
काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)मा रसुवागढी र साञ्जेन जलविद्युत कम्पनीको सेयर सूचीकृत भएको छ । रसुवागढीको ६ करोड १५ लाख ७८ हजार ९ सय र साञ्जेनको ३ करोड २८ लाख ५० हजार कित्ता सेयर सूचीकृत भएको हो ।
सेयर बाँडफाँड भएको लामो समयपछि मात्र यी दुई कम्पनीको सेयर सूचीकृत भएको छन् । मंगलबारबाट दोश्रो बजारमा सेयर किनबेच शुरु हुने नेप्सेले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो । पहिलो कारोबार लागि रसुवागढी हाइड्रो पावर कम्पनीले ९७ रुपैयाँ २९ पैसा देखि २९१ रुपैयाँ ३२ पैसा सम्मको रेन्ज छ भने साञ्जेन हाइड्रो पावरले ९६ रुपैयाँ ३२ पैसा देखि २८८ रुपैयाँ ९६ पैसाको रेन्ज पाएको छ ।
नेपाल स्टक एक्सचेञ्ज तथा रसुवागढी र सान्जेन जलविद्युत कम्पनी लिमिटेड बीच सोमबार सेयर सूचीकरण सम्झौता भएको हो । सम्झौता पत्रमा नेप्सेका प्रमुख कार्यकारी अधिकृत(सीईओ) चन्द्रसिँह साउद, रसुवागढीको तर्फबाट सीइओ विश्व मल्ल र साञ्जेन तर्फबाटका सिईओ किरणकुमार श्रेष्ठले हस्ताक्षर गरे ।
रसुवागढी हाइड्रोपावर कम्पनीले नेप्सेमा यही साउन १५ गते आवेदन दिएको थियो । साथै, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा भने यही साउन १४ गते दर्ता भएको हो । यता, साञ्जेन जलविद्युत कम्पनी लिमिटेडले नेप्सेमा यही साउन १५ गते निवेदन दिएको थियो । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा भने साउन १५ गते दर्ता भएको थियो ।
कार्यक्रममा बोल्दै नेप्सेका सिईओसाउदले भने-‘हामीले नेपालको पूँजी बजारमा जलविद्युत कम्पनीको हिरो मान्न सक्छौँ ।’ उनले यी दुई कम्पनीका सेयर सूचीकृत हुनु भनेको सम्पूर्ण सेयरधनीका लागि खुशीको खबर हुने बताए ।
यो पनि हेर्नुहोस् :
साञ्जेन र रसुवागढीको सेयर सूचीकरण हुन ढिलाई, कम्पनीले नेप्सेमा किन दिएन आवेदन ?
साञ्जेन र रसुवागढीमा ६०/६० लाखको सवाल, साउन पहिलो सातादेखि शेयर कारोबार