विकासन्युज

नेपाली पूँजी बजार अझै बाल्यावस्थामा, प्रविधिमैत्री बजारले लगानीकर्ताहरु लाभान्वित

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले नेप्से स्थापना भएको पच्चीस वर्ष भइसके पनि नेपालको कुल जनसंख्यालाई आधार मन्दा यो अझै बाल्यावस्थामा नै रहेको बताएका छन् । पोखरामा आयोजित ‘नेपाली पूँजी बजारका समाकालिन सवालहरु’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै साउदले सो विचार व्यक्त गरेका हुन् । नेप्से र पोखरा विश्वविद्यालय स्कूल अफ बिजनेस पूर्व विद्यार्थी मञ्चले संयुक्त रुपमा आयोजना गरेको सो कार्यक्रममा बोल्दै उनले हाल पूँजी बजार प्रविधि मैत्री हुनाले यसबाट लगानीकर्ताहरुले पारदर्शी रुपमा कारोबार गर्न पाएको बताए । नेप्सेले अनलाइन प्रणाली शुरु गर्दाको दिनहरुलाई सम्झँदै उनले भने,“बजारबाट अनियमित तबरले अकुत धन आर्जन गर्नेहरुले अनलाइन प्रणालीलाई लागु हुन नदिन त्यसबेला यसका विरुद्ध धेरै अनर्गल प्रचारबाजी समेत गरेका थिए ।” सोही कार्यक्रममा बोल्दै अर्थ मन्त्रालय बैंक तथा वित्तिय महाशाखाका उप सचिव बैकुण्ठ निधि शर्माले पूँजी बजारमा लगानी गर्दा अरुको लहलहैमा नलागेर लगानीकर्ताहरुले अध्ययन तथा विश्लेषण गरेर मात्र अगाडि बढ्नु पर्नेमा जोड दिए । कार्यक्रममा नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले नेपालको पूँजी बजारका विविध पक्षहरुका बारेमा बोलेका थिए भने वरिष्ठ सूचना प्रविधि अधिकृत प्रभाकर घिमिरेले नेप्सेको वेभसाइटमार्फत गरिने अनलाइन कारोबारका बारेमा जानकारी दिएका थिए । कार्यक्रममा पोखरा विश्वविद्यालय केन्द्रीय आंगिक कलेज स्कूल अफ बिजनेसका निर्देशक डाक्टर रविन्द्र घिमिरेले पनि आफ्नो धारणा राखेका थिए । पोखरा विश्वविद्यालयको केन्द्रीय आंगिक कलेज र पोखरा कलेज अफ म्यानेजमेन्टका विभिन्न विद्यार्थी क्लवहरुको समन्वयमा सम्पन्न कार्यक्रमको अन्तरक्रिया सत्रमा अञ्जली पौडेल, गौरव पराजुली, कपिल पौडेल, निरज खड्का, बिनु श्रेष्ठ, मनोज पौडेल लगायतले बोलेका थिए । कार्यक्रम पूर्व विद्यार्थी समाजका अध्यक्ष डाक्टर चैतन्य अधिकारीको अध्यक्षता र सदस्य सुवास मल्लको सञ्चालनमा सम्पन्न भएको थियो ।

