विकासन्युज

नेपालको आफ्नै रेलः दशैंपछि मात्रै आउने, गुडाउने अझै टुङ्गो लागेन

काठमाडौं । दशैं अघि नेपालको आफ्नै रेल नआउने भएको छ । सरकारले भारतको कोँकण रेलवे कर्पाेरेशन लिमिटेडसँ २ वटा डेमु रेल खरिद गर्ने निर्णय गरेको भुक्तानी समेत पठाईसकेको छ । सरकारले २ वटा डेमु रेलका लागि कोँकण रेलवेलाई ८४ करोड ६५ लाख ९५ हजार ६ सय रुपैंयाँ भुक्तानी पठाईसकेको रेल विभागका प्रवक्ता अमन चित्रकारले बताए ।’कात्तिकको पहिलो हप्ता एउटा रेल नेपाल आईपुग्छ, कहिले गुडाउने भन्नेबारे अहिल्यै केहि भन्न सकिन्न’, चित्रकारले भने । सरकारले चैत ४ गतेको मन्त्रिपरिषद बैठकबाट दुुई सरकारबीच सम्झौता गरेर रेल खरिद गर्ने र नेपाली राष्ट्रिय झण्डा राखेर गुडाउने निर्णय गरेको थियो । सरकारले जनकपुर–जयनगर खण्डमा भारत सरकारको पूर्ण सहयोगमा रेलवे निर्माण सम्पन्न गरिसकेको छ । सो मार्गमा निर्माण हुने सात स्टेशनका लागि आवश्यक १५० कर्मचारीको छनोट प्रक्रिया शुरु भएको छ । मिश्रले सातै स्टेशनका लागि प्रशासनिक र प्राविधिक गरी कम्तीमा सातदेखि १५ जनासम्म कर्मचारी राख्ने गरी विभागले तयारी गरेको छ । ३५ किलोमिटर लामो जनकपुर–जयनगर–कुर्थाको रेलमार्गमा रेल गुडाउने मिति भने अझै सुनिश्चित भैसकेको छैन् ।

रोमाञ्चक यात्राका लागि तयार हुनुहुन्छ ? पल्सर डेयर भेन्चर ४ को रजिष्ट्रेसन खुल्ला

काठमाडौँ । बजाज मोटरसाइकलका अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले पल्सर डेयर भेन्चर सिजन ४ लिएर आएको छ । पल्सर डेयर भेन्चर नेपालको सबैभन्दा लोकप्रिय, साहसिक तथा पहिलो बाइक रियालिटी शो हो । पल्सर डेयर भेन्चरले सफलतापूर्वक ३ सिजन पूरा गरिसकेको छ जुन क्रमश २०१४, २०१५ र २०१७ मा सम्पन्न भएको थियो र पल्सर डेयर भेन्चर ४ का साथ अब अन्तर्राष्ट्रिय सिमाना पार गर्दै भयमुक्त तथा अलग प्रकारको एडभेन्चर महशुस गर्ने समय आएको छ । यसपटक पल्सर डेयर भेन्चरले पल्सर राइडरहरुलाई सबैभन्दा साहसिक रोडहरुको उचाई मापन गर्दै, अद्भूत अनुभव बटुल्ने बाइकरहरुको सबैभन्दा लोकप्रिय गन्तव्य, लदाखमा लग्नेछ । यो पल्सर डेयर भेन्चर ४ अब विदेशमा आयोजना हुने भएको छ । यो रजिष्ट्रेसन सबैका लागि खुल्ला गरिएको छ र बजाज चालक बाहेकले पनि पल्सर डेयर भेन्चर ४ मा सहभागिता जनाउन सक्नेछन् । रेजिष्ट्रेसनको अवधि २३ जुलाई २०१९ अर्थात श्रावण ७ गतेसम्म मात्र रहेको छ । विदेशी भूभागमा जानुको रोमान्चक अनुभव बाहेक विजेताले १० लाख नगद पुरस्कार र नयाँ पल्सर एनएस २०० प्राप्त गर्नेछन् ।

रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण छिट्टै

काठमाडौं । रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण छिट्टै सुरु हुने भएको छ । बालगोपालेश्वर मन्दिर, मन्दिरमा जाने पुल र पोखरी वरिपरिको बगैंचा पुनर्निर्माणका लागि मंगलबार पुनर्निर्माण प्राधिकरण र निर्माण कम्पनी सीए/तुलसी कन्ट्रक्सन जेभीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा प्राधिकरणका तर्फबाट सहसचिव एवम् सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखा प्रमुख शिवहरि शर्मा र निर्माण कम्पनीका तर्फबाट शान्तकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । पुनर्निर्माणका लागि सम्झौता रकम १४ करोड २७ हजार ५ सय ५७ रुपैयाँ छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बालगोपालेश्वर मन्दिर पुनर्निर्माणका लागि सम्झौता हुनुलाई सुखद् पक्ष भन्दै प्रताप मल्लकालीन शिखर शैलीमा पुनर्निर्माण हुने बताए । उनले उपभोक्ता समितिमार्फत् रानीपोखरीको पुनर्निर्माण भइरहेकाले अब बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण पनि द्रुत गतिमा सँगसँगै अघि बढ्ने बताए । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी सदस्य डा. चन्द्रबहादुर श्रेष्ठले रानीपोखरीको पुनर्निर्माण गर्दा मन्दिर पुनर्निर्माणमा र मन्दिर पुनर्निर्माण गर्दा रानीपोखरी पुनर्निर्माणमा असर नपार्ने गरी समन्वयात्मक ढंगले काम गर्न सुझाव दिए । सहसचिव एवम् सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखा प्रमुख शिवहरि शर्माले निर्धारित समयअघि नै निर्माण कम्पनीले बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण कार्य सम्पन्न गर्नेमा विश्वास व्यक्त गरे । निर्माण व्यवसायी शान्तकुमार श्रेष्ठले प्राधिकरण, उपभोक्ता समिति लगायतसँग सहकार्य र समन्वय गर्दै सम्पदाको मौलिकतालाई विशेष ध्यान दिएर बालगोपालेश्वर मन्दिर, पुल र वरिपरिको क्षेत्रमा पुनर्निर्माणको काम गर्ने प्रतिबद्धता व्यक्त गरे । रानीपोखरी उपभोक्ता समितिका अध्यक्ष अजय स्थापितले निर्माण व्यवसायी र आफूहरुबीच एकअर्कालाई सहयोग गरेर समन्वयात्मक रुपमा पुनर्निर्माणको काम गर्ने बताए । रानीपोखरी उपभोक्ता समितिमार्फत रानीपोखरीको पिँध र वरिवरीको क्षेत्रमा पर्खाल लगाउने कार्य भइरहेको छ ।

