राष्ट्रिय सभाको अध्यक्षमा दाहाल र शर्माको उम्मेदवारी दर्ता

<p>काठमाडौं । राष्ट्रिय सभाको अध्यक्षमा नारायण प्रसाद दाहाल र युवराज शर्माले उम्मेदवारी दर्ता गरेका छन् । उक्त पदको लागि हालसम्ममा उनीहरु दुई जनाले मात्रै उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवार दाहालको प्रस्तावमा माओवादीका गोपी सार्की अछामी र समर्थनमा एमालेका देवेन्द्र दाहाल, एकीकृत समाजवादीका बेदुराम भुसाल र जसपाका मोहम्मद खालिद छन् । यस्तै, कांग्रेस उम्मेदवार शर्माको [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय सभाको अध्यक्षमा नारायण प्रसाद दाहाल र युवराज शर्माले उम्मेदवारी दर्ता गरेका छन् । उक्त पदको लागि हालसम्ममा उनीहरु दुई जनाले मात्रै उम्मेदवारी दर्ता गराएका छन् ।

उम्मेदवार दाहालको प्रस्तावमा माओवादीका गोपी सार्की अछामी र समर्थनमा एमालेका देवेन्द्र दाहाल, एकीकृत समाजवादीका बेदुराम भुसाल र जसपाका मोहम्मद खालिद छन् ।

यस्तै, कांग्रेस उम्मेदवार शर्माको प्रस्तावकमा कांग्रेसका आनन्दप्रसाद ढुंगाना र समर्थनमा कांग्रेसका किरणबाबु श्रेष्ठ र लोकतान्त्रिक पार्टी (लोसपा)का शेखरकुमार सिंह रहेका छन् ।

यससँगै अध्यक्ष पदको लागि इच्छुकले सोमबार दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ता गराउन सक्ने प्रावधान छ । जसको निर्वाचन भने मंगलबार बस्ने राष्ट्रिय सभाको बैठकमा हुने छ ।

तत्कालीन अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल यही फागुन २० गते सकिएको थियो ।

Share News