
काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नाग्राहकका लागि स्वदेशमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने हेतुले ह्याम्स हस्पिटलसँग मिति मंगलबार सम्झौता गरेको छ ।
बैंकका तर्फबाट वरिष्ठ प्रबन्धक प्रकाश घिमिरे र अस्पतालका तर्फबाट सञ्चालक समितिका अध्यक्ष आरएस भण्डारीले हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौता अनुसार बैंकका ग्राहक, कर्मचारी, कर्मचारीका परिवार ले हयाम्स अस्पतालमा विभिन्न विधाका स्वास्थ्य परीक्षण तथा उपचार गराउँदा सेवा शुल्कमा १०% सम्मको छुट पाउने छन् ।
यसका साथै ह्याम्स फार्मेसीमा औषधी खरिद गर्दा ५% सम्मको छुट पाउने जनाएको छ ।