
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिङपिलाई पछि पार्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वको सबैभन्दा शक्तिशाली नेताको रुपमा उदाएका छन् । बेलायतको व्रिटिस हेराल्ड नामक पत्रिकाले गरेको सर्वेक्षणमा मोदीले सर्वाधिक ३०.९ प्रतिशत मत प्राप्त गरि विश्वको सर्वाधिक शक्तिशाली व्यक्तिको रुपमा उदाएका हुन् ।
उनी पछि दोस्रोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले २९.९ प्रतिशत मतसहित दोस्रो, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको २१.९ प्रतिशत मतसहित तेस्रो स्थानमा रहँदा चिनियाँ राष्ट्रपति सी १८.१ प्रतिशत मतसहित चौथो स्थानमा छन् ।
याे नतिजा हेराल्ड जुलाइ १५ काे नयाँ संस्करणमा छापिनेछ ।