
काठमाडौं । यहाँ केही त्यस्ता तुलनात्मक रुपमा धनी व्यक्तिहरु छन् जसले राम्रो पारिश्रमिक आर्जन गरिरहेका छन् । त्यस्ता व्यक्तिले जिम्मेवारी ग्रहण गरेको कम्पनी जुन आफ्नो व्यवसायमा सफलतापूर्वक अघि बढिरहेको छ, त्यसैले यस्तो सोच्ने गरिन्छ कि ति व्यक्तिहरूको सफल नेतृत्वकै कारणले बजार अर्थतन्त्रमा यसको प्रभाव परेको छ । किनभने त्यस्ता व्यक्तिलाई कम्पनीले राम्रो पारिश्रमिक दिइरहेको छ, यसको अर्थ पक्कै यो हुनुपर्छ कि उनीहरु त्यो पारिश्रमिकका लागि योग्य छन् ।
केही अवस्थामा त्यो सही हुन सक्छ । केही अवस्थामा त्यो सही नहुन पनि सक्छ तर यो होइन किनकी बजार अर्थतन्त्रले उनीहरुकोअनुसार काम त्यसरी काम गर्दैन ।
मलाई गलत नठान्नुस् । कुनै बजार यदि त्यो पूर्ण हुनसक्छ, तर आजको समृद्ध, समुन्नत र स्वच्छ समाजअनुसार बजारलाई विकास गर्न केही बजार आयामहरु महत्वपूर्ण हुन्छन्, जसले धेरैजसो अवस्थामा विलाशिताको उचित आपूर्तिद्वारा हाम्रा आवश्यकताहरूलाई पूरा गर्दै आएको हुन्छ ।
तर बजारले त्यसरी जिम्मेवारी ग्रहण गर्ने व्यक्ति कति क्षमतावान छन् भन्ने आँकलन नै गर्दैनन् ता कि उनीहरुको क्षमताअनुसार पारिश्रमिक निर्धारण हुन सकोस् । त्यस्तो पारिश्रमिक निर्धारणमा बजारले कसरी काम गर्छ भन्ने कुरामा उनीहरु पूर्णरुपमा गलत हुन्छन् ।
जब बजारले मूल्य निर्धारण गर्छ, यसले अभाव र अधिक आपूर्तिको समस्यालाई दूर गरिदिनेछ भन्ने विश्वास राखिन्छ । ‘क्रेता’ले आपूर्ति पक्षलाई सुरक्षित गर्नको लागि एक अर्कासँग प्रतिस्पर्धा गर्छन् भने बिक्रेताले विक्री सुरक्षित गर्न एक अर्कासँग प्रतिस्पर्धामा उत्रिन्छन् ।
क्रेताले राम्रो पाउन र बिक्रेताले राम्रो नाफा पाउनेगरी बिक्री गर्न चाहन्छ त्यही शक्तिले नै मूल्य निर्धारण प्रणालीलाई निर्देशित गर्छ ।
मूल्य निर्धारण प्रणालीले मूल्य र मजदूरीको समायोजन गर्छ । धेरै उत्पादकत्व दिने मजदूरको मूल्य उच्च राखिन्छ, किनकी उसको उत्पादनले सम्भावित अभाव पूरा होस्, वा मूल्य न्यून गरिन्छ ताकि उच्च उत्पादन र बचतलाई त्यसले निरुत्साहन गरोस् र त्यसैगरी ज्यालाको मूल्य निर्धारण पनि हुन्छ ।
यदि कुनै सीईओलाई १० मिलियन डलर भुक्तानी गरिन्छ भने यसको अर्थ यो होइन कि उ त्यति भुक्तानीका लागि योग्य छ । यो यसकारण हुन्छ कि कुनै कम्पनीको बोर्डले उसलाई सुरक्षित गर्न १० मिलियन डलरको महशुस गर्छ ।
