विकासन्युज

नेको इन्स्योरेन्सको सिईओमा अशोककुमार खड्का,‘अनलाइनबाट बीमा पोलिसी किन्न सक्ने बनाउँछु’

काठमाडौं । नेको इन्स्योेरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिईओ) पदमा अशोककुमार खड्का नियुक्त भएका छन् । खड्का यसअघि सोही कम्पनीको डेपुटी सिईओको रुपमा कार्यरत रहेका थिए । उनको कार्यकाल ४ वर्षको लागि तोकिएको छ । उनलाई बुधबारदेखि सिईआको कार्यभार सम्हाल्ने गरी नियुक्त गरिएको हो । साढे तीन वर्षदेखि नेको इन्स्योरेन्स डेपुटी सिईओको पद सम्हाल्दै आएका खड्काले आफ्नो बीमा बजारलाई डिजिटाइजेशन गर्ने बताए । ‘आम उपभोक्ताले घरमै बसेर बीमा पोलिसी किन्न सक्ने वातावरण बनाउने छु,’ उनले भने- ‘ मेरो प्राथमिकता भनेकै बीमा बजारलाई डिजिटाइजेशन गर्नु हो ।’ साथै नयाँ/नयाँ पोलिसी ल्याएर आम जनमानसलाई सेवा दिने छु ।’ निर्जीवन बीमा क्षेत्रको पहुँच विस्तार गर्न नयाँ क्षेत्रमा प्रवेश गर्ने समेत उनको योजना छ । उनले सरकारले लिएको नीति बमोजिम मर्जर प्रक्रियालाई अघि बढाउने योजना सुनाए । ‘नेको अन्य कम्पनीसँग गएर गाभिदैन,’ उनले भने-‘हामी अन्य कम्पनीलाई गाभ्ने छौं । सरकारले लिएको नीतिलाई सघाउन म सधै अग्रसर रहने छु ।’ वि.सं २०५० सालमा तत्कालिन इन्डोसिज बैंक, हालको नेपाल इन्भेष्टमेन्ट बैंक(एनआईबीएल) मा असिटेन्टबाट बैंकिङ करियर शुरु गरेका खड्काले १२ वर्ष सोही बैंकमा काम गरे ।अधिकृतमा काम गर्दै गर्दा एनआईबीएल छाडेका उनले त्यसपछि प्राइम कमर्सियल बैंकमा असिस्टेन्ट म्यानेजरको रुपमा प्रवेश गरेका हुन् । प्राइममा साढे दुई वर्ष काम गरेपछि खड्का स्टाण्डर्ड फाइनान्समा डिजीएम भए । स्टाण्डर्ड फाइनान्स माछापुच्छ्रे बैंकमा मर्ज भएपछि त्यहाँ खड्का चिफ म्यानेजर थिए । २०७१ सालमा सल्लाहकार बनेर नेको इन्स्योरेन्स प्रवेश गरेका खड्काले डेढ वर्ष सोही पदमा रहेर कार्य सम्पादन गरे । त्यस यता उनी डेपुटी सिइओ थिए । हाल नेको इन्स्योरन्सको चुक्ता पुँजी एक अर्ब १७ करोड रहेको छ भने कम्पनीले सेयरधनीलाई १२ प्रतिशत बोनस दिने निर्णय गरिसकेको छ । उक्त कम्पनीको सेयर मूल्य आज प्रतिकित्ता ४८३ रुपैयाँ रहेको छ ।

