विकासन्युज

पहिलो पटक नेपालमा ‘स्वास्थ्य अधिकार वर्ष’ पुस्तक प्रकाशन

काठमाडौं । प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र र ५९ जिल्लामा रहेको स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण जिल्ला सञ्जालहरुको प्रयासमा नेपालमा पहिलोपटक स्वास्थ्य अधिकार वर्ष पुस्तक प्रकाशन भएको छ । संविधान जनताको मौलिक हक स्थापित भयो कि भएन र निःशुल्क स्वास्थ्य सेवा उपभोग गरे नगरेको विषयमा केन्द्रीकृत रहेको वर्ष पुस्तक शुक्रवार सार्वजनिक गरिएको हो । राज्यले उपलब्ध गराएको स्वास्थ्य सेवा, आधारभुत स्वास्थ्य सेवा, निःशुल्क स्वास्थ्य सेवा, मातृ सेवा, राज्यले दिने उपचार खर्चलगायतमा सवैले न्यायोचित रुपमा स्वास्थ्य अधिकार पाए कि पाएनन् भन्ने विषयमा अध्ययन गरिएको निचोडलाई पुस्तकमा समेटिएको छ । २०७५ सालभरीमा देशभरीमा स्वास्थ्य संस्थाहरुले दिएको उपचार सेवालाई केन्द्रविन्दुमा राखेर ५९ जिल्लामा अध्ययन गरिएको प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रका कार्यकारी निर्देशक शान्तलाल मुल्मीले बताए । स्वास्थ्य संस्थाहरु केही समय मात्र खुल्ने, स्वास्थ्यकर्मी उपलव्ध नहुने, जेष्ठ नागरिकको लागि विशिष्ट स्वास्थ्य सेवा उपलव्ध नभएको पुस्तकमा उल्लेख छ । सरकारी स्वास्थ्य संस्थामा दक्ष जनशक्ति पाउन मुश्किल भएका कारण वाध्य भएर निजी वा काठमाडौं धाउन वाध्य भएको पनि केन्द्रले गरेको अध्ययनले देखाएको छ । स्वास्थ्य वीमामा अन्योलता रहेको, दुर्गम क्षेत्रमा एचआइभी पीडितमाथि उपेक्षित व्यवहार रहेको, जातीय विभेद रहेको समेत पुस्तकमा औंल्याइएको छ । उपेक्षित र सीमान्तकृत जनता निःशुल्क मात्र हैन अन्य स्वास्थ्य सेवाबाटसमेत विमुख हुनु परेको र स्वास्थ्यकर्मीको व्यवहारका कारण जनताले निःशुल्क स्वास्थ्य सेवा उपभोग गर्न नपाएको निष्कर्ष अध्ययनले निकालेको छ । प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रका अध्यक्ष प्रा.डा. शरदराज वन्तको प्रमुख सम्पादनमा प्रकाशित पुस्तकमा स्वास्थ्य अधिकार हनन् भएका र राम्रा उल्लेखनीय कार्य भएको पनि देखाएको छ । स्वास्थ्य सम्वन्धि जान्न बुझ्न चाहनेका लागि रिसोर्स बुकको रुपमा समेत रहने सक्ने यो पुस्तकमा स्वास्थ्य अधिकारका क्षेत्रमा भएका सरकारी र नागरिक पहलका विषयलाई समेत समेटिएको छ । आधारभुत स्वास्थ्य जनताको नैसर्गिक अधिकार हो र निःशुल्क रुपमा स्वास्थ्य सुविधा प्रदान गर्नु राज्यको दायित्व हो भन्ने मान्यताका साथ प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र (रेस्फेक) ले संवैधानिक रुपमा मौलिक हकको रुपमा स्थापित स्वास्थ्य सेवा हरेक तह र तप्काका जनताले पाउनुपर्दछ भन्ने मान्यतालाई स्थापित गर्न नै पुस्तक प्रकाशन गरेको केन्द्रका अध्यक्ष प्राडा वन्तले बताए । पुस्तक लोकार्पण गर्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले मानवअधिकार आयोगले जेष्ठ नागरिकले स्वास्थ्य सेवा पाए÷नपाएको बारेमा अध्ययन गर्न लागेको जानकारी दिए । विवरण धेरै नै राम्रो भएको बताउँदै नेपाल सरकारलाई आधारभुत स्वास्थ्य सेवा निःशुल्क र इर्मजेन्सी सेवामा पहुँच पुर्याउने कुरा संविधानमा नै उल्लेख छ । गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच ग्रामीण क्षेत्रमा पुग्नुपर्ने र दीगो विकास लक्ष्यलाई पूरा गर्न स्वास्थ्य क्षेत्रमा देखिएका समस्या र विसंगतिलाई हल गर्दै जानुपर्ने बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले स्वास्थ्यलाई मौलिक हकको रुपमा लिपिवद्ध भएको बेला स्वास्थ्य अवस्था कस्तो छ भनेर औंल्याएको प्रतिवेदन पुस्तकले मन्त्रालयलाई थप जिम्मेवार बनाउन घच्घचाएको जानकारी दिए ।  स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण जिल्ला सञ्जालको तर्फबाट कास्कीका संयोजक तथा गैरसरकारी महासंघका महासचिव रामप्रसाद सुवेदीले प्रदेश र जिल्लाका अस्पतालले कतिपया अवस्थामा एउटा बेड पनि दिन नसकेको पाइएको बताए । गरीवलाई गुणस्तरीय सेवा दिनुपर्नेमा जोड दिंदै अध्ययनका क्रममा कहि उपकरण भएको तर जनशक्ति नभएको र कतै जनशक्ति छ तर उपकरण नभएको पाइएको जानकारी दिए ।