+२ पछि मात्र विदेश पढ्न जाने नियम कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं । कक्षा १२ पछि मात्र वैदेशिक अनुमति पत्र दिने शिक्षा मन्त्रालयको नियमलाई सर्वोच्च अदालतले अन्तिम फैसला नहुँदासम्म लागु नगर्ने निर्देशन दिएको छ। सर्वोच्च अदालतले असार ८ गते सम्म उक्त निर्णय कार्यान्वयन नगरी सोही दिन छलफलका लागि उपस्थित हुन दुबै पक्षलाई आदेश दिएको हो। शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयले २०७६ साल जेठ २९ गते विज्ञप्ती निकाल्दै कक्षा १२ नसकिने विद्यार्थीहरु वैदेशिक अध्ययन अनुमती पत्र नदिने भनेसँग बजार तातिएको थियो। यसले धेरै कन्सल्टेन्सी र विद्यार्थीहरुलाई झ्ट्का महसुस भएको थियो। विदेश पढ्न जाने विद्यार्थीलाई अध्ययन स्वीकृति तथा विदेशी मुद्रा सटही सुविधाका लागि पनि नो अब्जेक्सन लेटर चाहिन्छ। १२ कक्षाको अध्ययन पुरा नगरी विदेश जाने विद्यार्थीहरुलाई वैदेशिक अनुमती अनुगमन शाखाले नो अब्जेक्सन लेटर नदिने भएको थियो। विद्यार्थीहरु विद्यालय शिक्षा (१२ कक्षा) अध्ययन तथा ३ महिने ६ महिने तालिमको लागि जापान, बंगलादेश, कोरिया, चिन, अष्ट्रेलियालगायतका देशमा जान स्वीकृति (नो अब्जेक्सन लेटर) लिने गरेपछि शिक्षा मन्त्रालयले अनुमति दिन केही समयको लागि रोकिएको प्रवक्ता बैकुण्ठ अर्यालले बताएका थिए। विद्यार्थीहरु भाषा तालिमा सिक्छु भन्ने नाममा विदेशमा लुकेर बस्ने, विद्यालय शिक्षा पुरा नगरि जाँदा निर्णय लिनसक्ने क्षमता नहुने र के गर्न जान लागेको कुरामा स्पस्टता नहुने कारण दु:ख पाईरहेको हुनाले आफुहरुले यो कदम चालेको प्रवक्ता अर्याललेले केही दिनअघी बिकासन्युजसँग बताएका थिए। अष्ट्रेलियामा केही समय अगाडि हजारौं संख्यामा विद्यार्थीहरु अलपत्र परेका थिए। त्यस समयमा सरकारले किन कुनै चेकजाँच बिना नो बजेजेक्सन लेटर दिएको कुरामा ठुलो प्रश्न उठेको थियो।

‘पायोनियर’ बैंकर पृथ्वीबहादुर पाँडे नै भन्छन्ः ‘अब बैंकमा लगानी नगर्नुस्’

काठमाडौं । शुक्रबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको सभाहल नेपाल इन्भेष्टमेन्ट बैंकका शेयरधनीहरूले भरिएका थिए । त्यही सभाहलको अघिपट्टी थिए, चुक्ता पुँजीका आधारमा नेपालकै सबैभन्दा ठूलो बैंकको रुपमा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकका दुई हस्तीहरु पृथ्वीबहादुर पाँडे र ज्योतिप्रकाश पाण्डे । सबैलाई दाजुभाइ जस्तो लाग्ने तर वास्तविक रुपमा दाजुभाइ नरहेका ती दुई हस्तीका अगाडि सभामा बोल्ने वक्ताहरू पनि नतमस्तक जस्तै भए, इन्भेष्टमेन्ट बैंकको चैत मसान्तमा देखिएको खराव वित्तीय विवरणप्रति कुनैपनि वक्ताले प्रश्न उठाउने हिम्मत गरेनन् । उनीहरूले त्यसको मेलै पाएनन् । सभामा बोलेका सबै वक्ताहरूलाई बोल्ने अनुमति अध्यक्ष पाण्डे आफैंले दिए । सभामा उठेका प्रश्नहरूको उत्तर पनि आफैं दिएका थिए । सभाको सुरुवातमा छोटो सम्बोधन गरेका पाण्डेले सो सम्बोधनमै पनि बैंकिङ क्षेत्र पहिलेजस्तो नभएको आशयसहितको अभिव्यक्ति दिएका थिए । वक्ताहरूको प्रश्नको उत्तर दिने क्रममा त झन उनले खुलेरै भने अब अधिक नाफाको लागि बैंकमा लगानी नगर्नुस्, अन्य क्षेत्र नै बढी फाइदाजनक छ । पृथ्वीबहादुर पाण्डको यो संकेतमा अन्तिम त्रैमासको आफ्नो बैंकको रिपोर्टको प्रभाव कति थियो वा बैंकको हालको अवस्थाको प्रभाव कस्तो थियो वा बजार प्रतिस्पर्धा र जोखिमको अवस्था कस्तो थियो, त्यो समयले नै बताउला तर बैंरहरूको नाममा १/२ स्थानमै आउने उनको भनाइ बैंकिङ क्षेत्रमा लगानीकर्तालाई भने पक्कै पनि मननीय छन् । आफ्नो भनाइलाई पुष्टि गर्न उनले २/३ ओटा तर्क पनि प्रस्तुत गरे । उनको भनाइअनुसार निरन्तर बढ्दो कर्मचारी खर्च, घरभाडा लगायतले बढ्दै गएको सञ्चालन खर्च र उद्योगीहरूको आन्दोलनको कारण कसिँदै गएको ब्याजदर अन्तर । उनले आफ्नै केन्द्रीय कार्यालयको उदाहरण दिँदै सुरुमा साढे २ कराेड रहेको दरबारमार्ग अफिसको खर्च ८ करोड पुगेको बताउँदै सोही अनुपातमा अरु ठाउँमा पनि खर्च बढ्दै गएको सुनाए । यद्यपि गतिमा एग्रेसिभ रुपमा बढेको ऋणको जोखिमको प्रभावले बैंकिङ क्षेत्रलाई कति थिच्दै लगेको छ भन्ने उनले बताएनन्, न त कसैले त्यस्तो प्रश्न नै गरे । पाण्डेले दरबारमार्ग अफिसको १५ वर्षको सम्झौता सकिन लागेको भन्दै सो सकिएपछि दरबारमार्ग अफिसलाई लाजिम्पाटमा सारेर पुतलीसडक कार्यालयलाई सुविधा सम्पन्न केन्द्रीय कार्यालयको रुपमा विकास गर्ने योजना समेत सुनाए । ‘यो बैंकमा तपाईको, मेरो सबैको लागनी छ, तपाईँहरुको अलि कम होला, मेरो अलि धेरै होला तर सबैको छ, केही पैसा जोगाउन सकियो भने पनि त्यो पैसा तपाईँ हाम्रो खल्तीमा जान्छ ।’ उनले यसो भन्दैगर्दा सभाहल तालीले गुञ्जियो । उनले नयाँ शाखा खोल्दा त्यो शाखा नाफामा जान ७/ वर्ष लाग्ने बताउँदै चलिरहेको बैंकलाई लिँदा त्यो जोखिम कम हुने भएकोले इन्भेष्टमेन्ट बैंकले पनि ससाना बैंकहरुसँग मर्जर चाहेको बताए । ठूला बैंकसँग मर्जरलाई असम्भव नै नदेखे पनि निकै जोखिमपूर्ण देखेका उनले भने ‘हाइयर दि इन्सिट्युसन, हाइयर दि कम्लिकेसन ।’

