विकासन्युज

गुराँस लाइफले हकप्रद सेयर निष्काशन गर्ने, एनएमबी क्यापिटल बिक्री प्रबन्धक नियुक्त

काठमाडौँ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एनएमबी क्यापिटल लिमिटेडबीच सोमबार हकप्रद शेयर निष्काशन सम्बन्धि सम्झौता भएको छ । बीमा समितिको निर्देशन एवम् चुक्तापुँजी बृद्धि योजना अनुरुप कम्पनीको नवौं साधारण सभाबाट पारित १००% (१ः१) हकप्रद शेयर निष्काशन गर्नको लागि एनएमबी क्यापिटल लिमिटेडलाई विक्री प्रबन्धक नियुक्त गरिएको हो । सम्झौतामा गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराई र एनएमबी क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले हस्ताक्षर गरेका छन् । कम्पनीको २०७५ चैत २१ गते सम्पन्न ९ औं साधारण सभाबाट पारित बोनस शेयर सुचीकृत भई सकेको छ भने कम्पनीले चुक्तापुँजी रु. २ अर्ब पुर्याउन बीमा समितिको स्वीकृती लिई प्रबन्धपत्रमा अधिकृत, जारी तथा चुक्तापुँजी रु. २ अर्ब राखी नेपाल सरकार कम्पनी रजिष्ट्रारको कार्यालयबाट संशोधन गरी सकिएको कम्पनीले जनाएको छ ।

रसुवागढी र साञ्जेनको सेयर नेप्सेमा सूचीकृत, मंगलबार कतिमा होला कारोबार ?

काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)मा रसुवागढी र साञ्जेन जलविद्युत कम्पनीको सेयर सूचीकृत भएको छ । रसुवागढीको ६ करोड १५ लाख ७८ हजार ९ सय र साञ्जेनको ३ करोड २८ लाख ५० हजार कित्ता सेयर सूचीकृत भएको हो । सेयर बाँडफाँड भएको लामो समयपछि मात्र यी दुई कम्पनीको सेयर सूचीकृत भएको छन् । मंगलबारबाट दोश्रो बजारमा सेयर किनबेच शुरु हुने नेप्सेले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो । पहिलो कारोबार लागि रसुवागढी हाइड्रो पावर कम्पनीले ९७ रुपैयाँ २९ पैसा देखि २९१ रुपैयाँ ३२ पैसा सम्मको रेन्ज छ भने साञ्जेन हाइड्रो पावरले ९६ रुपैयाँ ३२ पैसा देखि २८८ रुपैयाँ ९६ पैसाको रेन्ज पाएको छ । नेपाल स्टक एक्सचेञ्ज तथा रसुवागढी र सान्जेन जलविद्युत कम्पनी लिमिटेड बीच सोमबार सेयर सूचीकरण सम्झौता भएको हो । सम्झौता पत्रमा नेप्सेका प्रमुख कार्यकारी अधिकृत(सीईओ) चन्द्रसिँह साउद, रसुवागढीको तर्फबाट सीइओ विश्व मल्ल र साञ्जेन तर्फबाटका सिईओ किरणकुमार श्रेष्ठले हस्ताक्षर गरे । रसुवागढी हाइड्रोपावर कम्पनीले नेप्सेमा यही साउन १५ गते आवेदन दिएको थियो । साथै, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा भने यही साउन १४ गते दर्ता भएको हो । यता, साञ्जेन जलविद्युत कम्पनी लिमिटेडले नेप्सेमा यही साउन १५ गते निवेदन दिएको थियो । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा भने साउन १५ गते दर्ता भएको थियो । कार्यक्रममा बोल्दै नेप्सेका सिईओसाउदले भने-‘हामीले नेपालको पूँजी बजारमा जलविद्युत कम्पनीको हिरो मान्न सक्छौँ ।’ उनले यी दुई कम्पनीका सेयर सूचीकृत हुनु भनेको सम्पूर्ण सेयरधनीका लागि खुशीको खबर हुने बताए । यो पनि हेर्नुहोस् : साञ्जेन र रसुवागढीको सेयर सूचीकरण हुन ढिलाई, कम्पनीले नेप्सेमा किन दिएन आवेदन ? साञ्जेन र रसुवागढीमा ६०/६० लाखको सवाल, साउन पहिलो सातादेखि शेयर कारोबार  

