरहरु काममा फर्किएका छन् । मंगलबार साँझ श्रम तथा रोजगार कार्यालय टेकुले आन्दोलनरत पक्ष र व्यवस्थापन दुवै पक्षलाई पत्र काटेर वार्तामा बोलाएको थियो । मजदुर सहमतीमा आएपनि व्यवस्थापकलाई सहमतीमा ल्याउन सकस परेको छ । होटल हायातको आधिकारीक ट्रेड युनियनका अध्यक्ष मुक्ति दाहालले कानुनी प्रक्रियामा अघि बढ्ने बित्तिकै हामीले सहमती जनाएका छौँ, तर मजदुरको कमजोरी देखाउन हायात होटलको व्यवस्थापन पक्ष नियतवस लागीरहेको बताए । साथै, कानुनी रुपमा मजदुरहरु अघि बढ्न राजी भएको अवस्थामा होटले गर्ने अटेरमा सरकार जवाफदेही हुनु पर्ने तर्क दिए । ७४ लाख ४९ हजार कित्ता सेयर सूचीकृत भएको होटल एक सातादेखि बन्द