विकासन्युज

बैंकको बोर्डमा प्रोफेसनलहरूको प्रवेश, आफैं छुट्टिदैछन् बैंकर र व्यवसायी

काठमाडौं । लामो समय नेपाली बैंकिङ क्षेत्र उद्योगी व्यवसायीको पकडमा रह्यो । उद्योगी व्यवसायीको कब्जामा बैंकिङ क्षेत्र रहेपछि उद्योगी र बैंकर छुटिनुपर्ने बहस पनि चल्न थाल्यो । त्यो बहस अहिले पनि जारी छ । विगतमा बैंकको सञ्चालक समितिमा उद्योगी व्यवसायी नै हाबी हुन्थे । बैंकको बोर्डमा उनीहरूको हाबी भएपछि व्यवस्थापनलाई आफ्नो स्वार्थमा परिचालन गर्ने र चाहेको बखतमा बैंकको ब्याजलाई घटबढ गर्न सक्ने सम्मका घटनाहरू बेला बखत सुनिन्थे । कुनै समय बैंकको व्यवस्थापनमा नेतृत्व गरेका व्यक्ति पनि अध्यक्षको भूमिका आउनुलाई धेरैले सकारात्मक रूपमा हेरेका छन् । प्रोफेसन व्यक्तिहरूले सञ्चालक बन्ने अवसर पाएसँगै उद्योगी व्यवसायीहरू स्वतःरूपमा पछि हट्ने अभ्यास देखिएको छ । तर, पछिल्लो केही महिनायता भने बैंकको बोर्डमा प्रोफेसनल व्यक्तिहरूको प्रवेश भइरहेको छ । गत साता भएको एनएमबि बैंकको साधारणसभाले पूर्व बैंकर मनोज कुमार गोयललाई अध्यक्ष बनाएको छ । यसअघि बैंकको बोर्डको नेतृत्व गरेका उद्योगी पवन गोल्यान अध्यक्षबाट हटेपछि गोयल अध्यक्ष बनेका हुन् । उनी तत्कालीन बैंक अफ काठमाण्डूका प्रमुख कार्यकारी अधिकृत हुन् । अध्यक्षमा गोयलसँगै सञ्चालक समितिमा हरिश्चन्द्र सुवेदीले प्रवेश पाए । नेपाल लाइफको पूर्व सञ्चालक समेत रहेका उनी वरिष्ठ अधिवक्ता हुन् । एफएमओबाट प्रतिनिधित्व गर्दै शर्मीला हार्डी प्रकाशले प्रवेश पाएकी छिन् । वितग लामो समयदेखि महतो दाजुभाईले नेतृत्व गरेको माछापुच्छ्रे बैंकमा गत मंसिर ७ गते रोशन केसी अध्यक्षमा नियुक्त भए । विगत लामो समयदेखि सञ्चालक पदमा रही आफ्नो भूमिका निर्वाह गर्दै आएका केसी पोखराका युवा व्यवसायी हुन् । उनले स्नातकोत्तरसम्म शिक्षा हासिल गरेका छन् । उनी हाइड्रो व्यवसायी हुन् । पोखरा बचत तथा ऋण सहकारी, भगवती हाइड्रोपावर र सिक्लेस हाइड्रोपावर, गण्डकी हाइड्रोपावर डेभलपमेन्ट लगायत कम्पनीमा सञ्चालक भएर काम गरेका उनी अध्यक्ष बनेपछि बैंक थप उचाईमा पुग्ने अपेक्षा धेरैले गरेका छन् । साथै, उनले केसी कन्स्ट्रक्सन प्रालि सञ्चालन गरिरहेका छन् । ग्लोबल आइएमई बैंकको अध्यक्षमा चन्द्रप्रसाद ढकाल नै दोहोरिए पनि सञ्चालक समितिमा भने राष्ट्र बैंकका पूर्व कर्मचारी नारायणप्रसाद पौडेलले प्रवेश पाएका छन् । बैंकको सञ्चालक बनेका पौडेलले राष्ट्र बैंकमा तीन दशक काम गरेको अनुभव छ । उनी प्रभु लाईफ इन्स्योरेन्सको सीईओ समेत बने । राष्ट्र बैंकमा सेवा अवधिभर उनले नेपाल स्टक एक्सचेन्ज, निक्षेप तथा ऋण ग्यारेन्टी कोष, ग्रामीण विकास बैंक लगायतका संस्थामा सञ्चालकको रुपमा संस्थाको प्रतिनिधित्व गरेका थिए । पौडेलले बेलायतबाट एमबीए र त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् । अहिले ग्लोबल आइएमई बैंकको सञ्चालक समिति नै अनुभवी र लामो समय बैंकमै काम गरेको छ । लक्ष्मी सनराइज बैंकको सञ्चालक समितिको नेतृत्व गर्ने अवसर रमण नेपालले पाए भने नयाँ सञ्चालकका रुपमा मनोज कुमार भट्टराईले प्रवेश पाए । साविक प्राइम लाइफका पूर्व सीईओ भएर काम गरेका भट्टराईसँग बैंक र बीमा क्षेत्रमा ३ दशक बढी काम गरेको अनुभव छ । हिमालयन बैंकको ३१औं वार्षिक साधारण सभाबाट साविक सिभिल बैंकका अध्यक्ष समेत रहेका प्रतापजंग पाण्डेको पुनरागमन भयो । विभिन्न क्षेत्रमा लगानी गरेका पाण्डेसँग बैंकिङ क्षेत्रमा दुई दशक बढीको अनुभव छ । साथै उनी कैलाश हेलिकप्टरका प्रबन्ध सञ्चालक हुन् । उद्यमी प्रवलजंग पाण्डे सिटिजन्स बैंकको अध्यक्ष बनेका छन् । नेपाल लिजिङ एन्ड फाइनान्समा सञ्चालक भई ५ वर्ष र नेपाल टेलिकममा वरिष्ठ इन्जिनियर पदमा १२ वर्ष काम गरेका पाण्डेलाई १७औं वार्षिक साधारण सभाले अध्यक्षमा निर्वाचित गरेको हो । पाण्डे लोमस ग्रुपको कार्यकारी निर्देशक र नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्यकारूपमा काम गरिरहेका छन् । सिटिजन्स बैंकको सञ्चालकमा सीता कार्की केसी, दिग्विजय बिष्ट र डा.