एक्कै दिन प्रभु बैंकको दुई नयाँशाखा विस्तार

काठमाडौं । प्रभु बैंकले एक्कै दिन दुई नयाँ शाखा कार्यालयको विस्तार भएके छ । डोल्पा जिल्लाको शे -फोकसुण्डो गाउँपालिका वडा नं. ७ स्थित साल्दाङ्गमा १९२ औं शाखाको रुपमा शे–फोकसुण्डो शाखा कार्यालय र तनहुँ जिल्लाको बन्दीपूर गाउँपालिका वडा नं. १ स्थित डुम्रेमा १९३ औं शाखाकार्यालयको रुपमा डुम्रे शाखाकार्यालय गरी सञ्चालनमा आएका हुन् । शे–फोकसुण्डो शाखाकार्यालयको उद्घाटन उक्त गाउँपालिकाका अध्यक्ष टसितुण्डुप गुरुङ्गले भएका हुन् । त्यसैगरी डुम्रे शाखा कार्यालयको उद्घाट्न बन्दीपूर गाउँपालिकाका अध्यक्ष पुर्णसिंह थापाले गरेका हुन् । बैंकको शे–फोकसुण्डो शाखाकार्यालयको उद्घाटन गर्दै समारोहका प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष टसितुण्डुप गुरुङ्गले शे–फोकसुण्डो गाउँपालिका भौगोलिक रुपमा नेपालकै अति विकट गाउँपालिकाको रुपमा रहेको छ । यातायात, सञ्चार तथा विद्यूतआपुर्ति समेतको अभाव रहेको यस गाउँमा प्रभु बैंकको स्वयंको अग्रसरतामा सौर्य उर्जाबाट विद्यूत निकाली भि–स्याट प्रविधिको प्रयोग गरी दुर्गम क्षेत्रका बासिन्दाहरुलाई अत्याधुनिक बैंकिङ्गसेवा उपलब्ध गराउन सक्रियता देखाई प्रभु बैंकले प्रशंसनीयकार्य गरेको बताए । त्यस्तै बैंकको डुम्रे शाखाकार्यालयको उद्घाट्न गर्दै बन्दीपुर गाउँपालिकाका अध्यक्ष तथा प्रमुख अतिथि पुर्णसिंह थापाले मन्तव्य राख्ने क्रममा प्रभु बैंकले गाउँ गाउँमा पुगेर बैंकिङ्ग सेवाविस्तार गरेकोमा खुशी प्रकट गर्दै डुम्रे शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा उपलब्ध हुने बताए । भर्खरै सञ्चालमा आएका शे–फोकसुण्डो तथा डुम्रे शाखाकार्यालयबाट प्रवाह हुने प्रभु बैंकको बैंकिङ्ग सेवाबाट दुवै क्षेत्रको समग्र आर्थिक विकासमा टेवापुग्ने बैंकले विश्वास लिएको छ । साथै शे–फोसुण्डो शाखा सञ्चालन पश्चात् नेपाल राष्ट्र बैंकद्धारा प्रभु बैंकलाई तोकिदिएको स्थानीय निकायमा खोल्नु पर्ने सबै शाखा खोलिसकेको र सञ्चालनमा रहेको व्यहोरा बैंकले दिएको छ ।

प्रदेश २ मा इम्प्याक्ट अर्वाड वितरण हुँदै, ‘विजेतालाई १ लाखको मेडिकल इन्स्योरेन्स’

