आयातित जस्तापाता सस्तो र गुणस्तरहिन, उपभोक्ता र स्वदेशी उद्योग मारमा
काठमाडौं । आज असोज १ गते । वर्षा मौसम सकिएको छ । दशैं र तिहार नजिकिदैँ जाँदा गाउँबस्ती नयाँ घर बनाउने विषयको छलफलमा केन्द्रीत भएको छ । खासगरी २०७२ सालको भूकम्पले घर भत्काएको मानिसहरु मध्ये धेरैले यसवर्ष घर बनाउँदै छन् । २०७५ असार मसान्तअघि घर नबनाउनेलाई सरकारले दिने अनुदान तथा सहुलित ब्याजको ऋण बन्द गर्ने सरकारी निर्णयले यस वर्षको हिउँदमा पुर्ननिर्माणले उच्च गति लिने अनुमान सरकारी अधिकारीहरुले गरेका छन् । गाउँघरमा घर बनाउँदा ढुंगा, माटो, काठ र जस्तापाता मुख्य निर्माण सामाग्री हुन् । धेरैले ढुंगा, माटो र काठ गाउँघरमा नै जुटाउँछन् तर जस्तापाता बजारमा किन्नुको विकल्प छैन । कुन जस्ता पाता किन्ने ? जस्ता पाताको गुणस्तर कसरी जान्ने ? एउटा घरका लागि कति जस्ता पाता चाहिन्छ ? कति मूल्य तिर्नुपर्छ ? घर निर्माणको तयारीमा बसेको लाखौ मानिसको मनमा यी प्रश्नहरु छन् । नरम जस्ता गुणस्तरी ‘सामान्य उपभोक्ताले कुन जस्तोपाता गुणस्तरीय छ, कुन गुणस्तरहिन छ भनेर जान्दैनन्’ हुलास स्टील इन्डस्ट्रिज प्रालिका प्रबन्धक सन्दिप खड्का भन्छन्–‘सामान्यतया कडा खालको जस्तापाता बलियो ठान्छन् उपभोक्ता । तर त्यस्तो होइन, नरम खालको जस्ताबाट बलियो हुन्छ । किला ठोक्न पनि सजिलो हुन्छ । कडा जस्ता पातामा काँटी ठोक्दा फुट्न सक्छ, तर नरम जस्ता पाताको त्यस्तो समस्या हुँदैन ।’ अनुभवी मन्छेले जस्ता पाता छामेर पनि गुणस्तरबारे जानकारी लिन सक्छन् । तर सामान्य उपभोक्ताले थाहा पाउँदैनन् । सामान्य उपाभोक्तालाई गुणस्तर जान्ने सामान्य तरिका बताउँदै खड्का भन्छन्–‘कति गेजको जस्ता हो, तौल कति हो ? मोटाई कति हो ? त्यसबारे जानकारी लिनुपर्छ’ उनले उदाहरण दिदै भने ‘घर छाउनको लागि हुलास स्टीलको २६ गेज हेभि जस्ता पाता राम्रो हुन्छ । यो जस्तापाता प्रतिबण्डल ६५ केजी हुन्छ । ६५ केजी छ कि छैन ? उपभोक्ताले जोखेर लिनुपर्छ ।’ ‘सामान्यतया कडा खालको जस्तापाता बलियो ठान्छन् उपभोक्ता । तर त्यस्तो होइन, नरम खालको जस्ताबाट बलियो हुन्छ । किला ठोक्न पनि सजिलो हुन्छ । कडा जस्ता पातामा काँटी ठोक्दा फुट्न सक्छ, तर नरम जस्ता पाताको त्यस्तो समस्या हुँदैन ।’ बजारमा पाईने विदेशी जस्ता पाता सस्तो र गुणस्तरहिन भएको उनले सुनाए । ‘सस्तो जस्ता पाताको खोजिमा उपभोक्ताहरु ठगिने गरेका छन्’ उनले भने ‘नाफामा लोभिएको बिक्रेताले जस्ता पाता उस्तै उस्तै हो, किन महँगो हाल्ने ? किन हुलासको नै किन्ने ? सस्तो जस्तो किन नलिने ? भनेर बिफ्रिङ गरिएको पाइन्छ । यस्तो अवस्थामा ग्राहकले आफू नै सचेत हुनुपर्छ ।’ विदेशी जस्ताभन्दा नेपाली जस्ता पाता गुणस्तरीय भएको उनले भनाई छ । र, सादा भन्दा रंगिन जस्तापाता बलियो हुने उनले बताए । सादा जस्तामा प्लाईमर र जिङ कोडिङ गरिएको हुन्छ । रंगिन जस्तामा जिङ कोडिङपछि पनि तीन पटकसम्म रंग लगाईएको हुन्छ । त्यसले जस्तापातालाई घाम पानीबाट सुरक्षित राख्न बढी मद्दत गर्छ । रोजाईमा रंगित जस्ता पाता खड्काका अनुसार जस्ता पाता प्रयोग गर्ने कल्चरमा परिवर्तन आएको छ । एक दशकअघि ३० प्रतिशत उपभोक्ताले रंगिन जस्ता पाता प्रयोग गर्दथे भने ७० प्रतिशत उपभोक्ताले सादा जस्ता पाता प्रयोग गर्दथे । अहिले करिव ६० प्रतिशतले रंगित जस्ता पाता किन्छन्् भने ४० प्रतिशतले मात्र सादा जस्ता पाता लिन्छन् । छिमेकीको घरमा रंगिन जस्ता पाताले घर छायो, फरानोको घर पनि रंगिन जस्ता पाताले छायो, हामी पनि किन रंगिन जस्ता पाता नलगाउने ? भन्ने सामाजिक संस्कारले धेरै मान्छेहरु रंगिन जस्तातर्फ आकर्षित भएको उनी बताउँछन् । त्यस्तै, गुणस्तरप्रति सचेत ग्राहक पनि बढेका छन् । ‘घर भनेको जीवनमा एक पटक बनाउने हो । राम्रो घर बनाऊ, बलियो घर बनाऊ, जगमात्र होइन, छाना पनि बलियो र टिकाउ हुनुपर्छ भन्ने सोच तथा ज्ञान मान्छेमा फैलिएको छ । मापदण्डको खाँचो जस्तापाताको गुणस्तरबारे सरकारले मापदण्ड बनाएको छैन । पछिल्लो समय भारत र चीनबाट गुणस्तरहिन जस्ता आएका छन् । ती जस्तापाता सस्ता पनि छन् । जसले नेपाली उद्योगहरुलाई गम्भिर समस्यामा पारेका छन् । ‘सस्ता र गुणस्तरहिन जस्ता पाताले नेपाली उद्योगलाई समस्यामा पारेका छन्, नेपाली उद्योगलाई आफ्ना उत्पादन बिक्री गर्न कठिन भएको छ’ खड्का भन्छन्–‘नेपाली जस्ता सरहको गुणस्तरीय जस्ता पाता आयात भएको भए नेपाली उद्योगलाई कुनै समस्या हुने थिएन ।’ २०७२ सालको भूकम्पअघि जस्ता पाता आयात गर्दा ३० प्रतिशत भन्सार कर लाग्थ्यो । भूकम्पपछि जस्ताको आपूर्ति सहज बनाउन भनेर सरकारले १५ प्रतिशत भन्सार कर घटायो । त्यसपछि जस्ता पाताको आयात बढेको उनी सुनाउँछन् । ‘सबैभन्दा पहिलो काम सरकारले भूकम्प नजानु अघिको अवस्थामा झै जस्तापाता आयातमा ३० प्रतिशत भन्सार लगाउनुपर्छ । दोस्रो, विदेशबाट आयात हुने जस्तापाता नेपाली सरह गुणस्तरीय भएको अवस्थामा मात्र नेपाल प्रवेश गर्न दिनुपर्छ’ उनले भने–‘भन्सारमा जस्तापाताको गुणस्तर चेक गर्ने व्यवस्था हुनुपर्छ ।’ मापदण्ड परिष्कृत गरी लागू गर्ने तयारी भइरहेकाे र ५/६ महिनाभित्र जस्तापाताकाे लागि अनिवार्य गुणास्तर चिन्ह लिनुपर्ने व्यवस्था गरिनेछ । जस्तापाताकाे गुणास्तर सम्बन्धि पुरानाे मापदण्ड भएकाे तर त्यहि पनि अनिवार्य लागू नभएकाे नापताैल तथा गुणास्तर विभागका महानिर्देशक विश्वबाबु पुडासैनी बताउँछन् । मापदण्ड परिष्कृत गरी लागू गर्ने तयारी भइरहेकाे र ५/६ महिनाभित्र जस्तापाताकाे लागि अनिवार्य गुणास्तर चिन्ह लिनुपर्ने व्यवस्था गरिने उनले बताए । पुडासैनिकै संयाेजकत्वमा मापदण्ड निर्धारणा गर्न प्रविधिक समिति बनेकाे र याे समितिले काम गरिरहेकाे उनले बताए । सक्षम छन् नेपाली उद्योग हुलास स्टील इन्डस्ट्रिज प्रा.लिका प्रबन्धक सन्दिप खड्काका अनुसार एउटा घर बनाउन चारदेखि पाँच बण्डल जस्ता आवश्यक हुन्छ । हाल बजारमा वार्षिक एक लाख मेट्रिक टन जस्तापाताको माग छ । हुलास स्टीलको उत्पादन क्षमता नै वार्षिक १ लाख मेट्रिक टन छ । गत वर्ष यस कम्पनीले करिव ५० हजार मेट्रिक टक जस्ता उत्पादन गरेको थियो । जसले कुल बजारको मागको ५० प्रतिशत पूर्ति गरेको छ । हुलास बाहेक नेपालमा आरएमसी, भवगनी, आरती ब्राण्डको जस्तापाता उत्पादन हुन्छन् । ‘उद्योगको क्षमताअनुसार उत्पादन हुने हो भने हुलास स्टील इन्डष्ट्रिजले मात्र बजारको सबै आवश्यकता धान्न सक्छ तर आयातित जस्ता पाताले बजार बिग्रेको छ’ उनले भने । आयातित जस्ता पातामा सरकारले राजश्व छुट दिएकोमा नेपाली उद्योगीहरुले असन्तुष्टि जनाउँदै आएका छन् । भन्सार राजश्व दर घटाउन व्यवसायीबाट माग अाएकाे छ तर अार्थिक एेनबाट मात्र राजश्व घटाउन सकिने भएकाेले तत्काल केही गर्न सकिदैन भन्सार राजश्व दर घटाउन व्यवसायीबाट माग अाएकाे तर अार्थिक एेनबाट मात्र राजश्व घटाउन सकिने भएकाेले तत्काल केही गर्न नसकिने राजश्व सचिव शिशिर ढुङ्गाना बनाउँछन् । भन्सार बढाउँदा धेरै फाइदा हुन्छ । व्यापार घाटा कम हुन्छ । नेपाली उद्योगको संरक्षण हुन्छ । सरकारको राजश्व वृद्धि हुन्छ । उपभोक्ता गुणस्तरहिन सामान प्रगोग गरि ठगिने समस्या हुँदैन । मूल्यवृद्धि खड्काका अनुसार जस्ता पाताको मूल्य रंगिनमा प्रति बण्डल ८ हजारदेखि ११ हजार रुपैयाँ पर्छ । भूकम्पपछि जस्ता पाता उद्योगीले मूल्य बढाएर बढी नाफा लिन खोजेको उपभोक्तावादीहरुले भनाई छ । तर मूल्य बढ्नुमा कम्पनीहरुले मौकाको फाइदा लिनको लागि नभई अन्तराष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्यमा भएको वृद्धि र डलरको मूल्यमा भएको वृद्धिका कारण जस्ता पाताको मूल्य वृद्धि भएको उनको दावी छ । साथै, त्यतिबेला लोडसेडिङ अधिक भएकोले मूल्यमा वृद्धि हुन गएको उनले बताए । ‘बेलाबेलामा लोडसेडिङ हुँदा कम्पनीलाई ठूलो नोक्सान भएको छ’ उनले भने–‘तालिकामा लोडसेडिङ नभए पनि दैनिक २०/२५ पटकसम्म विद्युत आपूर्ति बन्द हुन्छ र उत्पादनमा धेरै क्षति हुने गरेको छ ।’ विद्युत आपूर्ति नियमित मात्र भईदिएमा पनि उत्पादन लागत कम हुने उनी बताउँछन् ।