र यो पनि होइन कि एउटा कामदारले यदि घण्टाको १ डलर मात्रै पाउँछ भने उसले त्यति नै पाउने योग्यता राख्छ, बरु यो हो कि त्यस्तो कामदारलाई १ डलर प्रतिघण्टा दिँदैमा उसको श्रम सुरक्षित हुन्छ ।
बजारले अभावको क्षति र खेर जाने उत्पादनलाई निरुत्साहन गर्ने सन्दर्भमा मुख्य भूमिका खेलेको हुन्छ । तर यो त्यस्तो मेकानिजम होइन कि जसले कामदारलाई उसले कमाउनसक्ने क्षमताअनुसार भुक्तानी गर्न सक्छ ।
यदि तपाईँ धनी पनि हुनुहुन्छ र योग्य पनि हुनुहुन्छ भने यो एउटा संयोग मात्रै हो र तपाईँ बजारको अपवाद मात्रै हुनुहुन्छ, किनकी बजारमा यो नियम लागु हुँदैन ता कि ‘योग्य’ र धनीबीच अन्योन्याश्रित सम्बन्ध होस् । यदि कुनै व्यक्तिले उसको क्षमताअनुसार ज्याला पाउँछन् भने धनी व्यक्तिहरुको बीचमा गरिबहरुको पनि उत्तिकै उपस्थिति हुन्छ ।
यो कुरालाई हामीले इमान्दारितापूर्वक स्वीकार गर्नुपर्छ कि त्यस्तो धेरै कारणहरु छन् जसले धनी बन्ने व्यक्तिको धनी बन्ने कारणका लागि योगदान गरेको हुन्छ । उनीहरु कडा परिश्रमका कारणले पनि धनी भएका हुनसक्छन्, उनीहरु जन्मजात नै क्षमतावान भएका कारण नै धनी भएका पनि हुनसक्छन्, कोही कोही भाग्यको कारणले पनि धनी बनेका हुनसक्छन् भने कोही अनैतिक कामको कारणले पनि धनी भएको हुनसक्छन् । कहिलेकहिले यो एउटै मात्र कारणले मात्रै एउटा व्यक्तिको जीवनलाई धनी नबनाएर यीमध्ये कयैन कारणले पनि काम गरिहेका हुन सक्छन्, कहिलेकाँही त सबै पनि !
तर स्वच्छ समाजमा लागि यीमध्ये कुन कारणले धनी हुने विषयलाई नेतृत्व गर्नुपर्छ ? धेरैजसो व्यक्तिले भन्लान्, महत्वपूर्ण रुपमा प्रयोग हुने वस्तुहरू उत्पादनमा गरिने कडा परिश्रमका लागि धेरै मूल्य दिनुपर्छ र यसैको आधारमा धनी हुने विषय निर्धारित हुनुपर्छ । तर, को बढी क्षमतावान् भन्ने मापन चाहिँ कसरी गर्ने त ? राम्रो भाग्यले मात्रै पनि मान्छे अरुभन्दा क्षमतावान भएको निर्धारण गर्दैन । यदि त्यसो हुन्थ्यो भने को धनी हुने र को नहुने भन्ने विषय थप द्विविधायुक्त हुन्थ्यो र मान्छेले झुटको खेतीमार्फत् धनी बन्ने लक्ष्य पनि राख्दैनथे ।
यो प्रष्ट छ कि हामी पूर्ण रुपमा योग्यतायुक्त समाजमा बाँच्न सक्दैनौं– त्यस्तो समाज जहाँ मान्छेको शुद्ध योग्यतालाई पुरस्कृत गरिएको होस् । एउटा करोडपति व्यवसायीले यसो भन्न सक्छ कि उसले कडा मिहिनेत गर्यो । सायद उसँगै धेरै व्यवसायीले सोही समयमा कडा मिहिनेत गरे तर उनीहरु करोडपति भएनन् । त्यसबाहेक पनि केही बेइमानी, असामान्य व्यक्तिहरु धनी हुन्छन् किनकी केही प्रतिभाशाली र इमान्दारहरू अपेक्षाकृत गरिब छन् ।