एटीएमबाट २० लाख बढी रकम निकाल्ने शंखमुलका राजुकुमार पाण्डे प्रकाउ

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको काठमाण्डौ उपत्यका स्थितका बिभिन्न स्थानमा राखिएको एटीएम बुथहरुबाट २० लाख रुपैयाँभन्दा बढी रकम निकाल्ने बाराका प्रतिवादी राजुकुमार पाण्डे प्रकाउ परेका छन् । अनाधिकृत र गैह्रकानूनी रुपमा ‘फ्रड प्लाष्टिक म्याग्नेटिक कार्ड’हरुको प्रयोग गरी पैसा निकाल्ने क्रममा संलग्न स्थायी ठेगाना बारा र हाल शंखमुलमा बस्ने ३३ वर्षको पाण्डे असार ५ गते प्रकाउ परेका हुन् । यस सम्बन्धि उच्च अदालत पाटनबाट ७ दिनको म्याद थप गरि आवश्यक अनुसन्धान भइरहेको महाराजगंजस्थित प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ । बरामद भएका सामानहरुः १. गोल्डेन कलरको सादा कार्ड थान–२(दुई), ई ५० फर यू एसोदा लेखिएको कार्ड थान–२(दुई), हाउस अफ फ्रेजर गिफ्ट सीएडी लेखिएको थान–१(एक), ओएस्टर लेखिएको कार्ड थान १(एक), प्रभु बैंकको सिसिर भण्डारीको नामको भिषा कार्ड थान १, स्टेड बैंकको मास्टर कार्ड थान १, नबिल बैंकको दिपावली पाण्डेको नामको भिषा कार्ड थान १, एस बैंकको फुर्ब वानचउकको मास्टर कार्ड थान १, सेञ्चुरी बैंकको पजल बस्नेतको भिषा डेबिड कार्ड थान १, आईएमई प्रिभिलेज कार्ड लेखिएको थान १ गरी जम्मा १२ वटा सामानहरु बरामद भएका छन् । २. रातो कलरको नोकिया कम्पनीको मोबाइल थान १, सिलवर कलरको आईफोन थान १, ३. नेपाली नगद एक हजार दरका ६६२ थान नोट ६ लाख ६२ हजार रुपैयाँ, ५०० दरका ४८ थान नोट २४ हजार रुपैयाँ, ४. एप्पल कम्पनीको ल्यापटप थान २ अनुसान्धानबाट थप खुल्न आएका कुराहरुः १. नीज पक्राउ अभियुक्त राजु पाण्डे र ३ जना रोम्यानियन नागरिकहरु मिलाी राष्ट्रिय वाणिज्य बैंकको काठमाडौंस्थित विभिन्न एटीएम बुथबाट पैसा निकालेको, २. प्रकाउ परेको अभियुक्तसँग रोमानियन नागरिकहरुको ७/८ महिना अगाडी नेपाल आउदा ठमेलमा चिनजान भई उक्त कार्यमा संलग्न रहेको, ३. प्रकाउ अभियुक्तले विदेशीहरुलाई विभिन्न एटीएम बुथमा पुर्याई एटीएमबाट अनाधिकृत रुपमा निकालिएको रकम बाँडफाँड गरी लिने गरेको, ४. हाल उक्त विदेशीहरुले नेपाल छोडी सकेको बुझिएको ब्युरोले जनाइको छ । सीआईबीले हालसम्म नेपाली ९६ लाख ६२ हजार ८५० रुपैया, अमेरिकी डलर ७५ हजार २२५, युरो ७३ हजार ८७५, ईन्डोनेसियन रुपी ३३ हजार, फिलिपिन करेन्सी ४७० र विभिन्न एटीएम कार्ड १३६९ थान बरामद गरिएको जनाईएको छ । त्यस्तै, एटीएम ठगीमा ब्यूरोले हालसम्म ६ नेपाल, ४ रोमानियन, ४ टर्कीस, ४ बुल्गेरियन, २ भारतीय र ४ मोल्दोभियन गरी जम्मा २४ जनालाई पक्राउ गरेको बतार्ईएको छ ।

पेट्रोलियम खानी अन्वेषण गर्न चिनियाँ प्राबिधिक टोली शनिबार नेपाल आईपुग्दै, दैलेख र पाल्पाको विस्तृत अध्ययन