गोदावरीमा छ करोडको योजना सम्पन्न

ललितपुर । आर्थिक वर्ष २०७५/०७६ मा गोदावरी नगरपालिका–३ ले रु छ करोड ३६ लाख ५० हजार ३६० को योजना सम्पन्न गरेको छ । सो वडाले आज आव २०७५/०७६ को वार्षिक समीक्षा’ कार्यक्रमको आयोजना गरी गत आवमा रु ६० लाख बजेट छुट्याएकामा दाता, स्रोत, प्रदेश र सङ्घको तर्फबाट दिएको रकमबाट नगरपालिका र वडा मिलेर ४९ योजना तथा कार्यक्रम सम्पन्न गरिसकेको वडाध्यक्ष बालमुकुन्द घिमिरेले जानकारी गराए । वडाले गोदावरी कुण्ड मर्मत, साविकको गोदावरी बसपार्कमा ट्रष्ट र शौचालय, फुल्चोकी पैदलमार्ग र दृश्यावलोकन स्तम्भ निर्माण, लेलिनथोकको सडक विस्तार, गोदावरी किटिनीस्थित पानी प्रशोधन केन्द्र, वडा तीनको सामुदायिक भवनमा तला थप्ने, स्थानीय श्याम पौडेलको घरदेखि अमृत श्रेष्ठको घरसम्म गोदावरी खहरे सडक ढलान तथा टेवा पर्खाल निर्माण, नौधारामा सत्तल र किरियापुत्री भवन निर्माण, कोट्टारको सार्वजनिक जग्गा र कुवा संरक्षण सम्पन्न गरिसकेको बताएको छ । त्यसैगरी, वडाले सार्वजनिक गरेको पत्रअनुसार वडा अध्यक्षको स्वेच्छिक योजनाअन्तर्गत गोदावरीको शान्तिवनदेखि तान्चिनटार जोड्ने गोरेटो बाटो, गोदावरी पुल ठाडो बाटो हुँदै बुद्धटोल जाने सडक, मेतीचउरबाट खहरे जाने बाटो, पाटीबाट पौडोल जाने मोटरबाटो, टुपिखेल ढाँड जाने कच्ची मोटरबाटो, ड्रेन र पाटीबाट जीवनको घरसम्मको बाटो स्तरोन्नति, गोदावरीका स्थानीय राजन सिल्वालको घरदेखि क्षेत्रबहादुरको घर हुँदै पन्थटोल , थापाचउर र बडिखेल जाने बाटो विस्तार भएको छ । यसैगरी, टौखेल सुन्दर बस्तीमा तीन फिटको बाटो कायम, स्थानीय रमेशको घर अगाडि ठाडो उकालो ढलान, कच्ची बाटोमा ग्राभेलिङ, वडा तीनको चारघरेटोल जाने गोरेटो बाटोमा सिमेन्ट ब्लक छाप्ने तथा कुलोमा ह्युम पाइप राख्ने, रोक्का टोल जाने बाटोको पहिरो व्यवस्थापन, लेलिनथोक लप्सीगैरामा ट्रष्ट निर्माण, पौडोल चियाडाँडा जाने बाटो पिसिसी र गौरीकुण्ड मर्मत भइसकेका छन् । यसरी वडाले महिलाका लागि क्रिस्टलको चुरा भर्ने र मोजा पञ्जा तथा टोपी बुन्ने, कानूनसम्बन्धी तालीमका साथै महिला स्वास्थ्य स्वयंसेविकालाई अवलोकन भ्रमण गराएको छ । वडाले ज्येष्ठ नागरिकका लागि दिवा भवन, पश्चिमतर्फ मोतिचउरमा शिवलिङ्ग प्रतिस्थापन, निःशुल्क रगत परीक्षण सामग्री खरिदका साथै औषधि वितरण, ज्येष्ठ नागरिक प्रतिक्षालय भवन निर्माण सम्पन्न गरेको छ । यसैगरी, वडाले बालबालिकाको हितमा शैक्षिक भ्रमण, खोप क्लिनिक, शिविर सञ्चालन गर्नुका साथै थापाचउरमा बालउद्यान निर्माण गरिसकेको छ । वडा नं ३ ले प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत गोदावरीको नहरदेखि खानेपानी मुहानसम्म सरसफाइ, भू तथा जलाधार व्यवस्थापन कार्यालयअन्तर्गत टौखेल र बडिखेलमा पहिरो उपचार कार्यक्रम सम्पन्न गरेको छ । कार्यपालिकाको तर्फबाट वडा कार्यालय भवनमा रङरोगन तथा मर्मत, कृषि ज्ञानकेन्द्रको बजेटमार्फत भ्याल्कु डोलमा धान पकेट क्षेत्रद्वारा आयोजित तालीम, भ्रमण र टनेलका लागि पाल वितरण, ग्वालीन्द दहबाट टौखेल आउने धाराका लागि पाइप खरीद, पौडोलस्थित ललित घुम्तीमा ड्रेन नभएकाले पानी निकासका लागि पाइप तथा सकेट खरीद, पुल निर्माण गर्नुका साथै गोदावरीमा खेलको विकासका लागि गोदावरी बाटो तेस्रो प्रतियोगिता र स्थानीय पर्वमा टेवा पुर्याउन स्थानीय शीर्षकअन्तर्गत नहरमा ल्होसार पर्वमा रकम खर्च गरेको जानकारी गराएको छ । रासस

बीमा पहुँच १९ प्रतिशत पुग्यो, ‘कलकारखानादेखि राष्ट्रिय गौरवका आयोजनाको पनि बीमा’

काठमाडौ । पछिल्लो समय बीमा गराउनेव्यवसायिक कम्पनी बढेसँगै बीमा पहुँच पनि विस्तार भएको छ । अघिल्लो आर्थिक वर्ष २०७४/७५ मा १० प्रतिशतमात्रै रहेको बीमा पहुँच गत आवको अन्त्यसम्म आएर १९ प्रतिशत पुगेको हो । बीमा समितिले गत आर्थिक वर्षको अन्त्यसम्म २० प्रतिशत बीमा पहुँच पुग्ने अनुमान गरेको थियो । गत वर्ष माघ महिनामा बीमा पहुँच १६ प्रतिशतमै सिमित थियो । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमाको पहुँच बढ्दो क्रममा रहेको र सो वृद्धि आगामी दिनमा अझ बढ्दै जाने बताए । कार्यकारी निर्देशक पौडेलले भने-‘अब बीमा कम्पनीबीच स्वच्छ प्रतिस्पर्धा गराएर बीमा बजार बढाउँदै जान आवश्यक छ ।’ आगामी दिनमा बीमा कम्पनीहरुले नयाँ नयाँ बीमा लेख समेत जारी गर्नु पर्ने उनले बताए । अब बिमकहरुले समेत बीमाको पहुँचलाई तिव्र गतिमा प्रचार-प्रसार गर्नु पर्ने देखिएको छ । सर्भेयरहरूले घटना घटेपछि त्यसको मूल्याङ्कन गर्छन् । मूल्याङ्कन गर्दा कहिल्यै पनि बिमितलाई मर्का पार्न नहुने पौडेलको भनाई छ । बीमाको दायरा बढाउन अभिकर्ताको ठूलो सहयोग रहँदै आएको छ । बीमा कम्पनीहरुको शाखा कार्यालयहरू वृद्धि गर्दै स्वच्छ प्रतिस्पर्धामा लान आवश्यक रहेको बीमा समितिले जनाएको छ । बीमा समितिले समेत आफ्नो तर्फबाट बीमा बजार सुधारका लागि काम गर्ने प्रतिवद्धता जाहेर गर्दै आएको छ । बिमितहरूको समस्या समाधान गर्न बीमा समिति सधैँ तत्पर रहेको छ । बीमा इतिहासको काल खण्ड हेर्दा केही उत्तर चढावहरु आएका छन् । अहिले जीवन बीमा भनेको बचत तथा जोखिम बहन दुबै हो । यस विषयमा बिमितले जानकारी पाइसकेका छन् । अहिले बीमा व्यवसाय विश्वासिलो बन्दै गएका छन् । विश्वास भनेको बीमा व्यवसाय चल्नको लागि मुख्य आधार समेत हो । देश विकासको क्रममा रहेकाले यहाँ रहेका कलकारखाना देखि राष्ट्रिय गौरवको आयोजनासम्मलाई बीमा कम्पनीहरूले सुरक्षण दिन सक्छन् । ‘भोलिका दिनमा पुन र्निमार्णको काम धेरै हुन बाँकी रहेकाले बीमाको पहुँच बढ्दै जान्छ’-पौडेलले विकासन्युजसँगसँग भने । हाल नेपालमा १९ जीवन, १९ निर्जीवन र पुर्नबीमा कम्पनी गरी जम्मा ४० वटा बीमा कम्पनी रहेको छ ।

भदौदेखि सार्वजनिक बसमा ‘ई–टिकेटिङ’ लागु गरिने

चिप्लेढुंगा । पोखरा महानगरपालिकाले भदौ १ गतेदेखि पोखराभित्र सञ्चालन हुने सार्वजनिक बसमा ‘ई–टिकेटिङ’ लागू गर्ने र त्यसलाई क्रमशः ‘कार्ड सिस्टम’ मा लैजाने भएको छ । महानगरप्रमुख मानबहादुर जिसीले सो कुराको जानकारी दिँदै यहाँका यातायात सेवालाई व्यवस्थापन गर्न महानगरपालिकाले विस्तृत योजना बनाइरहेको पनि बताए । कास्की जिल्ला ट्राफिक कार्यालयलाई ट्राफिक कोण हस्तान्तरण गर्दै उनले भने, “अबको छ महिनामा योजना तयार हुन्छ र योजनाअनुसार नै पोखरामा यातायात व्यवस्थापन गरिनेछ”, महानगरप्रमुख जिसीले दक्षिण एशियाली खेलकूद (साग)लाई दृष्टिगत गरेर पोखराका चार वटा चोकमा ट्राफिक लाइट जडान गरिने जानकारी दिएका छन् । उनले आगामी मङ्सिरभित्र सिर्जनाचोकमा आकाशे पुल बनिसक्ने र सागलाई नै ध्यानमा राखेर शहरका मुख्य ठाउँमा सिसिटिभी जडानको योजनासमेत बनाइएको जानकारी दिए । ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण भए पनि सुधार गरेर लैजान महानगर लागिपरेको छ भन्दै महानगरप्रमुख जिसीले यहाँका केही सडकमा एकतर्फी यातायात सञ्चालन गर्नुपर्ने आवश्यकता भएको पनि उल्लेख गरे । । महानगरले उपलब्ध गराएको ४९६ थान ‘ट्राफिक कोण’ ले ट्राफिक व्यवस्थापनमा सुधार ल्याउन सहयोग पुग्ने बताउँदै गण्डकी प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेले जनशक्ति व्यवस्थापनमा ध्यान दिइरहेको बताउँछन् । जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक मुरारी मिश्रले पोखरामा १०० ट्राफिक प्रहरी कार्यरत रहे पनि ट्राफिक व्यवस्थापनलाई सहज बनाउन २५० जनशक्ति आवश्यक भएको बताए । रासस

महानगरीय प्रहरी वृत्तलाई मुक्तिनाथ बैंकले गर्याे हरित गार्डेन हस्तान्तरण

काठमाडौं । मुक्तिनाथ विकास बैंकले काठमाडौं महानगरपालिका वडां नं १, महानगरीय प्रहरी वृत्त (सामुदायिकशाखा) कमलपोखरीको अगाडि सडक पेटी बाहेकको खाली चौंरमा बनाएको वातारण मैत्री हरित गार्डेन हस्तान्तरण गरेको छ । उक्त गार्डेन तथाप केट डायरी बैंकका सञ्चालक समितिका सदस्य नारायणकुमार श्रेष्ठ तथा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले काठमाडौं महानगरपालिका वडा नं १ का अध्यक्ष भरतलाल श्रेष्ठ र महानगरीय प्रहरी वृत सामुदायिक शाखा, कमलपोखरीका प्रमुख प्रहरी नायव उपरिक्षक रविन्द्रनाथ पौडेललाई संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् । यस हस्तान्तरण कार्यक्रममा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत गोविन्दबहादुर राउत महानगरीय प्रहरी परिसर टेकु काठमाडौंका प्रमुख प्रहरी नायव उपरिक्षक राजेन्द्र पोखरेल, सामुदायिक सेवा केन्द्र नक्सालका अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, सामुदायिक सेवा केन्द्र टुुँडालदेवीका अध्यक्ष लगायत स्थानीय नागरीक, समाजसेवी, वुद्धिजीवि तथाप्रहरी वृत्तका कर्मचारीको उपस्थिति रहेको थियो । मुक्तिनाथविकास बैंकले देशैभरी ११८ वटा शाखा, २२ वटा एटिएम. र करिब सातलाखग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथाकर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बंैकास्योरेन्स, आस्वा, मोबाइल बंैकिंङ्ग सुविधाकासाथै देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका एटिएमबाट निःशुल्क रकम झिक्नमिल्ने सेवाहरु उपलब्ध गराएको छ । हालै मात्र बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध गरी जीवन वरदान बचत खाता तथा, आकर्षक सुविधा र व्याजदरमा आवास तथा सेयर कर्जा सञ्चालनमा ल्याएको छ ।

त्रिभुवन विमानस्थलबाट चार किलो सुनसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्टिय विमानस्थलबाट चार किलोग्राम सुनसहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी त्रिभुवन विमानस्थल भन्सार कार्यालयले चार किलो सुनसहित चिनियाँ नागरिक ली निंछीलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायब उपरीक्षक शैलेश थापा क्षत्रीले आइतबार राति १०ः५० बजे क्याथी ड्रयागनको उडानमा हङकङबाट काठमाडौँ आएका निंछिलाई पक्राउ गरिएको जानकारी दिएका छन् । उनको साथबाट बिस्कुट आकारको चार हजार ग्राम सुन बरामद गरेको कार्यालयका प्रमुख क्षत्रीले बताए । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

माइती नेपाललाई सहयोग गर्न खुल्यो क्याफे, नाफाको ५१ प्रतिशत चेलिबेटीको उद्दारमा

काठमाडौं । चेलिबेटी बेखबिखनविरुद्ध क्रियाशिल माइती नेपालमा आश्रितहरुलाई सघाउन बानेश्वर चोकमा माइती क्याफे सञ्चालनमा आएको छ । विदेशबाट स्वदेशमै केही गर्न भनेर फर्किएका युवाहरुले स्थापना गरेको आफ्नो नेपाल नामक संस्थाले विदेशी दात्री संस्था फ्रि गर्लको सम्योजकत्व र माइती नेपालसँगको सहकार्यमा माइती क्याफे संचालनमा ल्याएको हो । यस क्याफेबाट प्राप्त नाफाको ५१ प्रतिशत रकम नेपालका लाखौँ चेलीबेटीहरुको उद्धार गरी नयाँ जीवन दिन सफल माइती नेपाललाई दिइने क्याफे संचालक आफ्नो नेपालसँग आवद्द समिर पन्थीले बताए । ुमुनाफाको बाँकी ४९ प्रतिशत रकमसमेत यही क्याफेको व्यवस्थापन र अन्य सामाजिक काममा प्रयोग गरिने छ,ु उनले भने । क्याफेबाट हुने आम्दानीले माइती नेपाललाई दातामै निर्भर रहनु पर्ने बाध्यता न्युनिकरण गर्ने अपेक्षा क्याफे संचालकको छ । माइती क्याफेमा माइती नेपालमा आश्रीत चेलिबेटीहरुले रोजगारी पाएका छन् । ुमाइती नेपालको संरक्षणमा रहेका नेपाली चेलीबेटीहरुको पुनर्जीवनका लागि पनि यो क्याफे महत्वपूर्ण माध्यम हुनसक्छ भन्ने हामीले विश्वास लिएका छौँ,ु पन्थीले भने, ुमाइती नेपालमा रहेका चेलीहरुलाई यस क्याफेमा संलग्न गराएर उनीहरुलाई सिप सिकाउने, आत्मबल बढाउने, समाजमा अन्तरघुलन गराउने र आत्मनिर्भर गराउने उद्देश्य क्याफेले लिएको छ । आफ्नो नेपालको नेतृत्व गरेका युवा उद्यमी तथा अभियान्ता पन्थीले अमेरिकामा लामो विभिन्न ब्यवसाय संचालन गरेका थिए । देशमै केही गर्नु पर्छ भन्ने भावनाका साथ नेपाल फर्किएर उनले सामाजिक अभियान र व्यवसायीक काम गर्दै आएका छन् । उनलाई उपेन्द्रबहादुर श्रेष्ठ, प्रविरशम्शेर राण र मनिष कोइरालाले साथ दिएका छन् । आफ्नो नेपालको माइती क्याफे पहिलो प्रोजेक्ट हो । क्याफेमा नेपाली र विदेशी विभिन्न परिकारहरु पाईने छ । क्याफेको मेनुमा समेत माइती नेपालका सामाजिक कामहरुको जानकारी राखिएको छ । ुग्राहकले खाना अर्डर गरेपछिको समयमा माइती नेपालबारे मेनुबाट जानकारी लिन सक्नेछन्,ु पन्थीले भने, खानेकुरा खाएपछि तिरेको रकमको केही हिस्सा नेपाली चेलिबेटीको उद्दार र पुनस्थापनामा खर्च हुने कुराले उनीहरुलाई फरक आनन्दको अनुभूती दिने छ ।

नेपाली सेनाले लिगलिगे दौडदेखि राष्ट्रसङ्घीय शान्ति गोष्ठी गर्ने

काठमाडौं । सरकारको सन् २०२० को भ्रमण वर्ष सफल तुल्याउन नेपाली सेनाले ऐतिहासिक लिगलिगे दौडदेखि संयुक्त राष्ट्रसङ्घको शान्ति स्थापना कार्यसम्बन्धी गोष्ठी गर्ने भएको छ । रक्षा मन्त्रालय र नेपाली सेनाबाट आव २०७५/७६मा सम्पादित कार्यको वार्षिक प्रगति समीक्षा बैठकमा प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाल सरकारको प्राथमिकतामा परेको भ्रमण वर्ष २०२० लाई सफल तुल्याउन सेनाले विभिन्न कार्यक्रम सञ्चालनका लागि गृहकार्य गरिसकेको जानकारी दिएका छन् । सरकारले भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने घोषणा गर्दै उक्त कार्यलाई सफल तुल्याउन विभिन्न कार्यक्रमका साथ प्रचारप्रसारलाई तीव्र तुल्याएको छ । प्रधानसेनापति थापाले भने, “नेपाली सेनाले पनि उक्त कार्यक्रमलाई सफल तुल्याउन केही योगदान गर्नुपर्छ भनेर बहुर्राष्ट्रिय संयुक्त सैनिकबाट सगरमाथा आरोहण, जङ्गल सफारी र लामो पदयात्रा, उच्च तथा समथर भूभागमा सहासिक खेल ट्राइथलन र म्याराथनजस्ता प्रतियोगिता सञ्चालन गरिनेछ । संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना कार्यसम्बन्धी सेमिनार, गोरखाको ऐतिहासिक लिगलिगे दौड र प्यारा ग्लाइडिङजस्ता खेलकूदका माध्यमबाट नेपाल भ्रमणमा मित्रराष्ट्रका सेनालाई आकर्षण गरिने जनाउँदै प्रधानसेनापति थापाले नेपाल भ्रमण वर्षलाई सफल तुल्याउन सेनाले सम्बन्धित मन्त्रालयसँग समन्वय गरेर काम गर्ने प्रतिबद्धता जनाए । रासस