काठमाडौं । दशैं अघि नेपालको आफ्नै रेल नआउने भएको छ । सरकारले भारतको कोँकण रेलवे कर्पाेरेशन लिमिटेडसँ २ वटा डेमु रेल खरिद गर्ने निर्णय गरेको भुक्तानी समेत पठाईसकेको छ । सरकारले २ वटा डेमु रेलका लागि कोँकण रेलवेलाई ८४ करोड ६५ लाख ९५ हजार ६ सय रुपैंयाँ भुक्तानी पठाईसकेको रेल विभागका प्रवक्ता अमन चित्रकारले बताए ।’कात्तिकको पहिलो हप्ता एउटा रेल नेपाल आईपुग्छ, कहिले गुडाउने भन्नेबारे अहिल्यै केहि भन्न सकिन्न’, चित्रकारले भने ।
सरकारले चैत ४ गतेको मन्त्रिपरिषद बैठकबाट दुुई सरकारबीच सम्झौता गरेर रेल खरिद गर्ने र नेपाली राष्ट्रिय झण्डा राखेर गुडाउने निर्णय गरेको थियो । सरकारले जनकपुर–जयनगर खण्डमा भारत सरकारको पूर्ण सहयोगमा रेलवे निर्माण सम्पन्न गरिसकेको छ ।
सो मार्गमा निर्माण हुने सात स्टेशनका लागि आवश्यक १५० कर्मचारीको छनोट प्रक्रिया शुरु भएको छ । मिश्रले सातै स्टेशनका लागि प्रशासनिक र प्राविधिक गरी कम्तीमा सातदेखि १५ जनासम्म कर्मचारी राख्ने गरी विभागले तयारी गरेको छ । ३५ किलोमिटर लामो जनकपुर–जयनगर–कुर्थाको रेलमार्गमा रेल गुडाउने मिति भने अझै सुनिश्चित भैसकेको छैन् ।