१० लाख भन्दा बढीको शेयर किन्नेको कडा निगरानी हुने, ५ कराेडसम्म जरिवाना गर्ने व्यवस्था

काठमाडौं । अब १० लाख भन्दा बढी रुपैंयाकाे शेयर कारोबार गर्नेको सम्पत्तिको स्रोतबारे कडा निगरानी हुने भएको छ । नेपाल धितोपत्र बोर्डले जारी गरेको सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशन २०७६ जारी गरी त्यस्तो व्यवस्था गर्न लागेको हो । जसअनुसार एकैदिन एकपटकमा वा पटकपटक गरी १० लाख वा सोभन्दा बढी रकमको शेयर किनबेच गर्ने व्यक्तिबारे ब्रोकरहरुले वित्तीय जानकारी ईकाईमा जानकारी गराउनुपर्नेछ, सो इकाईले सो कारोबारमा हुने स्रोतको परीक्षण गर्नेछ । बोर्डले शेयर कारोबार गर्ने संस्थाहरुले आफ्नो ग्राहकको ग्राहक पहिचान विवरणलाई थप सुदृढ रुपमा राख्नुपर्ने, धनीहरुको पहिचान सहि तरिकाले मापन गर्ने संयन्त्र बनाउनुपर्ने, उच्च नैतिक चरित्रवान रुपमा कानूनको परिपालना गर्नुपर्ने व्यवस्था समेत गरेको छ । बोर्डले जारी गरेका निर्देशनको परिपालना नगर्ने सम्बद्ध पक्षलाई दश लाख रुपैंयादेखि ५ करोड रुपैंयासम्म जरिवाना गराउनसक्ने व्यवस्था समेत निर्देशनमा गरिएको छ । [pdf id=157265]

नरेन्द्र मोदी विश्वको सबैभन्दा शक्तिशाली व्यक्ति; पुटिन, ट्रम्प र सी पछाडि

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिङपिलाई पछि पार्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वको सबैभन्दा शक्तिशाली नेताको रुपमा उदाएका छन् । बेलायतको व्रिटिस हेराल्ड नामक पत्रिकाले गरेको सर्वेक्षणमा मोदीले सर्वाधिक ३०.९ प्रतिशत मत प्राप्त गरि विश्वको सर्वाधिक शक्तिशाली व्यक्तिको रुपमा उदाएका हुन् । उनी पछि दोस्रोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले २९.९ प्रतिशत मतसहित दोस्रो, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको २१.९ प्रतिशत मतसहित तेस्रो स्थानमा रहँदा चिनियाँ राष्ट्रपति सी १८.१ प्रतिशत मतसहित चौथो स्थानमा छन् । याे नतिजा हेराल्ड जुलाइ १५ काे नयाँ संस्करणमा छापिनेछ ।