विनोद आत्रेय पनि नियुक्त भएका छन् । त्रिभुव विश्वविद्यालयबाट स्नातक गरेकी कार्कीसँग ट्राभल र ट्रेडिङ क्षेत्रको १५ वर्ष बढी अनुभव छ । पुँजी बजार र वित्तीय क्षेत्रको अनुभव भएका बिष्टले अमेरिकाबाट एमबीए गरेका हुन् । साथै, उनी विभिन्न सामाजिक तथा व्यावसायिक संघसंस्थामा पनि आबद्ध छन् । यस्तै, वित्तीय क्षेत्रमा चार दशकभन्दा बढी अनुभव भएका सञ्चालक डा.आत्रेय राष्ट्र बैंकका पूर्व कर्मचारी हुन् । साविक प्रुडेन्सियल इन्स्योरेन्सको संचालक समेत रहेका उनी केयर रेटिङ्ग नेपाल र इमर्जिङ्ग नेपालका पनि सञ्चालक हुन् । नबिल बैंकको अध्यक्ष भएर काम गरिरहेका पूर्व बैंकर उपेन्द्र पौड्याल प्रोफेसनल व्यक्तिहरू संस्थाको सञ्चालक बन्नु राम्रो विषय भएको बताउँछन् । यस विषयमा आफूले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग पनि कुरा राखेको बताउँदै उनी बैंकको बोर्डमा प्रोफेसनल व्यक्ति आउनु सकारात्मक भएको बताए । ‘यो अभ्यास हामी एक दुई जनाबाट सुरु भएको हो, हाम्रा पुस्ताका बैंकर विस्तारै रिटायर हुँदैछन्, उनीहरूलाई मेनस्ट्रिममा आवद्ध गराउनुपर्छ,’ नेपाल व्यवस्थापक संघका अध्यक्ष समेत रहेका पौडेलले विकासन्युजसँग भने । सरकारले पनि प्रोफेसन व्यक्तिलाई नियुक्ति गर्ने वा कुनै क्षेत्रमा अवसर दिनु पर्ने धारणा उनको छ । पूर्व बैंकर अनलराज भट्टराईका अनुसार अन्य देश र नेपालको अभ्यास हेर्दा सञ्चालक परिभाषा र कार्य क्षेत्र फरक छ । जस्तो बङ्गलादेशमा कार्यकारी र गैर कार्यकारी सञ्चालक हुन्छन् । त्यसैले प्रोफेसनल व्यक्ति बैंकको सञ्चालक बन्दा विभिन्न प्रणाली नै मजबुत हुने उनको भनाइ छ । ‘प्रोफेसनल व्यक्ति सञ्चालक बन्दा सिस्टममा काम गर्न सहज हुन्छ, राष्ट्र बैंकका सबै नीति निर्देशनदेखि अन्य सबै विषयमा जानकार हुन्छ, बैंकको सुधार तथा विकास, वित्तीय क्षेत्रको विस्तार, बैंकिङ पहुँच वृद्धि र कर्जा विस्तारमा टेवा पुग्छ,’ उनी भन्छन्, ‘यसलाई सकारात्मक रूपमा लिनु पर्छ ।’ प्रोफेसनल व्यक्तिहरू बैंकको बोर्डमा प्रवेश हुँदा र उद्योगी व्यवसायी बाहिरिँदा बैंकमा थप पारदर्शिता र अनुशासन कायम हुने बुझाइ धेरैको छ । राष्ट्र बैंकले पनि विभिन्न समयमा बैंकर र उद्योगी छुट्याउने प्रयास गरिरहेको छ । अब प्रोफेसनल व्यक्तिको प्रवेश बोर्डमा हुँदा नीतिगत व्यवस्था नै गर्नु पर्ने आवश्यकता नहुने राष्ट्र बैंकको भनाइ छ । प्रोफेसन व्यक्तिलाई बैंकको बोर्डमा तान्नका लागि राष्ट्र बैंकले पनि बैंक तथा वित्तीय संस्थाहरूलाई सल्लाह दिइरहेको हुन्छ ।

गरिमा विकास बैंकले ल्यायो ‘फाइभ इन वान’ बचत खाता

काठमाडौं । गरिमा विकास बैंकले ग्राहकहरुका लागि ‘गरिमा फाइभ इन वान बचत खाता’ सार्वजनिक गरेको छ । उक्त बचत खातामा ग्राहकहरुले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, मेरो सेयर र सी आस्वा सेवाका लागि एकैपटक वा छुट्टाछुट्टै आवेदन दिन सक्नेछन् । यसअन्तर्गत ग्राहकहरुले न्युनतम एक हजार रुपैयाँमा खाता खोल्न सक्नेछन् । र, निःशल्क सेवा अन्तर्गत मोबाइल बैकिङ्ग, वेभ बैंकिङ्ग, एटीएम, सि आस्वा तथा गरिमा क्यापिटल र सेयर ब्रोकर कम्पनीहरुबाट डिम्याट, सेयर ट्रेडिङ (टीएमएस) र मेरो सेयर खाता खोल्न सकिने छ । साथै, लकर फ्यासिलिटीमा ५० प्रतिशतसम्म छुटको सुविधा बैंकले जनाएको छ । यस सेवामार्फत नयाँ तथा पुराना ग्राहकले गरिमा विकास बैंकका कुनै पनि शाखाबाट सहजै खाताहरु खोल्न सक्ने बैंकले जनाएको छ । गरिमा विकास बैंकले ग्राहकलाई सहज र सरल रुपमा डिजिटल सेयर ट्रेडिङ प्लेटफर्म समेत उपलब्ध गराउने उद्देश्यले यो सेवा प्रारम्भ गरेको हो । काठमाडौंको लाजिम्पाटमा केन्द्रिय कार्यालय रहेको यस विकास बैकले नेपालको विभिन्न शहरी तथा ग्रामिण जिल्लाहरुमा १२३ शाखा कार्यालय ५१ एटिएमबाट करिब ८ लाख ग्राहकलाई बैंकिङ्ग सेव प्रवाह गरिरहेको छ ।

