काठमाडौं । जनरल इन्स्योरेन्सले पहिलो वार्षिक कार्यक्रममा सम्पन्न गरेको छ । गत २०७५ असार ६ गतेबाट अठारौ निर्जिवन बिमा कम्पनीको रुपमा व्यवसायिक कारोवार शुरुवात गरेको प्रथम बर्ष पुरा भएको अवसरमा रक्तदान कार्यक्रम गरेको थियो ।
उक्त रक्तदान कार्यक्रमा नेपाल रेडक्रस सोसाइटी रक्त संचार केन्द्रले रगत ब्यवस्थापनको कार्य गरेको छ । कम्पनीले आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी भई रक्तदान गर्नु हुने सम्पुर्ण रक्तदाता महानुभाव, रक्तदान कार्यक्रमको रगत व्यवस्थापनमा सहयोग गर्नु हुने नेपाल रेडक्रस सोसाईटी रक्तसंञ्चार केन्द, कार्यक्रममा सहभागी जनाउने हुने एसबिआई क्यापिट, आइडिपिएस एजुकेशन कन्सल्टेन्सी, स्माट होडिडे र यस कम्पनीका सम्पुर्ण कर्मचारीहरु प्रति आभार व्यक्त गरेको छ ।