काठमाडौं । पेट्रोलियम खानीहरुको थप अन्वेषणका लागि शनिबार चिनियाँ टोली नेपाल आईपुग्दैछ । चाईना जिओलोजिकल सर्भेको १९ सदस्यिय उच्चस्तरिय टोली शनिबार अपरान्ह नेपाल आईपुग्ने उद्योग मन्त्रालय श्रोतले बतायो । ‘चिनियाँ प्राबिधिक टोली शनिबार नेपाल आउँदैछ, डेढ महिना नेपाल बसेर नेपालका बिभिन्न पेट्रोलियम खानीहरुको थप अध्ययन गर्नेछ’, उद्योग मन्त्रालय श्रोतले भन्यो । २०७५ पुस पुस २९ गतेको मन्त्रिपरिषद बैठकले ‘ईम्प्लिमेन्टेशन एग्रिमेन्ट अफ चाईना अन आयल एण्ड ग्यास रिसोर्सेस सर्भे प्रोजेक्ट इन नेपाल’ स्वीकृत गरेको थियो । मन्त्रिपरिषदको सोही निर्णय अनुसार २०७५ फागुन १६ गते खानी तथा भुगर्भ विभाग र चाइना जिओलोजिकल सर्भेबीच नेपालमा रहेका पेट्रोलियम खानीहरुको विस्तृत अध्ययन सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको थियो । नेपालका तर्फबाट खानी विभागका महानिर्देशक सोमनाथ सापकोटा र चीनका तर्फबाट चाइना जिओलोजिकल सर्भेका भाइस प्रेसिडेन्ट डा. वाङ कुनले हस्ताक्षर गरेका थिए । चिनियाँ टोलीले दैलेख–सुर्खेत र पाल्पा क्षेत्रमा विस्तृत अध्ययन गरिनेछ । त्यसका लागि चीन सरकारले २ अर्ब बजेट विनियोजन गरेको छ । तर ३ वर्षमा तोकिएको काम सम्पन्न गर्न ४ अर्ब भन्दा बढी रकम आवश्यक पर्नेछ । १० वटा ब्लकमा पाँच वटा प्रोफाइल बनाएर भौतिक अध्ययन गर्ने योजना बनेको छ । दैलेखदेखि चतरासम्मका ब्लकहरुमा जमिन मुनीको सतहको सुक्ष्म अध्यन हुनेछ । जमिनहरु पेट्रोलियम पदार्थको भण्डारण हुने प्रकृतिका छन् वा छैनन् भन्ने तथ्य एकिन हुन्छ । जसलाई ‘म्याग्नेटोटेलोरिक परिक्षण’ भनिन्छ । यस्तो परिक्षण पाँच वटा सेक्सनमा हुनेछल । दोश्रो सेक्सनका रुपमा ‘विस्तृत(डिटेल) सेस्मिक सर्भे’ गरिनेछ । जसले जमिन मुनिको संरचनाको विस्तृत विवरण उपलब्ध गराउँछ । यसले ड्रिल गर्नुपर्ने ठाउँको समेत पहिचान गर्छ । र तेश्रो सेक्सनमा सम्भावित स्थलमा ड्रिल गरिनेछ । नेपालले लजिष्टिक र प्रशासनिक सपोर्ट गर्नेछ । नेपालका प्राबिधिकहरुले चिनियाहरुसँगै अध्ययनमा सहभागीता जनाउनेछन् । चीनबाट मिनिष्ट्री अफ नेचुरल रिसोर्सेस, चाइना जिओलोजिकल सर्भेको उच्च प्राबिधिक टोली आउनेछ । आगामी ३ बर्षभित्र नेपालको गर्भमा रहेका पेट्रोलियम इन्धन खानीहरुको विस्तृत अध्ययन गर्न तयार पारिएको द्धिदेशिय सम्झौतालाई ‘ईम्प्लिमेन्टेशन एग्रिमेन्ट अफ चाईना अन आयल एण्ड ग्यास रिसोर्सेस सर्भे प्रोजेक्ट इन नेपाल’ नाम दिईएको छ । नेपाल र चीनका प्राबिधिकहरुले आगामी ३ बर्ष भित्र नेपालमा रहेका पेट्रोलियम खानीहरुको विस्तृत अध्ययन गरेर मुलतः २ तथ्य पत्ता लगाउनेछन् । नेपालमा पेट्रोलियम पदार्थ र ग्यास कति छ ? त्यसको उत्खनन आर्थिक रुपमा फाइदा जनक छ की छैन ? पेट्रोलियम पदार्थको उत्खनन गर्नु आर्थिक रुपमा फाइदा जनक रहेको तथ्य उजागर भएमा नेपाल सरकारले थप उत्खननको प्रक्रिया अघि बढाउनेछ । यस अघि चाइना जिओलोजिकल सर्भेको टोलीले सन २०१६ को अप्रिल ३० मा नेपाल आएर सुर्खेत दैलेख, बुटवल पाल्पा र चतरा बराह क्षेत्रमा रहेका पेट्रोलियम खानीको संभाव्यता अध्ययन गरेको थियो । खानी तथा भूगर्व विभागले पेट्रोलियम पदार्थहरुको अन्वेषणका लागि एक करोड बजेट विनियोजन गरेको छ । चीनले ६÷७ ठाउँमा ड्रिल गरेर पेट्रोलियम पदार्थको मात्रा र गुणस्तर पत्ता लगाउने बताएको छ । अब यीनै ब्लकहरुमा ड्रिल गरिनेछ । २०७४ साउन ३१ गते चीनको राज्य परिषद्का उपप्रधानमन्त्री वाङ याङको नेपाल भ्रमणका क्रममा नेपालका पेट्रोलियम खानीहरुको अन्वेषण तथा उत्खनन गर्ने समझदारी पत्रमा हस्ताक्षर गरिएको थियो । सो अघि तत्कालिन प्रधानमन्त्री केपी ओलीले चिन भ्रमणका क्रममा जारी गरेको संयुक्त वक्तव्यमा पनि नेपालका पेट्रोलियम खानीहरुको अन्वेषण गर्ने उल्लेख थियो । पेट्रोलियम नियमावली २०४१, पाँचौं संसोधन २०७४ नेपाल पत्रमा प्रकाशित भएसँगै पेट्रोलियम उत्खननको बाटो खुल्ला भएको थियो । मन्त्रिपरिषदले स्वीकृत गरेको नियमावलीको पाँचौं संसोधन २०७४ साल साउन ९ गते नेपाल पत्रमा प्रकाशित भएर कार्यान्वयनमा आएको थियो । यी हुन १० ब्लक नेपालका १० वटा ब्लकहरुमा पेट्रोलियम पदार्थको खानी रहेका छन् । ती खानीहरुले क्रमशः धनगढी, कर्णाली, नेपालगञ्ज, लुम्बिनी, चितवन, बिरगञ्ज, मलंगवा, जनकपुर, राजबिराज र बिराटनगरका एक देखि १० नम्बर ब्लकका रुपमा नामाकरण गरिएको छ ।