मुगुकाे गमगढी बजारका ५ चोकहरुमा सडक बत्ती जडान

काठमाडौं । मुगु जिल्ला सदरमुकाम गमगढीको पुरानो तथा मूल बजारका सडकमा सडक बत्ती जडान गरिएको छ ।छायाँनाथ रारा नगरपालिकाले जिल्ला सदरमुकाम गमगढी बजारका ५ वटा चोकहरुमा सडक बत्ती जडान गरेको हो । सडक बत्तीहरुको विधिवत रुपमा बिहीबार साँझ उद्घाटन गरेर सेवा सञ्चालन गरिएको छ । सडक बत्तीको उद्घाटन गर्दै नगरप्रमुख हरिजंग शाहीले बजार क्षेत्रमा शान्ति सुरक्षा, बटुवालाई आवत जावतमा सहज र बजारलाई रात्रिको समयमा उज्यालो बनाउन सडक बत्ती जडान गरिएको बताएका छन् । उनले अहिले परीक्षणका रुपमा सदरमुकामका पाँच स्थानमा स्वचालित सडक बत्ती जडान गरिएको र भविष्यमा क्रमिक रुपमा नगरक्षेत्रका ग्रामीण बजार र सडकमा समेत सडक बत्ती जडान गर्ने योजना नगरपालिकाको रहेको जानकारी गराएका छन् । गमगढी बजारका व्यस्त चोकहरु अदालत चोक, मिलन चोक, कृष्ण चोक, हाईस्कुल चोक र चैन चोकका ती सडकमा बत्तीहरु राखेर सञ्चालन गरिएको हो । रासस

नुवाकोटको बट्टारमा सिद्धार्थ बैंकको नयाँ शाखा

काठमाडौं । नुवाकोटको बट्टारमा सिद्धार्थ बैंकको नयाँ शाखा विस्तार भएको छ । सिद्धार्थ बैंकले शुक्रबार नुवाकोटको बट्टार शाखाको औपचारिक बैंकको बट्टार शाखाको उद्घाटन विदुरनगरपालिका मेयर सन्जु पण्डितले गरेका हुन् । बैंक क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले देशभर १ सय ५६ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), सय शाखारहित बैंकिङ्ग सेवा, १ सय ६९ एटिएम र १हजार ३ सयभन्दा बढी पिओएस् मेसिन मार्फत् उच्च स्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

वैदेशिक रोजगारसम्बन्धी नीतिको स्थानीयकरणमा चुनौती,समन्वय समिति गठन गर्न सुझाव

काठमाडौं । वैदेशिक रोजगारसम्बन्धी नीतिको स्थानीयकरणमा चुनौती देखिएको छ । मानवअधिकारका लागि पिपुल फोरमले  शुक्रबार आयोजना गरेको ‘वैदेशिक रोजगारसँग सम्बन्धित व्यवस्थापनको स्थानीयकरण’ मस्यौदा नीतिपत्र कार्यक्रममा आप्रवासविज्ञ अधिवक्ता सोम लुँइटेलले वैदेशिक रोजगार व्यवस्थापन स्थानीयकरणका लागि कार्यादेशको पृथकीकरण, संरचनाको सुधार र सेवाको स्थानीयकरण आवश्यक रहेको बताएका छन् । “विश्वका धेरै देशमा वैदेशिक रोजगारसम्बन्धी निकायको स्थानीयकरण हुन सकेको छैन”, उनले भने । फोरमका पूर्वअध्यक्ष लुँइटेलले स्थानीयकरणका लागि वैदेशिक रोजगारसँग सम्बन्धित विभिन्न कार्यालयलाई प्रदेशस्तरमा विस्तार गर्नका लागि वैदेशिक रोजगार जिल्ला समन्वय समिति गठन गर्न सुझाव दिए । सो अवसरमा सुरक्षित आप्रवासनका लागि राष्टिय सञ्जालका अध्यक्ष कुलप्रसाद कार्कीले दूतावासबाट भएको प्रमाणिकीकरण कमजोर हुन नदिन स्थानीय पालिकामा पठाउनुपर्ने बताएका छन् । वैदेशिक रोजगार व्यवसायी महासङ्घका महासचिव सरोज पोख्रेलले वैदेशिक रोजगार नीति बनाउनुपूर्व त्यसले कति समयसम्म काम गर्न सक्छ भन्ने निर्धारण हुनुपर्ने बताए । सहभागीले वैदेशिक रोजगारीका क्रममा पीडित महिलाका लागि स्थानीयस्तरमा छुट्टै व्यवस्था गरिदिनुपर्ने, वैदेशिक रोजगारसम्बन्धी प्रचारप्रसार र जनचेतना अभिवृद्धि गर्नुपर्ने, वैदेशिक रोजगारीमा जाने युवाको परिवार बारेको जानकारी स्थानीय सरकारले राख्नुपर्ने, वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाहरुको परिवारलाई स्थानीय तहमा नै क्षतिपूर्ति दिने व्यवस्था गर्नुपर्ने, नेपाल सरकारले छुट्टै सूचना बैंकको स्थापना गर्नुपर्ने लगायतका सुझाव दिएका थिए । रासस