त्यसैले यो स्पष्ट हुनु जरुरी छ कि जो व्यक्ति धनी हुन्छन् त्यो व्यक्ति क्षमतावान् हुनुपर्छ भन्ने केही छैन र जो व्यक्ति क्षमतावान् हुन्छन्, त्यो व्यक्ति धनी हुनैपर्छ भन्ने पनि छैन । वास्तवमा धनीपना र क्षमताबीचको अन्तरसम्बन्ध ज्यादै न्यून रुपमा मात्रै सकारात्मक हुन्छन् । बजार प्रणालीले यो विषयलाई राम्रोसँग चिन्न सक्दैन ।
कुनै व्यक्ति जोसँग धनी हुने योग्यता छैन तर उनीहरु धनी छ भने, म यो सुझाव दिन्छु कि उतीहरुले आफ्नो सम्पत्तिलाई रिफाइनान्सिङ गर्नुपर्छ र योग्य, क्षमतावान् र कडा परिश्रम गर्नेलाई दिनुपर्छ । तर यदि कुनै व्यक्ति योग्य छ भन्ने स्वीकार गरिन्छ भने पनि यहाँ अर्को समस्या छ कि ऊभन्दा योग्य अरु छ कि छैन वा ऊ अझै बढी योग्य त छैन ? तर बजारमा यस्ता नैतिक चासोहरूको कुनै उत्तर छैन ।
सरकारले यो विश्वास दिलाउन सक्नुपर्छ कि हामी यसलाई लागु गछौं, यसले देशमा भ्रष्टाचार निवारणका लागि महत्वपूर्ण भूमिका खेल्छ ।
तपाईँ हामीले त्यस्तो निष्पक्ष पुनर्वितरण प्रणाली व्यवस्थित गर्न सक्छौं जसले बजार संयन्त्रको अभाव र अधिक आपूर्तिको मेकानिजमको कारणले अर्थतन्त्र विघटन हुनसक्ने सम्भावना कम गर्छ तर यो विषय निकै कठिन हुन सक्छ ।
तर हामीले आधारभूत आयको प्रणाली व्यवस्थित गर्न भने सजिलै सक्छौं, जसले सबै आन्तरिक तथा बाह्य कामदारहरूको भुक्तानी प्रणालीलाई नियमित र व्यवस्थित बनाउँछ र उनीहरुको दैनिक जीवनको आवश्यकतालाई पूरा गर्ने पर्याप्तता सुनिश्चित गर्छ । यहाँ मेरो उद्देश्य व्यक्तिको योग्यता कति थियो जानकारी गराउनु थिएन, बरु सबै व्यक्तिहरू बाँच्नका लागि ‘डिजर्भ’ गर्छ भन्नु थियो र त्यसका लागि सबैले आधारभूत स्रोतहरुसँगको पहुँचको योग्यता पाउनुपर्छ भन्ने थियो र त्यसका लागि आधारभूत रुपमा पारिश्रमिक निर्धारण हुनुपर्छ भन्ने हो न कि बजारको माग र आपूर्तिका आधारमा ।
बजारको आधारभूत नियमभन्दा बाहिर रहेर हामीले काम गर्नुपर्छ किनकी बजारले अनुचित वा निष्पक्ष छुट्याउँदैन, कडा काम, प्रतिभा र भाग्यको उचित रिवार्ड गर्दैन । तर कमसे कम समाजमा रहनको लागि र प्रचलित सभ्यतासँग काम गर्नको लागि वा मानव जीवित रहन आधारभूत आवश्यकताको लागि ऊ योग्य छ, जसको कुनै पुष्टी गरिरहनुपर्ने आवश्यकता छैन ।
medium.com अनुदित