काठमाडौं । प्रदेश नम्बर २ मा भदौ २५ गते इनप्याक्ट अर्वाड वितरण हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ र प्रदेश नम्वर २ को महिला उद्यमी समितिको सहकार्यमा इम्प्याक्ट वितरण अर्वाड हुन लागेको हो । प्रदेश नम्वर २ मा उद्योग र व्यवसाय संचालन गरिरहेका ४५ वर्ष मुनिका व्यक्तिहरुलाई विभिन्न १३ वटा विधामा उत्कृष्ट र सफल उद्यमीहरुलाई पुरस्कार प्रदान गरिने भएको छ । शिक्षा, स्वाथ्य, पर्यटन, उत्पादनमूलक, मडिया, प्रविधि, बैंक र निर्माण कम्पनीहरु लगाएतबाट छनोट गरि पुरस्कार प्रदान गरिने भएको हो । अर्वाडबाट विजेताहरुलाई मेडिसिटी हस्पिटलले १ लाख बराबरको मेडिकल इन्स्योरेन्स गरिने भएको छ । अर्वाडमा भाग लिनेहरुले ५ हजार तिरेर फरम भर्न सक्ने महासंघले जानकारी दिएको छ । भाग लिनेहरुका लागि महासघंले नै खाना र बस्नको लागि व्यवस्था मिलाउने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ अध्यक्ष श्याम गिरीले भने यो अर्वाड नेपालमा पहिलो पटक सञ्चालन गर्न लागिएको बताए । यसले प्रदेश नम्वर २ को युवा उद्यमीहरुलाई उद्योग सञ्चालनमा प्रत्सान गर्ने बताए । नेपाल घरेलु तथा साना उद्योग महासंघ वरिष्ठ उपाध्यक्ष उमेशप्रसाद सिंहले प्रदेश नम्बर २ उद्योगहरुको स्थानमा पनि २ नम्बरमा नै परेकाले यो अवार्डले उद्योग क्षेत्रमा टेवा पुग्ने बताए । अर्वाड वितरण समारोह प्रदेश नम्बर २ को धनुषा हुने भएको छ । कार्यक्रमको उद्घाटन प्रदेश नम्वर २ का मुख्यमन्त्री लालवाबु राउतले गर्ने छन् भने कार्यक्रममा प्रदेश नम्वर २ का उद्योगी र व्यवसायीहरुको पनि सहभागिता रहने छ ।

सनराइज बैंकको ११५ औं शाखा बाराको निजगढमा

काठमाडौं । सनराइज बैंकले आफ्ना नयाँ शाखा विस्तार गर्ने क्रममा बाराको निजगढमा ११५ औं शाखा सञ्चालन गरेको छ । उक्त शाखाको उद्घाटन निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनाल र सन्राइज बैंकका कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले गरेका हुन् । हालसम्म सनराइस बैंकको ११५ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ५ वटा एक्सटेन्सन काउण्टर र १३३ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

युवा उद्यमलाई प्रोत्साहन गर्न युवा उद्यमशीलता सम्मेलन हुदैं

काठमाडौं । युवाहरुलाई उद्यमशीलताका लागि आवश्यक पर्ने स्रोत, साधन र सोचको विकास गराउने उद्धेश्यका साथ प्रदेश नं. ३ सरकारको अगुवाईमा काठमाण्डौमा साउन २७ गते युवा उद्यमी सम्मेलन हुने भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रदेश ३ सरकारका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपालले उद्यमशीलताको सम्भावना, आवश्यक स्रोतको व्यवस्थापन र सरकारी सहयोगका बारेमा जानकारी दिएका थिए । उनले प्रदेश नम्वर ३ सरकार युवा उद्यमीहरुको लगानी बढाउन र समस्याहरु समाधान गर्न प्रतिवद्ध रहेको जानकारी दिए । सोहि समारोहमा राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले अन्तराष्ट्रि युवा दिवशको अवशरमा आयोजना हुने युवा उद्यमशीलता सम्मेलन २०१९ उद्यम गर्न चाहने नेपाली युवाहरुका लागि महत्वपुर्ण प्लेटफम भएको उल्लेख गरे । स्थानीय सरकार, प्रदेश सरकार, सरोकारवाला निकाय र निजी क्षेत्रको सहकार्यमा हुन लागेको कार्यक्रमले नेपाली युवा उद्यमीहरुलाई प्रोत्साहन मिल्नुका साथै उद्यम गर्न चाहनेहरुका लागि लगानीको क्षेत्र पहिचानमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । सोही समारोहमा युवा उद्यमशीलता सम्मेलनको मुख्य प्रायोजक समेत रहेको राष्ट्रिय बाणीज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले यो सम्मेलनले ७७ वटै जिल्लामा रहेका युवाहरुका माझ सकारात्मक सन्देश जाने र यस्ता खाले सम्मेलनले देशभित्र र बाहिरका युवाहरुमा उद्यम गर्ने उत्साह र आत्मबिश्वास बढ्ने भएकाले बाणीज्य बैंक यो सम्मेलनमा साझेदार भएको जानकारी दिए । सम्मेलन मुल आयोजक समितिका संयोजक बिशाल गैरेले प्रादेशिक संरचनाभित्र युवा उद्यमशीलताका सम्भावना, अवसर र चुनौतिबारे बहस गरी निति निर्मातालाई सचेत गराउने, युवा उद्यमीहरुका सफलताका कथाहरु आदानप्रदान गर्ने र देशभरका उद्यमी बन्न चाहने युवालाई उत्प्रेरण दिने दृष्टिकोणले यो सम्मेलन सफल रहने बिश्वास ब्यक्त गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने उक्त दुई दिने सम्मेलमा पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल, प्रदेश नम्वर ३ का मुख्यमन्त्री डोरमणी पौडेल, अर्थमन्त्री युवराज खतिवडा, शिक्षा, बिज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोख्रेल, सञ्चार तथा सुचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुल प्रसाद बास्कोटा, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट, युवा तथा खेलकुदमन्त्री जगत् बिश्वकर्मा, बरिष्ठ उद्यमी हरिभक्त सर्मा, भवानी राणा, चन्द्र ढकाल, सुरज बैद्य, हेमराज ढकाललगायत उद्यमीहरुको सहभागीता रहने आयोजकले जनाएको छ । यसरी, ११ वटा सेसन रहने सम्मेलनमा देशभरबाट आवेदन दिएका ११०५ जनामध्ये छनौट भएका ५०० युवाहरु र ४० भन्दा बढि स्पीकरको प्रस्तुती रहने सम्मेलनको समापन नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डल गर्ने भएका छन् । उक्त सम्मेलनमा उद्यमशीलताका नविनतम् अवसरको खोजी गर्ने, नयाँ स्टाटप कम्पनीलाई प्रोत्साहन गर्ने र उद्यमशीलताको सोच भएका तर लगानीका लागि पर्याप्त पुँजी नभएका युवाहरुका लागि लगानीबारे लगानीकर्तासँग छलफल गर्न उपयुक्त प्लेटफर्म हुने आयोजकले विश्वास लिएको छ ।