गुणस्तरीय निर्माण सामाग्री खोज्दै हुनुहुन्छ ? जगदम्बाले ल्यायो ‘हाम्रो घर’ मोवाइल एप
काठमाडौं । राम्रो घर निर्माण सबैको सपना हो । त्यसमा पनि गुणस्तरीय सामाग्रीको छनौट सबैको आवश्यकता हो । गुणस्तरीय सामाग्रीको खोजी र जानकारी कसरी गर्ने ? प्रविधिको प्रयोग गर्दै निर्माण सामाग्रीका बारेमा विविध जानकारी दिने र गुणस्तरीय घर निर्माणका सामाग्री छनौटमा सहयोग गर्ने उदेश्यले जगदम्बा सिमेन्टले हालै मात्र हाम्रो घर भन्ने मोवाईल एप बनाएको छ । यो एप घर निर्माण सम्बन्धी कार्य गर्ने इन्जिनियर, कन्ट्रयाक्टर, डिलर मेसन लगायत सम्पूर्ण उपभोक्ताहरुका लागि अत्यन्त उपयोगी हुने कम्पनीले जनाएको छ । सपनाको घर निर्माणका लागि चाहिने निर्माण सामग्रीको छनोट, घर निर्माण गर्न घरको लागत, भुकम्प प्रतिरोधी घर निर्माण प्रकृया, लगायत नेपालको पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका उपभोक्ताले जगदम्बा सिमेन्टको सेल्स टिमसंग सिधै सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ । यो एप एनड्रोइड फोनको लागि प्लेस्टोरमा रहेको छ । विभिन्न व्राण्डका सिमेन्ट उत्पादन गर्दै आएको जगदम्मा सिमेन्टले जगदम्बा योगदान, जगदम्बा प्रयोग विधि, जगदम्बा जागरण, जगदम्बा आरोहण, जगदम्बा विशेष जस्ता उपभोक्ता केन्द्रित कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।
सिमेन्टमा १०५ अर्ब वैदेशिक लगानी थपिँदै, पहिलो पटक अफ्रिकी मुलुकबाट ५५ अर्ब आउने
काठमाडौं । चीन र अफ्रिकी मुलुक नाइजेरियाबाट गरी ३ बहुराष्ट्रिय कम्पनीले नेपालमा सिमेन्ट उत्पादन गर्न १ खर्ब ५ अर्ब रुपैयाँ बढी (१ अर्ब ५ करोड डलर) लगानी गर्ने भएका छन् । अफ्रिकाको डाँगोटे सिमेन्ट कम्पनी, चीनको होङसी शिभम् सिमेन्ट र चीनकै हुवाजिनले सिमेन्ट उत्पादन गर्न नेपालमा यो रकम लगानी गर्न लागेका हुन् । डाँगोटेले ५५ अर्ब रुपैयाँ ( ५५ करोड डलर), होङसीले ३६ अर्ब ८५ करोड रुपैयाँ (३५ करोड ,९१ लाख अमेरिकी डलर) र हुवाजिनले १४ अर्ब रुपैयाँ (१४ करोड डलर) लगानी ल्याउने छन् । ३ वटै उद्योगले सिमेन्टमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) ल्याउन अनुमति पाएका छन् । यी उद्योगले मात्र १५५ मेगावाट बिजुली खपत गर्देछन् । यी उद्योगले नेपालमा दैनिक १५ हजार टन र वार्षिक ७६ लाख ६५ हजार टन सिमेन्ट उत्पादन गर्ने छन् । होङसीले नवलपरासीमा कारखाना स्थापनाको काम सुरु गरेको छ । लगानी बोर्डसंग आइतबार आयोजना लगानी सम्झौता (पीआईए) गरेको छ । डाङोटे र हुवाजिन उद्योग पीआईएको तयारीमा रहेको बोर्डका प्रवत्ता उत्तमभक्त वाग्लेले बताए । खानी पाएपछि पीआईए हुने उनले जानकारी दिए । डाङगोटे र हुवाजिनले खानी लिनका लागि प्रतिस्पर्धामा