भरतपुरमा देवः विकास बैंकको शाखा संचालन

काठमाडौं । देवः विकास बैंकले भरतपुरमा नयाँ शाखा संचालनमा ल्याएकाे छ । उक्त शाखा कार्यालयको उद्घाटन बैंक संचालक समितिका अध्यक्ष अवकाश प्राप्त उपरथी बज्र गरुङ्गले गरेका हुन् । कार्यक्रममा मन्तब्य राख्दै गरुङ्ले दक्ष जनशक्ति र चुस्त प्रविधिलाई अधिकतम परिचालन गरी सेवाग्राहीलाई गुणस्तरीय सेवा प्रदान गर्न बैंक सदैव प्रयत्नशील रहेको बताए । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर श्रेष्ठले देशको आर्थिक अभिबृद्धिमा टेवा पुर्याउन उत्पादनशील क्षेत्रमा कर्जा लगानी गरिने नीतिलाई अख्तियार गर्दै स्थानीयस्तरमा उद्यमशीलताको विकास गरी स्थानीय उत्पादकत्व बृद्धिका लागि सहकार्य गरिने प्रतिवद्धता सहनु पर्ने उनले बताए । कार्यक्रममा बैंकको गतिविधि माथी प्रकाश पार्नु हुँदै बैंकका संचालक समितिका सदस्य बिजयराज शर्मा भुसालले बैंक लघु वित्त, साना तथा मझौला व्यवसायमा केन्द्रित रहने र प्रदेश ३ मा आगामी दिनहरुमा थप शाखा संचालन गरी सेवा विस्तार गरीने जानकारी गराए । कार्यक्रममा भरतपुर महानगरपालिका, वडा नं. १० का वडा अध्यक्ष, अरुण विनीत भण्डारीले देवः विकास बैंक, भरतपुर शाखाबाट प्रदान गरीने उत्कृष्ट सेवाबाट वडावासी लाभान्वित हुने मात्र नभई वडा क्षेत्रको आर्थिक कारोवारलाई बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । उद्योग वाणिज्य संघ, नारायणगढका अध्यक्ष सहनलाल प्रधान चितवन जिल्लामा बैंकले थप सेवा विस्तार गरी व्यवसायिक कारोवारको दायरा बढेसँगै उद्योगी व्यवसायीलाई कर्जा कारोवार गर्न उत्प्रेरित गर्न व्याजदरमा ध्यान दिन सुझाव दिए । यसैगरी चितवन उद्योग संघका उपाध्यक्ष मदन घिमिरेले शुभकामना मन्तव्य उद्योगी व्यवसायी र बैंकबीच हातेमालो गर्नु पर्नेमा जोड दिए ।

ललितपुरमा प्रभु बैंकको नयाँ शाखा विस्तार

काठमाडौैं । प्रभु बैंकले ललितपुरमा नयाँ शाखा विस्तार गरेको छ । सेवाग्राहीहरुलाई सरल र सहज रुपमा अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका ललितपुर जिल्ला महालक्ष्मी न.पा. वडा नं.१ स्थित इमाडोलमा शाखा कार्यालय खोली कारोवार संचालनमा ल्याएको हो । कार्यक्रमका प्रमुख अतिथी महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले उद्घाटन मन्तव्य राख्ने क्रममा प्रभु बैंकले देशका विभिन्न ठाउँमा पुगेर बैंकिङ्ग सेवा विस्तार गरेकोमा खुशी प्रकट गर्दै यस इमाडोल शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गर्ने अवसर मिल्ने भएको बताए । बैंकको इमाडोल शाखा कार्यालय उद्घाटन कार्यक्रमको अवसरमा विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैितक दलका प्रतिनिधिहरु,विभिन्न संघ संस्थाका प्रतिनिधिहरु,स्थानीय व्यापारी, बुद्धिजिवी लगायत सर्वसाधारणहरुको उपस्थिति रहेको थियो । इमाडोल शाखा समेत गरी बैंकले हालसम्म १८५ वटा शाखा, १४६ वटा एटिएम र २३ वटा एक्सटेन्सन काउण्टरबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दैै आएको छ ।