काठमाडौं महानगरकै पहिलो होमस्टे हाडीगाउँमा, तयार भयो जनशक्ति

काठमाडौं । काठमाडौं महानगरपालिको हाडीगाउँमा घरबास (होमस्टे) संचालन हुने भएाको छ । पौराणिक तथा ऐतिहासिक महत्व बोकेको हाडीगाउँमा महानगरकै पहिलो होमस्टे संचालन गर्ने तयारी गरिएको छ । होमस्टे संचालन गर्नका लागि २८ जना जनशक्ति तयार भएको आयोजक संस्था त्रिशक्ति महिला समूहकी अध्यक्ष उमा कार्कीले बताइन् । ‘हामीले यहि असार १९ गतेदेखि २३ गतेसम्म होमस्टे संचालन गर्न सैद्धान्तिक ज्ञान लियौ,’ उनले भनिन् ‘ अब प्रयोगात्मक ज्ञान लिएर होमस्टे संचालन गछौं ।’ नेपालको पौराणिक कला र संस्कृति हेर्न जाऔं हाडीगाउँ भन्दै उनले थपिन् ‘स्वदेशी तथा विदेशी पर्यटकको गन्तव्य हाडीगाउँ बन्ने छ ।’ होमस्टेको प्रवद्र्धनका निम्ति व्यवहारिक ज्ञान आवश्यक भएको नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिस्ठान (नाथम)का कार्यकारी निर्देशक दुर्गादत्त ढकालले बताए । त्रिशक्ति महिला समूहले सोमबार गहनापोखरीमा आयोजना गरेको पाँच दिने होमस्टे तालिम समापन समारोहलाई सम्बोधन गर्दै ढकालले भने ‘ सैद्धान्तिक ज्ञान लिएपछि त्यसलाई व्यवहारिक बनाउन औपचारिक तालिम लिनैपर्छ ।’ यस्तो तालिमको अवसर सबैले नपाउने भएकोले माग भएका र आवश्यकता औल्याइका स्थानमा दिइनुपर्ने उनको भनाइ छ । उनले त्रिशक्ति महिला समूहलाई पनि व्यवहारिक ज्ञान दिलाउन नाथमले निःशुल्क खानपान कुकिङको एकहप्ते तालिम दिने बताए । आगामी साउन पहिलो साता नै प्रयोगात्मक ज्ञान हासिल गरेर होमस्टे संचालन गर्न समेत उनले सुझाए । कार्यक्रममा ढकालले आवश्यक तयारीका साथ समूह आफैं सक्रिया भएर उपयुक्त प्रस्ताव लिएर आएमा आवश्यक सहयोग गर्न सकिने पनि बताए । कार्यक्रममा नेपाल पर्यटन बोर्डका अधिकृत सुशीला बरालले महिला समूहले काठमाडौंमा नै सामुदायिक होमस्टे सुरु गर्न तालिम लिनु सुरुवाती चरण मात्रै भएको बताइन् । आधारभूत होमस्टले तालिमले प्रारम्भिक ज्ञान मात्रै दिएकोले व्यवहारिक ज्ञानसहित थप प्रोत्साहन र क्षमता विकासको काम गरिरहनुपर्ने उनले औल्याइन् । तालिम र ज्ञान भनेको एक पटकको मात्रै पूर्ण नहुने र पटकपटक आवश्यक पर्ने पनि बताइन् । कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौं महानगरका ५ नम्बर वडा अध्यक्ष रमेश डंगोलले ठाउँ विशेषको महत्व दर्शाउन र आफ्नो स्थानको पहिचान दिलाउन होमस्टे प्रभावकारी हुँदै गएको बताए । उनले आर्थिक उपार्जनको माध्यम बन्न सक्ने र पर्यटनको पछिल्लो समयको प्रभावकारी माध्यम पनि होमस्टे नै भएको बताए । सोही कार्यक्रममा प्रा.डा प्रेम शर्माले नेपाली होमस्टेको प्रवद्र्धन गर्न हरेक सामूदायले आ आफ्नो ढंगबाट कार्यक्रम अगाडी सार्नुपर्ने अवाश्यकता औलाए । होमस्टे तालिमका लागि थप व्यवहारिक ज्ञान हासिल गर्न त्रिशक्ति महिला समूहका सल्लाहकार तथा वरिष्ठ अधिवक्ता उद्धव केसीले सहयोग गर्ने बताए । नेपाल पर्यटन बोर्डको आर्थिक सहयोगमा उक्त प्रशिक्षण तालिम संचालन गरिएको हो ।

महालक्ष्मी विकास बैंकका ग्राहकलाई ह्याम्स अस्पतालमा १५ प्रतिशत छुट

काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नाग्राहकका लागि स्वदेशमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने हेतुले ह्याम्स हस्पिटलसँग मिति मंगलबार सम्झौता गरेको छ । बैंकका तर्फबाट वरिष्ठ प्रबन्धक प्रकाश घिमिरे र अस्पतालका तर्फबाट सञ्चालक समितिका अध्यक्ष आरएस भण्डारीले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता अनुसार बैंकका ग्राहक, कर्मचारी, कर्मचारीका परिवार ले हयाम्स अस्पतालमा विभिन्न विधाका स्वास्थ्य परीक्षण तथा उपचार गराउँदा सेवा शुल्कमा १०% सम्मको छुट पाउने छन् । यसका साथै ह्याम्स फार्मेसीमा औषधी खरिद गर्दा ५% सम्मको छुट पाउने जनाएको छ ।

एभरेष्ट बैंकले फिनलेट नेपालको सहकार्यमा वित्तीय साक्षरता कार्यक्रम संचालन गर्ने

काठमाडौँ । एभरेष्ट बैंकल धरान, सुनसरीका १० विद्यालयमा वित्तिय साक्षरता कक्षा संचालन गर्न फिनलेट नेपालसँग सहकार्य गरेको छ । फिनलेट नेपालले एभरेष्ट बैंकको वित्तीय साक्षरता अभियानमा समर्थन गर्नेछ । स्कुल बुक नामक ५ महिना लामो वित्तीय साक्षरता कार्यक्रम विशेष रुपमा डिजाइन गरिएको छ जसले बालबालिका र अभिभावकहरुलाई वित्तिय मामिलालाई राम्रोसँग बुझ्न मदत गर्नुका साथै मुद्रा व्यवस्थापन, बचत र खर्च, वित्तीय योजना र लगानीका सिद्धान्तहरु सिकाउँछ । फिनलेट नेपालले देशका विभिन्न क्षेत्रमा वित्तिय शिक्षा कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ ।