महालक्ष्मी विकास बैंकको नयाँशाखा ठमेलमा

काठमाडौं । महालक्ष्मी विकास बैंकले बैकिङ्ग सेवाको पहुँच देशभर पुर्याउने उद्देश्य बमोजिम शाखा सञ्जाल विस्तार गर्दै आइरहेको छ । यसै क्रममा बैंकले काठमाडौं जिल्लाको, काठमाडाैं  महानगरपालिका वडा नम्बर २९, ठमेलमा नयाँशाखा कार्यालय बिस्तार गरि बैकिङ्ग कारोबार सञ्चालनमा ल्याएको छ । उक्त शाखा कार्यालय सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयहरुको संख्या ९८ पुगेको छ । महालक्ष्मी विकास बैंकले ग्राहकको विश्वसनीयतामा अभिवृद्दि गरि सम्पूर्ण क्षेत्र र वर्गसम्म बैकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले शाखाबिस्तार गरि ९८ वटा शाखाबाट करिब ५ लाखभन्दा बढी ग्राहकहरु माझ बैकिङ सेवाउपलब्ध गराउदै आइरहेको छ । बैंकले ग्राहकको हितलाई मध्यनजर गर्दै देशको अर्थतन्त्र सुदृढ बनाउन प्रयासरत रहने प्रतिबद्धता जनाएको छ ।

४ अंकले घट्यो नेप्से, ४४ करोडको कारोबार

काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गरिरावट आएको छ । नेप्से परिसूचक ४.५५ अंकले घटेको छ । ०.३६ प्रतिशतले घट्दा नेप्से परिसूचक १२५५.०९ बिन्दुमा पुगेको हो । सोमबार सेयर बजारमा १६७ कम्पनीले कारोबार गरेका छन् । १५ लाख ५ हजार ५ सय ६ कित्ता सेयर किनबेच हुँदा ४४ करोड ३२ लाख ५ हजार ४ सय ८१ रुपैयाँको कारोबार भएको छ । बजार घटेको दिन नेप्सेका २ सूचक मात्र हरियो देखिएका छन् भने अन्य सूचक राता छन् । बैक समूह २.८३, होटल समूह ३.८६, विकास बैक समूह ३.४४,जलविद्युत समूह १.८२, वित्तीय समूह ३.५२, उत्पादन मूलक समूह १६.०९, अन्य समूह २.९१, माईक्रोफाईनान्स समूह २७.०२, जीवन बीमा समूह २१.८४ अंकले घटेका छन् । निर्जीवन बीमा समूह ३.४९ अंकले बढेका छन् भने म्युचुअल फण्ड समूह ०.११ अंकले बढेका छन् । स्वाभिमान लघु वित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबै भन्दा धेरै आर्जन गरेका छन् । त्यस्तै, स्पर्श लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ९ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।