
काठमाडौं । अब १० लाख भन्दा बढी रुपैंयाकाे शेयर कारोबार गर्नेको सम्पत्तिको स्रोतबारे कडा निगरानी हुने भएको छ । नेपाल धितोपत्र बोर्डले जारी गरेको सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशन २०७६ जारी गरी त्यस्तो व्यवस्था गर्न लागेको हो ।
जसअनुसार एकैदिन एकपटकमा वा पटकपटक गरी १० लाख वा सोभन्दा बढी रकमको शेयर किनबेच गर्ने व्यक्तिबारे ब्रोकरहरुले वित्तीय जानकारी ईकाईमा जानकारी गराउनुपर्नेछ, सो इकाईले सो कारोबारमा हुने स्रोतको परीक्षण गर्नेछ ।
बोर्डले शेयर कारोबार गर्ने संस्थाहरुले आफ्नो ग्राहकको ग्राहक पहिचान विवरणलाई थप सुदृढ रुपमा राख्नुपर्ने, धनीहरुको पहिचान सहि तरिकाले मापन गर्ने संयन्त्र बनाउनुपर्ने, उच्च नैतिक चरित्रवान रुपमा कानूनको परिपालना गर्नुपर्ने व्यवस्था समेत गरेको छ ।
बोर्डले जारी गरेका निर्देशनको परिपालना नगर्ने सम्बद्ध पक्षलाई दश लाख रुपैंयादेखि ५ करोड रुपैंयासम्म जरिवाना गराउनसक्ने व्यवस्था समेत निर्देशनमा गरिएको छ ।
[pdf id=157265]