भाग लिएका छन् । खानी तथा भुगर्भ विभागले खानी क्षेत्र उपलब्ध गराउन ढिलाइ गरेपछि उद्योगले काम अघि बढाउन ढिलाइ भएको छ । खानी प्राप्त हुने बित्तीकै अन्य काम सुरु हुने उनको भनाई छ । होङसीको ७० र नेपालीको ३० प्रतिशत स्वामित्व हुने गरी लगानी संरचना तयार पारिएको छ । सिमेन्ट उद्योग दर्ता र अन्य स्वीकृतिको काम सकिएको छ । चीनको होङसी र नेपालको शिमभ् सिमेन्टको संयुक्त लगानीमा नवलपरासीमा सिमेन्ट कारखाना स्थापनाका लागि आवश्यक पुर्वाधार निर्माणको काम भइरहेको छ । उद्योगबाट सन् २०१८ को सुरुदेखि सिमेन्ट उत्पादन हुनेछ । उद्योगले सिमेन्ट उत्पादनका लागि आवश्यक कच्चावस्तुका लागि पाल्पामा खानीका लागि स्वीकृति पाएको छ । उद्योग आफैले कच्चा वस्तु क्लिङकर उत्पादन गर्ने भएको छ । होङसीले दैनिक ६ हजार टन र पछि उत्पादन वृद्धि गरी दैनिक १२ हजार टन पु¥याउने लक्ष्य राखेको छ । वार्षिक ४३ लाख ८० हजार टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य लिएको छ । उद्योग सञ्चालनका लागि मात्र ८० मेगावाट बिजुली आवश्यक पर्नेछ । उद्योगबाट प्रत्यक्ष रुपमा १ हजार र अप्रत्यक्ष रुपमा १० हजारले रोजगारी पाउने अनुमान गरिएको छ । यस्तै डाङोटेले दैनिक ६ हजार र वार्षिक २१ लाख ९० हजार टन सिमेन्ट उत्पादन गर्ने प्रस्ताव पेश गरेको छ । डाङगोटेलाई सिमेन्ट उत्पादन गर्न ५० मेगावाट बिजुली आवश्यक पर्ने छ । यो पुर्ण विदेशी लगानीमा निर्माण हुन लागेको हो । हुवाजिनले दैनिक ३ हजार र वार्षिक १० लाख ९५ हजार टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य लिएको लगानी बोर्डले जनाएको छ । विदेशि लगानीमा स्थापना भएका सबै उद्योगले आफै खानीबाट कच्चा वस्तु क्लिकर उत्पादन गर्ने भएका छन् । पछिल्ला वर्षमा निर्माण व्यवसायले गति लिएपछि स्वदेशी तथा विदेशीले सिमेन्टमा लगानी बढाएका छन् । भारतको रिलायन्स इन्डष्ट्रिजले नेपालमा सिमेन्ट उत्पादनमा लगानी गर्ने प्रस्ताव गरेपनि खासै अघि बढ्न नसकेको बोर्डले जनाएको छ । डाङोटेले मकवानपुरको भीमफेदीमा, हुवाजिनले नारायणी र रिलायन्सले नेपालको मध्य क्षेत्रमा कारखाना राख्ने तयारी गरेका छन् । नेपालमा हालसम्म ७३ सिमेन्ट उद्योग रहेका छन् । मुलुक सिमेन्टमा आत्मनिर्भरतर्फ उन्मुख हुदै गएको छ । कुल मागको ८५ प्रतिशत हाल सञ्चालनमा रहेका स्वदेशी उद्योगले पुरा गरेका छन् । बाँकी १५ प्रतिशत बाँकी रहेको छ । विदेशी लगानीका ठुला उद्योगले उत्पादन थालेपछि सिमेन्ट निकासी हुने बोर्डको प्रक्षेपण छ । पछिल्लो समया नेपालमा क्लिङकर उत्पादन गर्ने उद्योग स्थापना भएपछि स्वदेशमै सिमेन्टका लागि कच्च पदार्थ उपलब्ध हुने अवस्था आएको छ ।