सिप्रदी र टाटा मोटर्सद्वारा योग शिविर तथा सरसफाई कार्यक्रम सम्पन्न

काठमाडाैं । विश्वकै सबैभन्दा अग्रणी अटोमोबाइल कम्पनी टाटामोटर्स र टाटामोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी टेडिङ्ग प्रालिले अन्तर्राष्ट्रिय योग दिवस २०१९को अवसरमा नेपालका १६ मुख्य शहरहरूमा योग कार्यक्रमको आयोजना गर्दै दिवस मनाएका छन्। सिप्रदीको पहलमा आयोजित कार्यक्रमलाई सिप्रदियन सहायता संस्था र टाटामोर्टसले संयुक्त रूपमा सहयोग प्रदान गरेका थिए। अन्तर्राष्ट्रिय योग दिवस उत्सव टाटा मोर्टसको अन्तर्राष्ट्रिय कार्यक्रम हो र नेपालमा देशभर यो कार्यक्रमको आयोजना सिप्रदीले गरेको हो। कार्यक्रममा टाटामोटर्स र सिप्रदीका वरिष्ठ अधिकारीहरू सहित सिप्रदीका कर्मचारीहरू, सिप्रदीका कर्मचारीका परिवारजन, ग्राहकहरू र क्षेत्रीय अधिकारिहरूको उत्साहजनक सहभागिता थियो।आधिकारिक योग प्रशिक्षकहरूले योगसत्रको आयोजना गरेका थिए। एक हजार वर्ष पुरानो योग शारीरिक, मानसिक तथा आध्यात्मिक अभ्यास हो।योग अभ्यास गर्नेहरूमा योगले प्रदान गर्ने फाइदाहरूको पहिचान स्वरूप संयुक्त राष्ट्रसंघले केही वर्षअघि यो योग दिवस मनाउने निर्णय गरेकोमा अहिले धेरै देशहरूले आत्मसात गरेको यो विश्वव्यापी पहलमा सिप्रदी पनि सहभागी भएको हो। यो वर्ष आयोजना गरिएको योग दिवस उत्सव सिप्रदीले आयोजना गरेको तेस्रो संस्करण हो र पूर्वमा बिर्तामोडदेखि पश्चिममा महेन्द्रनगर अनि जोमसोमस्थित रहेका १६ वटा मुख्य शाखाहरूमा योगदिवसको अवसरमा कार्यक्रम बिस्तार गरिएको थियो। योग सत्रको समापनपछि सहभागीहरू सरसफाई कार्यक्रममा पनि सहभागी भए। नजिकैका खोलानाला, सामुदायिक भवनहरू र विद्यालयहरूको सरसफाई टाटायोद्धाका ग्राहकहरूको पहलमा गरिएको थियो। अमृतभोजनसँगै सरसफाई कार्यक्रम पनि सम्पन्न भयो। कार्यक्रमका बारेमा बोल्दै सिप्रदीका निर्देशक शम्भुप्रसाद दाहालले भने, “यो वर्षको योग दिवस “मुटुका लागि योग” भन्ने मूल नारासहित मनाइयो र मलाई खुसी लाग्यो यो कार्यक्रममा युवादेखि विभिन्न उमेर समूहका मानिसहरूको सहभागिता थियो। कारण के भने अहिलेको समयमा युवा समय जिन्दगीको दौडधुपमा बित्छ। योगको विकास मुटु र आत्माबीच सौहाद्रता र तादम्यता प्राप्त गर्दै मस्तिष्क, शरीर र आत्माको शान्ति प्राप्तिका लागि जसरी गरिएको छ। योग सकारात्मक पनसँग जोडिएको छ। यसले सकारात्मक विचार, सकारात्मक व्यवहार  र सकारात्मक ऊर्जा कायम गर्न सघाउँछ। र यस्तो सहभागिता र उत्साह देख्दा मलाई यो विश्वास लागेको छ कि योग मानिसको जीवनशैलीसँग जोडिन पुगेको छ। कर्मचारिहरू, ग्राहकहरू, साथीभाइ र परिवारजन सहित टाटामोटर्ससँग जोडिन पाएकोमा सिप्रदी र सिप्रदीयन सहायता संस्थाले गर्वको महसुस गरिरहेको छ।” सिप्रदी टेडिङ्गका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ भन्छन्,“सिप्रदीको सामाजिक उत्तरदायित्व विङ सिप्रदीयन सहायता संस्थाले वार्षिक रूपमा लगातार अन्तर्राष्ट्रिय योग दिवस मनाएको यो तेस्रो पटक हो। योग अभ्यास व्यायामका बारेमात्र होइन यो तस्व अनुशासन र स्वचेतना प्रतिप्रतिबद्धता हो। योगका हरेक शैलीको आफ्नै महत्त्व छ र व्यक्तिको शारीरिक र मानसिक विकासमा मद्दत पुर्‍याउँछ।”  

