यी हुन् सबैभन्दा बढी निर्यात हुने २० वस्तु

<p>काठमााडौं । चालु आर्थिक वर्षको ७ महिनामा नेपालबाट निर्यात हुने मुख्य २० वटा वस्तुमध्ये अधिकांशको निर्यात बढेको छ । जसमा गत आवको ७ महिनाको तुलनामा जस्तापाताको निर्यात ७३ प्रतिशतले निर्यातमा वृद्धि भएको छ भने अन्य १० वस्तुको निर्यात पनि वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार गत आवको ७ महिना अवधिमा [&hellip;]</p>

काठमााडौं । चालु आर्थिक वर्षको ७ महिनामा नेपालबाट निर्यात हुने मुख्य २० वटा वस्तुमध्ये अधिकांशको निर्यात बढेको छ । जसमा गत आवको ७ महिनाको तुलनामा जस्तापाताको निर्यात ७३ प्रतिशतले निर्यातमा वृद्धि भएको छ भने अन्य १० वस्तुको निर्यात पनि वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार गत आवको ७ महिना अवधिमा नेपालबाट ४ अर्ब ३ करोड ८४ लाख रुपैयाँ बराबरको जस्तापाता निर्यात भएकोमा चालु आवको ७ महिनामा भने निर्यात बढेर ६ अर्ब ९८ करोड ७० लाख ७० हजार रुपैयाँ को निर्यात भएको छ । जुन गत आवको तुलनामा ७३ प्रतिशतले धेरै हो ।

पछिल्लो ३ वर्षको तथ्यांक हेर्दा नेपालबाट निर्यात हुने जस्तापाताको निर्यात क्रमशः बढ्दो परिमाणमा भएको देखिएको छ । सन् २०२१/२२ मा २ अर्ब ८४ करोड १७ लाख ४० हजार रुपैयाँ बराबरको जस्तापाता नेपालमा निर्यात भएको थियो भने सन् २०२२/२३ मा बढेर ७ अर्ब ७० करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको निर्यात भएको थियो ।

राष्ट्र बैंकको तथ्यांकअनुसार पछिल्लो समयमा नेपालबाट निर्यात हुने सबैभन्दा दोस्रो बढी मूल्यको वस्तु उनको धागो रहेको देखिएको छ । चालु आवको ७ महिनामा ६ अर्ब २७ करोड ८७ लाख ८० हजार रुपैयाँ बराबरको उनको धागो निर्यात भएको छ । जुन अघिल्लो आवको सोही अवधिमा ५ अर्ब ९९ करोड १७ लाख ६० हजार रुपैयाँ बराबरको निर्यात भएको थियो ।

त्यस्तै, जस्तापाता, उनको धागो बाहेक जुस, जुटका सामग्री, रेडिमेड गार्मेन्ट, ओइल केक, टेक्सटाइल, चाउचाउ, आयुर्वेदिक औषधि, अदुवा र जुत्ता-चप्पलको निर्यातमा वृद्धि भएको छ ।

तर, गत आवको तुलनामा पाम तेलको निर्यातमा भने भारी गिरावट भएको छ । गत आवको ७ महिनामा नेपालबाट १३ अर्ब ९२ करोड ६७ लाख ३० हजार रुपैयाँ बराबरको पाम तेल निर्यात भएकोमा चालु आवको ७ महिनामा भने जम्मा ३ अर्ब ५९ करोड १० लाख ९० हजार रुपैयाँ बराबरको मात्रै निर्यात भएको छ ।

तथ्यांकअनुसार अघिल्लो आवको तुलनामामा निर्यात हुने मुख्य वस्तुहरुमा उनीको पाम तेल बाहेक कार्पेट, अलैँची, चिया, पस्मिना, हस्तनिर्मित सामग्री र रोजिनको निर्यात घट्न पुगेको छ ।

Share News