
काठमाडौँ । एभरेष्ट बैंकल धरान, सुनसरीका १० विद्यालयमा वित्तिय साक्षरता कक्षा संचालन गर्न फिनलेट नेपालसँग सहकार्य गरेको छ । फिनलेट नेपालले एभरेष्ट बैंकको वित्तीय साक्षरता अभियानमा समर्थन गर्नेछ ।
स्कुल बुक नामक ५ महिना लामो वित्तीय साक्षरता कार्यक्रम विशेष रुपमा डिजाइन गरिएको छ जसले बालबालिका र अभिभावकहरुलाई वित्तिय मामिलालाई राम्रोसँग बुझ्न मदत गर्नुका साथै मुद्रा व्यवस्थापन, बचत र खर्च, वित्तीय योजना र लगानीका सिद्धान्तहरु सिकाउँछ । फिनलेट नेपालले देशका विभिन्न क्षेत्रमा वित्तिय शिक्षा कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ ।