सिटिजन्स बैंकद्धारा म्याग्दीको तातोपानी कुण्ड व्यवस्थापन समितिलाई आर्थिक सहयोग

<p>काठमाडौं । सिटिजन्स बैंकले तातोपानी कुण्ड व्यवस्थापन समितिलाई भौतिक पूर्वाधारहरूको विकासको लागि आर्थिक सहयोग उपलब्ध गराएको छ । २०७६ साल असार ४ गते म्याग्दीको सदरमुकाम बेनीबजारमा स्थित प्राकृतिक उपचार केन्द्र तातोपानीमा आउने विरामी , स्थानिय तथा अन्तराष्ट्रिय पर्यटकलाई लक्षित गरी भौतिक पूर्वाधारहरूको निर्माणार्थ उक्त रकमको प्रयोग गरिने कुरा आयोजितकार्यक्रममा समितिद्वारा जानकारी गराईएको छ । यस [&hellip;]</p>

काठमाडौं । सिटिजन्स बैंकले तातोपानी कुण्ड व्यवस्थापन समितिलाई भौतिक पूर्वाधारहरूको विकासको लागि आर्थिक सहयोग उपलब्ध गराएको छ । २०७६ साल असार ४ गते म्याग्दीको सदरमुकाम बेनीबजारमा स्थित प्राकृतिक उपचार केन्द्र तातोपानीमा आउने विरामी , स्थानिय तथा अन्तराष्ट्रिय पर्यटकलाई लक्षित गरी भौतिक पूर्वाधारहरूको निर्माणार्थ उक्त रकमको प्रयोग गरिने कुरा आयोजितकार्यक्रममा समितिद्वारा जानकारी गराईएको छ ।
यस किसिमको सहयोगबाट देश तथा विदेशबाट उक्त कुण्डमा आउने पर्यटकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ । निकट भविष्यमा पनि बैंकले संस्थागत सामाजिक उत्तर दायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालनगर्ने कुरा जानकारी गराएको छ ।

“योर पार्टनरफर प्रोग्रेस”भन्ने नारालाई शिरोधार्य गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिंग सेवा पु¥याँउदै आएको यस सिटिजन्स बैंकको ८१ वटा शाखा, ७६ वटा एटिएम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाखग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा एटिएम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।

Share News