ग्लोबल विजनेश कलेजद्वारा निःशुल्क आँखा शिविर

काठमाडौं । ग्लोबल विजनश क्लेजको आयोजनामा निःशुल्क आखाँ शिविर सम्पन्न भएको छ । वीरगंजको नेशनल ट्रेडिङ्ग अगाडी क्लेज परिसरमा आयोजित शिविरमा अभिभावक, विद्यार्थी, सर्वसधारण र शिक्षक गरी एक सय ७० जनाले आखाँ चेकजाँच गराएको क्लेजका प्रबन्ध निर्देशक  राम दासले बताए । डा. अरुण यादव, प्राविधिक आशा जैशवाल, अन्जना घिमिरे र राजेश चौधरीको टोलिले निःशुल्क रुपमा चेकजाँच गरेको उक्त शिविरमा ६ जनामाथि दृष्ट दोश देखिएको मट्रिका फाउण्डेशनका मेडिकल कोर्डिनेटर महेश धामीले भने । उपचारका क्रममा आखाँमा समस्या देखिएका विरामीहरुको थप उपचार माट्रिका फाउण्डेशनले निःशुल्क रुपमा गरिदिने धामीले विश्वास व्यक्त गरेका थिए । शिविरमा ग्लोबल विजनश क्लेजका रोशन पटेल, उषमा गिरी, प्रिति भट्ट, प्रियंका यादव, शिसम मिश्रा, अमन कुमार चौरसिया, अभिषेख डंगोल, मनिषा यादव, अनिशा पटेल, ज्ञानेन्द्र चौधरी, रोहित गुप्ता, स्नेहा झा, अंकिता महतो, गौरव गुप्ता, गौरव पटेल, मुकेश सहनी, नेहा साह अभिभावकहरु विनिता महतो, तुलाधर चौधरी, रैजिता देवि, विजय कुमार यसैगरी शिक्षक शैरभ वर्णवाल, सुमन श्रेष्ठ, सिम्ररण परियार, विवेक थापा, सुरज पटेल कार्यक्रममा व्यवस्थापक अशोक सरार्फ, मानव संशाधन तथा अनुसन्धान व्यवस्थापक ओम प्रकाश श्रेष्ठ, क्लेजका सल्लाहकार तथा निर्देशक निभा दास लगायतको उपस्थिती रहेको थियो ।