आइएमई पे मोबाइल वालेट एपमा नयाँ विशेषता थप

काठमाडौँ । आइएमई ग्रुप अन्तर्गतको आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा संचालित आइएमई पे मोबाइल वालेट एपमा नयाँ विशेषता थप गरिएको छ । मोबाइल एपमा ‘डिल्स’ भन्ने नयाँ प्रावधान उपलब्ध गराइएको छ, जसबाट आइएमई पे मोबाइल वालेट एप चलाउनेहरुले विभिन्न रेस्टुरेन्ट वा पसलहरूले उपलब्ध गराएका अफरहरू प्राप्त गर्न सक्नेछन् । आइएमई पे मोबाइल वालेट एप गुगल प्ले वा एप स्टोरबाट सजिलै डाउनलोड गर्न सकिन्छ । आफ्नो व्यक्तिगत जानकारी उपलब्ध गराई प्रमाणित भएपछि सेवाग्राहीहरूले आइएमई वा आइएमई पे एजेन्टबाट, वा आफ्नो बैंकबाट सिधै, वा आइएमई पे मोबाइल वालेट एप चलाउने आफ्नो साथी भाइबाट मोबाइल वालेटमा पैसा हाल्न सक्नेछन् । काठमाडौँ र पोखराका विभिन्न रेस्टुरेन्टहरूमा हाल डिल्स सेवा अन्तर्गत् विभिन्न छुटको व्यवस्था गरिएको छ । आइएमई डिजिटल सोलुसन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विकासकुमार नहाटा भन्छन्,–आइएमई पे मोबाइल वालेट एपका हालका प्रयोगकर्ता र भविष्यमा हामीसँग आबद्ध हुने सेवाग्राहीहरूको पनि प्रमुख चाहना भनेकै आफूले खरिद गरी आइएमई पेबाट भुक्तानी गर्दा सजिलो र फलदायी होओस् भन्ने चाहना नै हो । यसलाई नै मध्यनजर गरी हामीले ‘डिल्स’ शीर्षक सुरु गरेका हौँ, जसबाट सेवाग्राहीहरूले आफ्नो वरिपरि के–कस्तो सुविधा र अफर चलिरहेको छ भनेर जानकारी पाउँछन् र आइएमई पेबाट भुक्तानी गर्दा विक्रेताले प्रदान गर्ने छुट सजिलै प्राप्त गर्न सक्छन् ।’ आइएमई पे मोबाइल वालेट एपको डिल्सको विशेषता १. आइएमई पे मोबाइल वालेट एपका कुनै पनि ग्राहकले तोकिएको स्थानमा गई आइएमई पेबाट भुक्तानी गर्दा छुट प्राप्त गर्न सकिने छ । २. यसका साथै आइएमई पेबाट विक्रेता अर्थात् मर्चेन्ट बन्नुभएका विक्रेताले आफ्नो छुटको विज्ञापन बिना कुनै शुल्क आइएमई पेका ग्राहकहरूलाई देखाउन वा प्रदर्शन गर्न सकिने छ ।  

बैकल्पिक उर्जामा बीओकेको अगुवाइमा ऋण, ६५ करोड ४६ लाख लगानी

काठमाडौँ । बैकल्पिक उर्जा क्षेत्रमा नेपाल कै सबभन्दा ठूलो व्यापारिक आयोजना निर्माणका लागि रिडी हाईड्रोपावर डेभलपमेन्ट कम्पनीले बैंक अफ काठमाण्डू लि.(बीओके) को अगुवाईमा सिटिजन्स बैंक इन्टरनेशनल लि. तथा नेपाल बंगलादेश बैंक लिमिटेडसंग सहवित्तीयकरण सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । बुटवल तिलोत्तमा वडा नं. ७ मा ६५.४६ करोड लगानीमा २६ विगाहा जग्गामा ३२,००० सोलार प्यानल भएको ८.५ मेगावाटको सौर्य फर्मबाट ३३ केभी प्रसारण लाइनमार्पmत १,४५,१०,५८४ किलोवाट युनिट विद्युत उत्पादन हुनेछ । आयोजनाबाट उत्पादन हुने विद्युत ब्याट्रीमा स्टोरेज नभई उत्पादन कै समयमा सिधै राष्ट्रिय ग्रीडमा समाहित हुनेछ । सन् २००१ मा बैंक अफ काठमाण्डू र अरुण भ्याली हाईड्रो कम्पनीको सम्झौता अनुसार नेपालकै पहिलो निजी क्षेत्रको लगानीमा संखुवासभाको पिलुवाखोलामा ३ मेगावाटको हाईड्रोपावरको निर्माण गरिएको थियो ।