पुँजीबजारका समस्या समाधान गर्न अर्थले माग्यो सुझाव

<p>काठमाडौं । पुँजीबजारमा देखिएका समस्या समाधानका लागि अर्थ मन्त्रालयले सुझाव मागेको छ । अर्थ मन्त्रालयले आइतबार धितोपत्र बोर्ड, नेप्से, सिडिएस र शेयर मार्केटर्स कमर्सियललाई पत्र पठाएर सुझाव मागेको हो । ‘देशको अर्थतन्त्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने पुँजी बजारमा देखिएका समस्या समाधान एवं त्यस क्षेत्रको विकास र विस्तारका लागि तत्काल गर्नुपर्ने कामहरुको सम्बन्धमा सम्बन्धित सरोकारवालाहरुको राय [&hellip;]</p>

काठमाडौं । पुँजीबजारमा देखिएका समस्या समाधानका लागि अर्थ मन्त्रालयले सुझाव मागेको छ । अर्थ मन्त्रालयले आइतबार धितोपत्र बोर्ड, नेप्से, सिडिएस र शेयर मार्केटर्स कमर्सियललाई पत्र पठाएर सुझाव मागेको हो ।

‘देशको अर्थतन्त्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने पुँजी बजारमा देखिएका समस्या समाधान एवं त्यस क्षेत्रको विकास र विस्तारका लागि तत्काल गर्नुपर्ने कामहरुको सम्बन्धमा सम्बन्धित सरोकारवालाहरुको राय समेत लिई सात दिनभित्र कार्ययोजना पेश गर्नुहुन मननीय मन्त्रिज्यूको निर्देशानुसार अनुरोध छ’, अर्थमन्त्रालले लेखेको पत्रमा उल्लेख गरिएको छ ।

अर्थमन्त्रीले पुँजीबजारसँग सम्बन्धित विभिन्न निकायहरुलाई समस्या समाधानको लागि सुझाव माग गरेपछि पुँजी बजारसम्बन्धित लगानीकर्ताहरुले सामाजिक सञ्जालमा खुसी व्यक्त गरेका छन् ।

Share News