जगदम्बा स्टिल्सलाई स्लिट रोलिङ मार्फत टीएमटी छडको उत्पादनमा सफलता

काठमाडौं । नेपालकै ठूलो स्टिल कम्पनीका रुपमा परिचितशंकर ग्रुप अन्तर्गतको जगदम्बा स्टिल्सले टीएमटी छड उत्पादनमा अतुलनिय सफलता हात पारेको छ । जगदम्बा स्टिल्सले नेपालमै पहिलो पटक स्लिट रोलिङ प्रविधिमार्फत टीएमटी छड उत्पादन गर्ने कार्यमा उल्लेखनिय सफलता हात पारेको हो । स्टेट अफ आर्ट प्रविधिको प्रयोग मार्फत स्लिट रोलिङ प्रविधिले एउटै बिलेटबाट दूई वादूई भन्दा बढी छड उत्पादन गर्न सकिन्छ । गौरवपूर्ण यस घडीमा बोल्दै शंकर गु्रपका प्रबन्ध निर्देशक शाहिल अग्रवालले जगदम्बा स्टिल्स आफ्ना नेपाली उपभोक्तालाई उत्कृष्ट गुणस्तरका स्टिल उत्पादनहरु उपलब्ध गराउन निरन्तर प्रयासरत रहेको बताए । स्लिट रोलिङ प्रविधिमार्फत उच्च गुणस्तरिय टीएमटी छड उत्पादनकालागि प्राइमरी ग्रेड बिलेटकै मात्र प्रयोग गर्नुपर्ने हुन्छ अग्रवाले जानकारी दिए । जगदम्बा स्टिल्सले प्राइमरी ग्रेड बिलेट आयातगर्ने गर्छ । जगदम्बा स्टिल्सनेपालकै प्रमुखतथा सर्वाधिक ठूलो कम्पनी होे । सेल, जेएसपीएल र ईलेक्ट्रोस्टिल लगायत एकिकृत स्टिल निर्मातामार्फत प्राइमरी ग्रेड बिलेट आयात गर्ने गर्छ ।

नेपाली तेक्वान्डो खेलाडीहरुलाई जगदम्बा स्टिलको विजयी शुभकामना सहित बिदाई

काठमाडौं । वल्र्ड टेक्वान्डो क्याम्पियनसिपमा भाग लिने नेपाली तेक्वान्डो खेलाडीहरुलाई जगदम्बा स्टिलको विजयी शुभकामना सहित बिदाई गरेको छ । यही जून २४ देखि जुलाई ७ तारिखसम्म कोरियामा हुन गइरहेको वल्र्ड टेक्वान्डो क्याम्पियनसिप जान लागेका खेलाडीलाई सो कम्पनीले विदाई गरेको हो । थर्ड एसियन पारा टेक्वान्डो क्याम्पियनसिप र चुनचिवन, कोरिया ओपन इन्टरनेशनल टेक्वान्डो क्याम्पियनसिपमा भाग लिनको लागि छनोट भई कोरिया लागेका राष्ट्रिय तेक्वान्डो खेलाडी टोलीलाई जगदम्बा स्टिलले एक समारोह आयोजना गरि बिदाई कार्यक्रम सम्पन्न गरेको हो । ललितपुर महानगरपालिकामा आयोजित उक्त शुभकामना सहित बिदाई कार्यक्रमका प्रमुख अथिति चिरिबाबु महर्जनले सहभागी खेलाडीहरु तथा प्रशिक्षकहरुलाई खादा ओढाई शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा टोलीको अभ्यास तयारी तथा सहभागिताका बारेमा पनि प्रकाश पारिएको थियो । सम्पूर्ण खेलाडीहरुको सफलताको कामना गर्दै बिदाई कार्यक्रम सम्पन्न भएको कम्पनीले जनाएको छ ।

यती कार्पेट आगलागीमा एक अर्ब क्षति

भक्तपुर । भक्तपुर नगरपालिका–२ सल्लाघारीस्थित यती कार्पेट इन्डस्ट्रिजमा गए रातिदेखि लागेको भीषण आगलागीमा डेढ अर्बभन्दा बढीको सामग्री क्षति भएको छ । राति ११ः३० बजेदेखि सुरु भएको आगलागी भक्तपुर वारुण यन्त्र, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी तथा काठमाडौं र ललितपुरका आठ दमकलबाट आठ घन्टापछि बिहान ७ः३० बजे नियन्त्रणमा आएको छ । आगलागीबाट एक अर्ब ५० करोडभन्दा बढीको सामग्री क्षति भएको प्रारम्भिक अनुमान गरिएको उद्योगका व्यवस्थापक धर्मेन्द्र यादवले जानकारी दिए । उद्योगपति अनिल केडियाद्वारा सञ्चालित उक्त उद्योगमा ट्रान्सफर्मर पड्किएर आगो लागेको परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए । आगलागीबाट उद्योगकै दुई दुई सवारी साधन र पक्की भवन, जस्ताका पाँच टहरा र उद्योगसँगै जोडिएको सर्वसाधारणको एउटा पक्की भवन जलेर क्षतिग्रस्त भएको छ । सय जना मजदुर कार्यरत उद्योगमा राति ३५जना कार्यरत भए पनि मानवीय क्षति भने नभएको यादवले बताए । उद्योगसँगै रहेको बाटाको ट्रान्सफर्मर पड्केर आगो निस्किएर बलेको तारबाट कारखानामा आगलागी सुरु भएको थियो । कुनै पनि सामान निकाल्नै नमिल्ने गरी एकै पटक ठूलो आगो लागेको बताइएको छ । रासस