काठमाडौं । मिटर ब्याजी अर्थात अनुचित लेनदेन कसुर मुद्दामा फरार रहेका हरि चाम्लिङ पक्राउ परेका छन् । ६५ वर्षीय चाम्लिङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यायको टोलीले अनामनगरबाट पक्राउ गरेको हो ।
काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएकाले उनलाई पक्राउ गरिएको कार्यालयले जनाएको छ । कात्तिक ११ गते अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।
गत आइतबार काठमाण्डौंको अनामनगरबाट उनलाई प्रहरीले घरबाट पक्राउ गरेको थियो । नेहा मल्लले दिएको जाहेरीमा उनी पक्राउ परेका हुन् । ८ करोड ६२ लाख ९८ हजार ८ सय ३३ रुपैयाँको बिगोसहितको उजुरी परेको कार्यालयले जनाएको छ ।
चाम्लिङलाई प्रहरी हिरासतमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।