प्रत्येक वर्ष १५ हजारलाई रोजगारी दिन गौरवका योजनाहरु अघि सारेका हौं : उप्रमुख डंगोल

काठमाडौं । काठमाडौं महानगरकी उप्रमुख सुनिता डंगोलले हरेक वर्ष १५ हजार महानगरवासीलाई रोजगारी दिनेगरी १० वटा गौरवका योजनाहरु अघि सारिएको बताएकी छिन् । मंगलबार काठमाडौंमा महानगर गौरव योजना ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले महानगरवासीलाई स्वरोजगार बनाई आय वृद्धिका लागि महानगरले गौरवका योजनामार्फत सीप विकासको काम गर्न लागेको बताइन् । १० वटा गौरवका योजनाहरुमा महत्वपूर्ण योजना रोजगारीसँग जोडिएको बताउँदै उपप्रमुख डंगोलले महानगरले हरेक वर्ष कम्तिमा १५ हजार महानगरबासीलाई दक्षजनशक्ति बनाएर रोजगारी दिने क्षमता राख्नुपर्ने लक्ष्य लिएर काम गरिहरको उल्लेख गरिन् । ‘सीप र दक्षता भएकालाई रोजगार दिने र जनशक्ति उत्पादन बीचको खाडल पूर्ण केही पहलकदमी गनुपर्छ भनेर काठमाडौं महानगरपालिकाले दक्ष कामदार उत्पादन गर्ने र रोजगारी दिनेहरुबीचमा पुलको काम गर्दैछौं । विभिन्न रोजगारदाताहरु र दक्ष सीप सिकाउनेहरुसँग पनि सहकार्य गर्दैछौं । जसले गर्दा अध्ययन गरे अनुसारको काम पाउनु र पढाई पनि बजारमा आवश्यकता भएको जनशक्ति उत्पादन होस् भन्ने उद्देश्य रहेको छ । नेपाल साइवर सेक्युरिटिज छात्रवृद्धि कार्यक्रमले पनि यो खाडल पूर्ण योगदान पु¥याउनेछ । यो कार्यक्रमको उद्देश्य रोजगारी,आय वृद्धि र क्षमता विकास गर्ने विश्वास लिएका छौं ।’ उनले भनिन् उनले तालिमको उदेश्य रोजगारी, आय वृद्धि र क्षमता विकास गर्ने रहेको जानकारी गराइन् ।

हायात सेन्ट्रिक होटलमा रुपान्तरण हुँदै हायात प्लेस

काठमाडौं । हायात प्लेस काठमाडौं हयात सेन्ट्रिक सोल्टीमोड काठमाडौंमा रुपान्तरण हुने भएको छ । हायात होटलस् कोर्परेशन (एन.वाई.एस.ईः एच) र सिटी होटल लि. (एन.ई.पि.एस.ईः सि.आइ.टि.वाई.)ले हायात प्लेस काठमाडौंलाई योजनावद्ध हयात सेन्ट्रिकमा रुपान्तरण गर्न लागेका हुन् । पूनर्निर्माण पश्चात् देशको पहिलो हयात सेन्ट्रिक होटलका रुपमा पूर्ण रुपले रिब्रान्ड हुनेछ । पुनर्निर्माण नवनिर्मित प्रवेशद्वार तथा लबि क्षेत्र, अनुपम स्काई बार तथा लाउन्ज, र परिष्कृत सुविधाहरुका साथ हुनेछ । यस रुपान्तरणको हरेक तत्वलाई हायात सेन्ट्रिक ब्रान्डको पूर्ण-सेवाको जीवन्तता अंगिकार गर्ने गरी विचारपूर्वक तथा ध्यानपूर्वक समेटिने बताइएको छ । जानकार यात्रुहरुका लागि अन्वेषणलाई प्रेरित गर्ने शहरको केन्द्र नजिकै अवस्थित प्रक्षेपण प्याड, जुनस्वयम्भू महाचैत्य, बौद्धनाथ स्तूप, र पशुपतिनाथ मन्दिर जस्ता युनेस्को विश्व सम्पदा स्थलहरु समेत अन्य प्रसिद्ध तीर्थस्थलहरुबाट छोटो सवारी दूरीमा रहेको छ । ऐतिहासिक स्थलहरु, पुरातन मन्दिरहरु, तीर्थस्थलहरु, सुनौला प्यागोडाहरु तथा मनमोहक गाउँहरुको धनी रमणिय उपत्यकामा अवस्थित होटल रहेको ठाउँ सहासीक समकालीन यात्रु तथा पर्यटकहरुका लागि यो होटल उत्तम छनौट हुनेछ । ‘रणनीतिक रुपमा काठमाडौंको मुटुमा अवस्थित भएकोले, हामी विश्वस्त छौं कि यो होटलले गन्तव्यको समृद्ध इतिहासको जानकारी लिन इच्छुक पाहुनाहरुका लागि निजिकृत, स्थानिय सेवा तथा अनुभवहरु प्रदान गर्ने रमणीय गृह आधारको रुपमा सेवा गर्नेछ । नेपालमा पहिलो हायात सेन्ट्रिक होटलको शुरुवातले दक्षिणपश्चिम एसियामा हाम्रो पाश्वचित्रलाई थप सुदृढ बनाउनेछ र यस क्षेत्रलाई हायातको प्राथमिकताको बजारको रुपमा ठोस बनाउनेछ,’ हायातका भारत तथा दक्षिणपश्चिम् एशिया विकासका उपाध्यक्ष ध्रुव राठौरले भने । न्यूयोर्क, म्याड्रिड, मुम्बई, बैङ्गलोर, टोकियो, हङ्गकङ्ग र शिकागोजस्ता विश्व-स्तरीय शहरहरुभर प्रमुख गन्तव्यहरुमा अवस्थित हायात सेन्ट्रिक ब्रान्डलाई ध्यानपूर्वक चहलपहलको केन्द्रमा हुन चाहने सहश्राब्दी-सोच भएका यात्रुहरुलाई लक्षित गर्न, उनीहरुको एक बसाईलाई खोजको अवसरका रुपमा परिणत गर्न डिजाइन गरिएको छ । ‘हामी यस होटल रुपान्तरणको अनावरण गर्न तत्पर छौं, जसबाट हाम्रा अतिथिहरुलाई असाधारण र अविस्मरणीय अनुभवहरु प्रदान गर्ने हाम्रो प्रतिवद्धता प्रतिबिम्बित हुनेछ ।’ सिटी होटलका कार्यकारी सञ्चालक अक्षय गोल्याणले भने, ‘होटलभर योजनावद्ध गरिएको नयाँ, स्थानीय रुपमा प्ररित डिजाइन, र आधुनिक सुधारहरुले सञ्जाललाई प्रोत्साहित गर्न र आजका जिज्ञासु यात्रुहरुको आवश्यकताहरु पूरा गर्न न्यानो वातावरण सृजना गर्नेछ ।’ ‘हामी विश्वस्त छौं कि यो रूपान्तरणले काठमाडौंको एक अग्रणी होटलको रूपमा हाम्रो धरातललाई अझ बलियो बनाउनेछ,’ होटलका महाप्रबन्धक वरुण तलवारले भने । हायातको हालको पाश्वचित्रमा भारत र दक्षिणपश्चिम एसियामा ४७ वटा सम्पत्तिहरु छन्, जसमा ४५ वटा भारतमा र दुईवटा नेपालमा छन् । यसको विस्तृत संकलनमा अलिला, अन्डाज, ग्रान्ड हायात, हायात, हायात सेन्ट्रिक, हायात प्लेस, हायात रिजेन्सी र पार्क हायात समेत आठ फरक ब्रान्डहरू रहेका छन् ।

१५ वर्षमै सीईओ, ‘सपनाको सिटिजन बनाउँछु’

काठमाडौं । नेपाली बीमा क्षेत्रमा सबैले सुनेको नाम हो पोषकराज पौडेल । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेका पौडेल जीवन बीमक संघका अध्यक्ष पनि हुन् । जीवन बीमा कम्पनीमध्ये पछिल्लो समय सञ्चालनमा आएर बजारमा आफ्नो पृथक किसिमको पोर्टफोलियो र प्रोफाइल बनाइरहेको सिटिजन लाइफ इन्स्योरेन्सले व्यवसायमा मात्रै होइन, बीमितलाई सेवा प्रवाहमा पनि उल्लेखनीय काम गर्दै आइरहेको छ । परिणामस्वरूप गत मंसिरमा इण्डियन चेम्बर अफ कमर्शबाट ‘इमर्जिङ एशिया इन्स्योरेन्स अवार्ड’ प्राप्त गर्न कम्पनी सफल भयो । कम्पनीको यो सफलतामा सिटिजन टीम लिडर पौडेलको ठूलो भूमिका छ । बीमा क्षेत्रमा दुई दशकको अनुभव भएका पौडेलसँग विद्यालय शिक्षक, गैरनाफामुलक संस्था, सीए फर्म लगायत क्षेत्रमा काम गरेका पृथक अनुभवहरु छन् । त्रिभुवन विश्व विद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर पास गरेका पौडेल आफूलाई कर्मयोगीको संज्ञा दिन्छन् । ‘म कर्मयोगी हो, म कामलाई पहिलो प्राथमिकतामा राख्छु, धेरै महत्वकांक्षा राख्दिनँ,’ उनी भन्छन्, ‘म मेरो काममा पूर्ण सन्तुष्ट छु ।’ पोषकराज पौडेल वि.सं २०२८ सालमा चितवनमा जन्मिए । विद्यालयदेखि कलेजसम्मको पढाइ चितवनमै पुरा गरे । उनी स्कुल र कलेजमा पनि अब्बल विद्यार्थी नै थिए । उनी जहिल्यै कक्षामा ‘टप फाइभ’ मा पर्ने गरेको अनुभव सुनाउँछन् । उनी गणित विषयको त किरो नै थिए । कक्षामा अन्य साथीहरूलाई पनि गणित विषय सिकाएको सम्झना उनलाई अहिले पनि आउँछ । ‘म गणितमा १०० मा १०० अंक ल्याउँथे, अन्य विषयमा औसत नै थिएँ, उनी विद्यार्थी जीवन स्मरण गर्दै भन्छन्, ‘स्कुलमा मलाई अब्बल विद्यार्थी भनेर नै चिन्थे ।’ ६ वर्षसम्म शिक्षक सीईओ पौडेल पूर्व शिक्षक पनि हुन् । उनलाई लेक्चर दिन खुब मन पर्छ । उनको बोलीमा बढो प्रष्टता छ । विषयवस्तुमा उनी आफूलाई सोही ढंगले तयार पनि पार्छन् । वि.सं २०४६ सालमा एसएलसी (हालको एसईई) दिएपछि उनी आफूले पढेको विद्यालयमा नै पढाउन थाले । ‘यसले पढाउन सक्छ भन्ने विश्वास सरहरूमा थियो, त्यसैले पनि एसएलसी लगत्तै पढाउन सुरु गरें, त्यसले पनि आफूलाई अपडेट राख्न सहयोग गर्यो,’ उनी भन्छन्, ‘मिहिनेत गर्नुपर्छ भन्ने सिकाइ त्यतिबेला पनि धेरै भयो ।’ उनले ६ वर्षसम्म सोही विद्यालयमा पढाएर त्यहाँबाट बिदा भए । अब उनको यात्रा बदलियो । तर, काम र भूमिका भने एउटै । उनले विद्यालयमा पढाउन छोडेर चाइल्ड वेलफेयर सोसाइटीमा काम सुरु गरे । उनले त्यहाँ प्रौढ शिक्षा पनि पढाए । ‘पे र पोजिसन’ले मान्छेलाई थोरै प्रेरित गर्छ, थोरै समय उर्जा दिन्छ । निरन्तर काम गर्ने उर्जाको लागि उपयुक्त वातावरण हुनुपर्छ । नेतृत्वले मोटिभेसन र मोबिलाइजेसन गर्न सक्नुपर्छ । नेतृत्व टिममा विश्वासिलो हुनुपर्छ । त्यहाँ केही समय काम गरेर उनको यात्रा काठमाडौंतर्फ मोडियो । काठमाडौं आएर पनि सोही एनजीओको सडक बालबालिका क्षेत्रमा काम गर्ने प्रोजेक्टमा काम गर्न थाले । त्यसमा पनि उनले केही वर्ष मात्रै काम गरे । ‘हुन त मलाई सामाजिक काम मन पर्छ । तर, एनजीओमा मलाई फिट लागेन, म माछामासु नखाने, धेरै हिड्नु पर्ने भएपछि काम नै छोडिदिएँ,’ विगत स्मरण गर्दै उनी भन्छन् । उनले काठमाडौं आएर त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर पास गरिसकेका थिए । उनले अब वित्तीय क्षेत्रमा काम गुर्नपर्छ भन्ने सोच बनाए । सोही योजनाअनुसार एउटा चार्टर्ड एकाउन्टेन्ट (सीए) फर्ममा काम गर्न थाले । उनले त्यहाँ ६ वर्ष काम गरे । त्यो ६ वर्ष उनका लागि वित्तीय क्षेत्र बुझ्ने ठूलो अवसर बन्यो । वित्तीय संस्थाका वित्तीय विवरण अडिटमा उनी पोख्त भइसकेका थिए । त्यसपछि बीमा क्षेत्रमा इन्ट्री ६ वर्ष सीए फर्ममा काम गरेका उनले अब बीमा क्षेत्रमा प्रवेश गरे । उनले मेटलाइफमा फाइनान्स अफिसरका रुपमा काम सुरु गरे । त्यो बिचमा धेरै जिम्मेवारीहरू फेरियो । विभिन्न डिपार्टमेन्टमा काम गर्ने अवसर पाए । उनी फाइनान्स चिफका रूपमा बढुवा भए । मेटलाइफ उनको सिकाइको एउटा विश्वविद्यालय नै बनेको धारणा राख्छन् । ‘इन्स्योरेन्सको फाउन्डेसन त्यही कम्पनीबाट सिकेको हुँ, मल्टिनेशनल कम्पनी भएकोले पनि धेरै सिकियो, देश तथा विदेशका विभिन्न तालिम तथा सेमिनारहरूमा भाग लिन पाइयो, उनी भन्छन्, ‘अहिले जेजति रूपमा काम गरिरहेको छु, त्यसको आधार मेटलाइफ नै हो ।’ उनी मल्टिनेशनल कम्पनीले बनाएका बेञ्चमार्कलाई संस्था र व्यक्तिले चाहेर पनि कार्यान्वयन नहुने धारणा राख्छन् । ‘इको सिस्टम बन्नु पर्यो, धेरै कुरा गर्न चाहेर पनि इको सिस्टम नबन्दा समस्या छ, स्रोतसाधन पनि चाहिन्छ,’ उनले भने । विदेशमा भएको स्ट्याण्डर्ड नेपालमा ल्याउन पनि यहाँको इको सिस्टम सुधार्नु पर्ने उनको भनाइ छ । उनी समयसँगै आफूलाई पनि अगाडि बढाउँदै लानुपर्ने धारणा राख्छन् । ‘काम गर्दै जाँदा धेरै पर हेरेर भन्दा पनि नजिकको पाइला राम्रोसँग हेरेर अगाडि बढ्नु पर्छ भन्ने लाग्छ, सोही ढंगले आफूले पनि काम गरिरहेको छु, त्यसमा सफलता पनि पाइरहेको छु,’ उनले भने । भाग्यमानी सीईओ बीमा क्षेत्रमा तीन दशक काम गरेर पनि सीईओको अवसर नपाउने धेरै व्यक्तिहरू छन् । कतिपय आफ्नै कार्यशैली र क्षमताले पछाडि परे होलान्, कतिपयले अवसर नै पाएनन् होला । तर, पोषकराज पौडेलले भने बीमा क्षेत्रमा १५ वर्ष काम गरेर बीमा कम्पनीको नेतृत्व हाँक्ने जिम्मेवारी पाए । उनले मेटलाइफमा १५ वर्ष काम गरेर वित्त प्रमुख भएर राजीनामा दिए । राजीनामा दिनुको एउटै कारण थियो, सिटिजन लाइफमा सीईओको अफर । १५ वर्षको अनुभवमै सीईओ बन्नका लागि अवसर पाउने पौडेल एक भाग्यमानी सीईओ हुन् । तर उनी आफूलाई कर्मयोगी भनेर चिनाउँछन् । यो तहसम्म आइपुग्नका लागि आफूले धेरै मिहिनेत गरेको उनको भनाइ छ । कम्पनीको माथिल्लो पदमा पुग्न पहुँच हुनुपर्छ, नेतृत्वलाई खुशी पार्नुपर्छ भन्ने भनाई धेरैको मुखबाट सुन्न पाइन्छ । पौडेलको अनुभवमा त्यस्तो कहिल्यै पनि भएन । क्षमता हुने र नतिजा दिने व्यक्तिको सबैतिर खोजी हुने भनाई छ । उनी वि.सं २०७४ सालमा सिटिजन लाइफ इन्स्योरेन्सको सीईओ बने । १५ वर्षको अनुभवमै सीईओको जिम्मेवारी पाउँदा कस्तो महसुस हुँदो रहेछ ? प्रश्नको जवाफमा सीईओ पौडेलले भने, ‘मेटलाइफमा हुँदा पनि उच्च व्यवस्थापनमा काम गर्थें, त्यो पोजिसनमा नबसे पनि त्यो पदले गर्नुपर्ने काम र भोग्नु पर्ने चुनौती सबै महसुस गरिसकेको थिएँ, त्यसैले पनि सिटिजनको सीईओ बनेपछि खासै फरक किसिमको महसुस गरिनँ,’ उनी थप्छन् तर यो पदको गरिमा भने बेग्लै छ ।’ कुनै पनि कम्पनीमा काम गरेपछि त्यसको नेतृत्व तहमा पुग्ने सपना सबैको हुन्छ । कतिपयको सपना सपनामा मात्र सीमित हुन्छ, विपनामा परिणत हुँदैन । त्यो सफलता हासिल गर्नका लागि आइपरेका चुनौतीहरूलाई सहर्ष समाधान गरेर अगाडि बढ्नु पर्ने पौडेलको राय छ । ‘नेपालमा सबैले सपना देखेको ठाउँमा आइपुग्दा पनि म खुसी छु, मेरो कम्पनीमा ३ सय बढी कर्मचारी छन्, सबैले मलाई सहयोगी नेतृत्व भनेर चिन्छन्, अहिलेसम्म कोहि कसैसँग रिसाएको छैन,’ उनी मुस्कुराउँदै भन्छन्, मलाई सीईओ पदसम्म पुगेर कुनै घमण्ड छैन, यो त मिहिनेतको प्रतिफल मात्रै हो, एउटा जिम्मेवारी हो ।’ सीईओ बनेपछि कम्पनीलाई बजारमा एक किसिमबाट चिनाउन उनले धेरै मिहिनेत गरेका छन् । ‘नयाँ कम्पनी भएकोले नयाँ ट्यालेन्ट ल्याउने सोच थियो, त्यतिबेला सातदिने आवासीय तालिम पनि दियौं, त्यो बेला तालिम लिएका अधिकांश साथीहरू अहिले पनि संस्थामा छन्,’ उनले भने । जनशक्ति छनौटमा धेरै मिहनेत गर्नुपर्छ । कतिपय मान्छेले काम नै थाहा नपाएर आवेदन दिएका हुन्छन्, त्यसमा नेतृत्वले प्रोसेसिङ तथा स्क्रिनिङ गर्न सक्नुपर्छ । धेरैले जागिर सुरु गरेपछि यो काम त मेरो लागि रहेनछ भन्दै राजीनामा दिन्छन् । त्यहाँ छनौट गर्नेको पनि कमजोरी भयो भनेर बुझ्नुपर्छ । सिटिजन लाइफ इन्स्योरेन्स नयाँ जेनेरेसनको लिडिङ कम्पनीको रुपमा उदाएको छ । कम्पनीका संस्थापक सीईओको पहिलो कार्यकाल सुखद र सफल रह्यो । कम्पनीले २०७८ मा पुनः दोस्रो कार्यकालका लागि सीईओमा नियुक्त गर्यो । संस्थामा नेतृत्वले रणनीतिकरूपमा रोडम्याप बनाएर अगाडि बढ्नु पर्ने उनको भनाइ छ । ‘सपनाको सिटिजन्स बनाउँछु’ सिटिजन लाइफ इन्स्योरेन्स पछिल्लो पुस्ताको राम्रो बीमा कम्पनी हो । अन्य कम्पनीहरू मर्जर गरेर अगाडि बढिरहेको बेला सिटिजन लाइफ इन्स्योरेन्स भने मर्जरबिनै अब्बल संस्था बनेर अगाडि बढ्ने रणनीतिमा छ । सीईओ पौडेल अबको दुई वर्षपछि मार्केटमा स्थापित कम्पनीका रूपमा सिटिजन देखिने बताउँछन् । ‘मार्केट सेयर, बिजनेस र ब्राण्डका हिसाबले राम्रो बनाएर कम्पनीलाई अगाडि बढाउने योजना छ, विभिन्न कम्पनीमा काम गर्नेहरूलाई पनि एक पटक सिटिजनमा काम गर्नुपर्छ है भन्ने किसिमको कम्पनी बनाउँछौं,’ उनी भन्छन्, ‘सबैको सपनाको संस्थाको रूपमा विकास गरिरहेका छौं ।’ कम्पनीहरू मर्जरअघिको पोजिसनको तुलनामा सिटिजन अहिले पनि टपमै रहेको उनको भनाइ छ । उनले मर्जर भइसकेका कम्पनीसँग पनि सिटिजन प्रतिस्पर्धामा रहेको बताए । कम्पनीले प्रतिस्पर्धी कम्पनीको लेबलमा लाभांश दिन सक्ने अवस्था रहेको उनले बताए । कुशल व्यवस्थापक कस्तो ? हरेकसँग सीप, अनुभव र ज्ञान हुन्छ । त्यो ज्ञान, अनुभव र सीप कार्यान्वयन गर्नका लागि पनि टीम र सहि वातावरण चाहिन्छ । टीम र सहि वातावरण भयो भने नेतृत्वले राम्रो गर्न सक्छ । भनिन्छ नि- ‘एउटा बिउलाई सही ठाउँमा रोप्यो भने ऊ फुल्न र फक्रन सक्छ ।’ हो एउटा व्यवस्थापकलाई पनि सहि सहि वातावरण आवश्यक हुन्छ । सीईओ पौडेल पनि ‘राइट म्यान इन दि राइट प्लेस’ हुनु पर्ने धारणा राख्छन् । कर्मचारी छनौटको क्रममा उनी धेरै मिहेनत गर्दछन् । ‘कतिपय मान्छेले काम नै थाहा नपाएर आवेदन दिएका हुन्छन्, त्यसमा हामीले प्रोसेसिङ तथा स्क्रिनिङ गर्न सक्नुपर्छ, धेरैले पहिला जागिर सुरु गरेर पछि यो त मेरो लागि रहेनछ भन्दै राजीनामा दिन्छन्, त्यहाँ छनौट गर्नेको पनि कमजोरी भयो भनेर बुझ्नुपर्छ’ उनले भने । जनशक्ति छनौटमा समय दिनु भएन भने नेतृत्व केका लागि ? उनी प्रश्न गर्दै भन्छन्, ‘जुन कामका लागि तपाईं मान्छे रोज्नुहुन्छ, त्यसमा राम्रो रोज्नुपर्छ, रिसोर्स डेभलप गर्ने बेलामा समय दिनुपर्छ, भोलि उनीहरू नै हो यो कम्पनीलाई अगाडि बढाउने, एउटा व्यवस्थापकले आफ्नो टीम फर्मेसनमा धेरै ध्यान दिनुपर्छ ।’ दोस्रो, सिनियरले जुनियरलाई सिकाउने र नेतृत्व विकास गर्ने मामिलामा उनको विशेष फोकस हुन्छ । ‘म थुप्रै साथीहरु भेट्छु, अरुले सिक्यो भने भोलि मलाई नै गाह्रो पर्छ भन्ने सोच्छन् । त्यसले वृद्धि विकास रोकेको देख्छु म । सामान्य कुरामा अलमलिनु हुँदैन, आफ्नो जिम्मेवारी अनुसारको काम गर्नुपर्छ,’ उनी भन्छन्, ‘म कर्मचारीलाई पनि सँगसँगै ग्रो गरेर अगाडि बढाइरहेको छु ।’ ‘एउटा व्यक्तिको लागि ‘पे र पोजिसन’ मात्रै भएर केही हुँदैन, व्यक्तिलाई वातावरण दिनका लागि मोटिभेसन र मोबिलाइजेसन आवश्यक पर्छ, नेतृत्व सफल हुनु भनेको समग्र टीम नै सफल हुनु हो,’ उनी भन्छन्, ‘नेतृत्व विश्वासिलो हुनुपर्छ । नेतृत्वलाई अरुले विश्वास गर्न सक्ने हुनुपर्छ ।’ हामीले विद्यालयमा पढ्, पढ् मात्र भन्यौं । नपढे हली बन्छस् भन्यौं । कृषिमा राम्रो हुन्छ, यो सम्मानित पेसा हो भनेर विद्यालय र घरबाट पनि सिकाइएको भए आज देशका युवाहरू कृषिमा काम गरिरहेका हुन्थे, विदेश जाने लाइनमा बस्दैनथे । नेपालमा अधिकांश मान्छे मजबुरीका लागि जागिर गर्ने गरेको उदाहरण उनी दिन्छन् । उनी भन्छन्, ‘व्यक्तिले क्षमताका र आफ्नो सीप देखाउनका लागि भन्दा पनि मजबुरीका लागि काम गर्छ, चीन, जापान लगायत देशमा मसँग यो सीप छ यो काम गर्छु भनिन्छ, हामी सीप बिकाउन सक्दैनौं, जब जागिर मजबुरी बन्छ, त्यहाँ उत्पादकत्व ह्रास हुन्छ ।’ कर्मचारीलाई मोटिभेसन पनि धेरै आवश्यक पर्ने उनको भनाइ छ । ‘कम्पनीको अधिकांश कार्यक्रममा म आफैं पुग्छु, कर्मचारीहरूलाई केही सकारात्मक नोट दिएर फर्किन्छु, नेतृत्वले अरूबाट काम लिने हो,’ उनी भन्छन्, ‘अथोरिटी डेलिगेट गरेर उनीहरूलाई एक किसिमबाट ड्राइभ गरिरहेको छु ।’ उनी अब प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा बीमा क्षेत्रमै रहने बताउँछन् । ‘आफ्नो क्षमता भएअनुसार काम गर्छु, इन्स्योरेन्स क्षेत्रमै केही काम गर्छु, हामी ग्लोबलरूपमा धेरै पछाडि छौं, सिक्नु र सिकाउनु पर्ने धेरै छ, म त्यसमै इन्गेज हुन्छु,’ उनले भने । जीवन बीमाले बचत र जोखिम न्यूनिकरणका लागि महत्वपूर्ण भूमिका खेलिरहेको उनको भनाइ छ । ‘जोखिममा पर्दा हामी छौं, अब तपाईंलाई साथ दिने व्यक्ति कम छन्, अब संस्थाले साथ दिन्छ भन्नका लागि जीवन बीमा आवश्यक छ, नेपालमा बुबाले आर्जन गरेको सम्पत्ति नै ब्याकअप हो भन्ने छ, त्यो सिस्टमले नै समस्या गरिरहेको छ,’ उनी भन्छन्, ‘ब्याकअपका लागि अब इन्स्योरेन्स चाहिन्छ ।’ हेड सरसँग लञ्च, सिनियरसँग दोस्ती पोषकराज पौडेल पृथक परिवेशमा हुर्किए । घुमघाममा रूची राख्ने उनी साथी भने आफूभन्दा सिनियरलाई बनाउँछन् । विद्यार्थी जीवनमा पनि उनले सँगै पढ्नेसँग दोस्ती बनाएनन्, आफूभन्दा एक कक्षा बढी पढ्नेसँग उनको दोस्ती जम्यो । अहिले पनि उनी तिनै विद्यार्थी जीवनका साथीहरूसँग केहिलकाहीँ भेट्ने अवसर पाउँछन् । उनी विद्यालय हुँदा पनि हेड सरसँग बसेर लञ्च खाएको अनुभव सुनाउँछन् । ‘म आफूभन्दा ठूलोसँग संगत गरियो भने केही सिकिन्छ सोच्थें, सोही कारण साथी पनि आफूभन्दा माथिल्लो कक्षाकालाई बनाए, स्कुलमा लञ्च गर्दा हेड सरसँग नै बसेर खान्थें,’ विगत स्मरण गर्दै उनी भन्छन्, ‘म घुलमिल भने सबैसँग हुन्थें ।’ आफ्नो तत्काल रियक्ट गर्ने बानी नरहेको उनी सुनाउँछन् । चितवनबाटै मागी विवाह गरेका पौडेलकी श्रीमती सहकारीमा काम गर्छिन् । उनको दुई छोरी छन् । एउटा अमेरिकामा सूचना प्रविधि (आईटी) पढिरहेकी छन् भने कान्छो छोरी एसईईको तयारीमा छिन् । उनी आफ्नो छोरी विदेशमा पढेर नेपालमै फर्किने विषयमा विश्वस्त छन् । सरकारले विदेशमा रहेका युवालाई नेपालमा स्वागत गर्ने वातावरण सिर्जना गर्नु पर्ने उनको छ । ‘युवा विदेश गइरहेका छन्, उनीहरूलाई रोक्न ओरिन्टेसन दिन सकेका छैनौं, हामीले विद्यालयमा पनि पढ् भने पढ् नत्र हली हुन्छस् भन्ने गलत भाष्यको निर्माण गर्यौं, कृषिको सम्भावना भएको देशमा कृषिलाई नै हेला गर्यौं, त्यसकारण पनि विद्यार्थीहरू कृषिमा आकर्षित हुन सकेन,’ उनी भन्छन्, ‘कृषि राम्रो हो, यो पेसा सम्मानित पेसा हो भनेर विद्यालय र घरबाट पनि सिकाइएको भए, आज देशको युवाहरू कृषिमा काम गरिरहेको हुन्थे ।’ तर, उनी विदेशमा गएका युवाहरू एकदिन नेपालमा फर्किनेमा विश्वस्त छन् । ‘विदेशमा पनि सजिलो छैन, गइसकेपछि फर्किन गाह्रो छ । तर, फर्केर आएकालाई पनि स्वागत गर्न सकेनौं, फर्केर आएकोमा गाली गरिरहेका हुन्छौं, हामीले विदेश जानका लागि झन् प्रोत्साहन गर्यौं, सबैले विदेश जानुपर्छ भन्ने न्यारेटिभ बस्यो । तर, एकदिन विदेशिएको जनशक्ति सीप, अनुभव र पैसा लिएर स्वदेशमै फर्किन्छ भन्ने विषयमा विश्वस्त बनौं, त्यसपछि नेपाल बन्छ ।’ (देशविकासबाट) बैंकिङमा ‘बोल्ड’ बज्राचार्यः कडा स्वभाव, तत्काल निर्णय नेपालमा पाँच प्रकारका व्यवस्थापक; देशको खाँचो गगन प्रधान र मीनबहादुर गुरुङ्गजस्ताको बीमामा शिखर चुम्न सफल, नम्बर वानमा रहिरहने अठोट तीन दशकदेखि एउटै संस्थाको नेतृत्व हाँकिरहेका प्रभाकर, ‘पैसा र प्रख्यातिभन्दा प्लेटफर्म महत्वपूर्ण’ हामीले बैंक चलाए जसरी सरकारले देश चलाउन सक्यो भने धेरै अगाडि पुगिसक्थ्यौं : अध्यक्ष पौडेल  कक्षा र कार्यकक्षमा कुशल कुलमान

ग्लोबल आइएमई बैंकका ग्राहकलाई बिगमार्टमा १० प्रतिशत छुट

काठमाडौं । ग्लोबल आइएमई बैंकका क्रेडिट कार्ड बाहकहरुले बिगमार्टमा खरिद गरी बैंकको क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा खरिद मुल्यमा १० प्रतिशत छुट पाउनेछन् । बैंकको क्रेडिट कार्ड बाहकहरुलाई लावान्भित गर्ने गरी बैंकले बिगमार्टसँगको सहकार्यमा ल्याएको यस योजनामा ग्राहकले बिगमार्ट स्टोरमा ग्लोबल आइएमई बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम ३०० रुपैयाँसम्म छुट पाउनेछन् । उक्त छुट योजना यही माघ महिनाभरि मात्र लागू हुने बैंकले जनाएको छ । जाडो मौसमलाई लक्षित गरी ल्याइएको यस बिगमार्ट विन्टर अफरमा ग्लोबल आइएमई बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा छुटसँगै बिगमार्टद्वारा घोषणा गरिएका आकर्षक पुरस्कारहरु प्रदान गरिनेछ। यो अफर हाल बिगमार्टको ८१ वटाभन्दा बढी स्टोरहरुमा उपलब्ध रहेको छ । ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो तथा वित्तीय सूचकअनुसार मुलुककै सबैभन्दा ठूलो वाणिज्य बैंक हो । बैंकले देशका ७७ वटै जिल्ला तथा तीन अन्तर्राष्ट्रिय सम्पर्करवैदेशिक प्रतिनिधि कार्यालयसहित १ हजार १०० भन्दा बढी सेवा केन्द्रबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ । ग्लोबल आइएमई बैंकलाई सबैंका लागि बैंक बनाउँदै बैंकले विभिन्न सेवा तथा सुविधा सहितका योजनामार्फत आफ्ना ४६ लाखभन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ । त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

गरिमा क्यापिटलले ल्यायो गज्जबको लगानी व्यवस्थापन सेवा

काठमाडौं । गरिमा क्यापिटलले लगानी गर्न इच्छुक ग्राहकहरुका लागी गज्जबको लगानी व्यवस्थापन सेवा योजना ल्याएको छ । क्यापिटलका अनुसार माघ १ गते देखि सुरु भएको यो योजना माघ मसान्त सम्म मात्र लागू हुनेछ । यो योजना अन्तर्गत लगानी व्यवस्थापन सेवामा वार्षिक व्यवस्थापन शुल्क नलाग्ने र ग्राहकहरुले सेवाबाट बाहिरिदा पनि बिना कुनै शुल्क बाहिरन सकिने सुविधा प्रदान गरेको छ । क्यापिटलले आफ्नो प्रदर्शनका आधारमा १० प्रतिशत मात्र कार्य सम्पादन शुल्क लिनेछ । साथै, यो योजना उपभोग गर्न न्युनतम लगानी रकम वा सेयर दश लाखको हुनुपर्ने छ । गरिमा क्यापिटल नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो ।