काठमाडौं । प्रदेश नम्बर २ मा भदौ २५ गते इनप्याक्ट अर्वाड वितरण हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ र प्रदेश नम्वर २ को महिला उद्यमी समितिको सहकार्यमा इम्प्याक्ट वितरण अर्वाड हुन लागेको हो ।
प्रदेश नम्वर २ मा उद्योग र व्यवसाय संचालन गरिरहेका ४५ वर्ष मुनिका व्यक्तिहरुलाई विभिन्न १३ वटा विधामा उत्कृष्ट र सफल उद्यमीहरुलाई पुरस्कार प्रदान गरिने भएको छ । शिक्षा, स्वाथ्य, पर्यटन, उत्पादनमूलक, मडिया, प्रविधि, बैंक र निर्माण कम्पनीहरु लगाएतबाट छनोट गरि पुरस्कार प्रदान गरिने भएको हो ।
अर्वाडबाट विजेताहरुलाई मेडिसिटी हस्पिटलले १ लाख बराबरको मेडिकल इन्स्योरेन्स गरिने भएको छ । अर्वाडमा भाग लिनेहरुले ५ हजार तिरेर फरम भर्न सक्ने महासंघले जानकारी दिएको छ । भाग लिनेहरुका लागि महासघंले नै खाना र बस्नको लागि व्यवस्था मिलाउने भएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ अध्यक्ष श्याम गिरीले भने यो अर्वाड नेपालमा पहिलो पटक सञ्चालन गर्न लागिएको बताए । यसले प्रदेश नम्वर २ को युवा उद्यमीहरुलाई उद्योग सञ्चालनमा प्रत्सान गर्ने बताए । नेपाल घरेलु तथा साना उद्योग महासंघ वरिष्ठ उपाध्यक्ष उमेशप्रसाद सिंहले प्रदेश नम्बर २ उद्योगहरुको स्थानमा पनि २ नम्बरमा नै परेकाले यो अवार्डले उद्योग क्षेत्रमा टेवा पुग्ने बताए ।
अर्वाड वितरण समारोह प्रदेश नम्बर २ को धनुषा हुने भएको छ । कार्यक्रमको उद्घाटन प्रदेश नम्वर २ का मुख्यमन्त्री लालवाबु राउतले गर्ने छन् भने कार्यक्रममा प्रदेश नम्वर २ का उद्योगी र व्यवसायीहरुको पनि सहभागिता रहने छ ।