सीआइपीबाट सम्मानित हुने २५ व्यवसायी तस्विरमा (फोटोफिचर)

काठमाडौं । सरकारले राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने उत्कृष्ट २५ जना उद्योगी व्यवसायीलाई महत्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी) लाई सम्मान गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलबार एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई सम्मान गरेको हो । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मानित हुने व्यक्तिलाई सम्मानपत्र र राष्ट्रको महत्वपूर्ण परिचय पत्र प्रदान गरेका छन् । मुलुकको उत्पादन, रोजगारी, निर्यात, पर्यटन तथा विप्रेषण आयमा योगदान दिने व्यक्ति तथा संघ संस्थालाई सीआईपी प्रदान गरिएको हो। सरकारले व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले निर्यात क्षेत्र, लगानी क्षेत्र, रोजगारी सिर्जना, पर्यटन क्षेत्र, कर दाखिला र व्यावसायिक प्रतिनिधिमूलक संस्थाका ३ गरी कूल २५ जना व्यक्ति तथा संस्थालाई सम्मानित गरेकाे हो ।

राज्यले सम्मान गरेका यी २५ हस्ती, जसले देशको अर्थतन्त्रमा सवा तीन खर्बको योगदान गरे

काठमाडौं । सरकारले राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने उत्कृष्ट २५ जना उद्योगी व्यवसायीलाई मंगलबार महत्वपूर्ण व्यावसायिक व्यक्तित्व (सीआईपी) सम्मान प्रदान गरेकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाई सीआइपी अवार्डद्वारा सम्मान गरेका हुन् । देशको उत्पादन, रोजगारी, निर्यात, पर्यटन तथा विप्रेषण आयमा योगदान दिने व्यक्ति तथा संघ संस्थालाई सीआईपी अवार्ड प्रदान गरिएको हो। उनीहरु देशको अर्थतन्त्रमा कूल ३ खर्ब १८ अर्ब ६२ करोड ५६ लाख रुपैयाँ योगदान गरेका छन् । सरकारले व्यापार तथा निकासी प्रबर्धन केन्द्रले निर्यात क्षेत्र, लगानी क्षेत्र, रोजगारी सिर्जना, पर्यटन क्षेत्र, कर दाखिला र व्यावसायिक प्रतिनिधिमूलक संस्थाका कूल २५ जना व्यक्ति तथा संस्थालाई सम्मानित गरेको हो । सीआईपी अवार्ड २०२० बाट सम्मानित हुनेहरुमा तेस्रो मुलुकतर्फ निकासी रकमको आधारमा अग्रस्थान रहेका प्रथम पाँच वस्तुहरुको सबैभन्दा बढी वस्तु निकासी गर्ने निर्यातकर्ता तथा उद्योगी त्रिवेणी स्पिनिङ बाराका रामचन्द्र संघई, दि साँग्रिला कार्पेट एण्ड ह्याण्डीक्राफ्ट इण्डस्ट्रीका दोर्जेग्याल्सेन लामा, काठमाडौं स्टार फेसनका राहुलमान श्रेष्ठ, एभरेष्ट तथा पश्मिना निटिङका सुर्यकुमार गुरुङ, रविन श्रेष्ठ, हरिकिरत सिँह बेदी, दिव्यराज सापकोटा, युक्ति गोल्छा, पेम्बा दोर्जे र विश्वराज बस्नेत छन् । उनीहरुले देशको अर्थतन्त्रमा क्रमशः ३ अर्ब ५६ करोड २९ लाख, ९४ करोड १७ लाख, ८२ करोड ८७ लाख, ४८ करोड १४ लाख, ६९ करोड ७१ लाख, १२ अर्ब ७० करोड ६७ दाख, ५ अर्ब ३ करोड, ३५ लाख, ४ अर्ब ९५ करोड ६० लाख , ४३ करोड, ६० लाख र ३९ करोड ३३ लाख रुपैयाँ योगदान गरेका छन् । यस्तै, न्यु प्यागोडा इन्टरप्राइजेजका मछिन्द्र पाण्डे, गौपी प्रसाद कँडेल, सुजन कुमार श्रेष्ठ, निमार्ण कुमार चौधरी, राजलक्ष्मी गोल्छा, दिपेश प्रधान, लिऊ शु कुवाङ र पवन कुमार गोल्याङ रहेका छन् । उनीहरुले पनि क्रमशः २२ करोड ४२ लाख, १७ करोड ३७ लाख, ८३ बरोड ८४ लाख, ३१ करोड ८५ लाख, ४ अर्ब ९५ करोड ६० लाख, १९ करोड ११ लाख, १० अर्ब ७१ करोड राष्ट्रको अर्थतन्त्रमा योगदान गरेका छन् । उनीहरुले सो रकमको वस्तु निर्यात गरेका हुन् । यस्तै ,बैंकिङ प्रणलीमार्फत विप्रेषणको कारोबार गरी सबैभन्दा बढी वैदेशिक मुद्रा भित्र्याउने विप्रेषण कम्पनी आईएमई लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले २ खर्ब ६१ अर्ब ९८ करोड ५१ लाख बराबरको विप्रेषण भित्र्याउन योगदान गरेका छन् । पर्यटन क्षेत्रमा सबैभन्दा बढी मुद्रा आर्जन गर्ने होटल व्यवसायी तारागाउँ रिजेनसी होटलका कार्यकारी सञ्चालक सुरेशलाल श्रेष्ठले १ अर्ब ३ करोड २५ लाख, युवा उद्यमी सुनिता शेर्पाले ८ करोड ८८ लाख, अक्षण गोल्याणले ८ अर्ब ७ करोड रुपैयाँ बराबरको सामान निर्यात गरी देशको अर्थतन्त्रमा योगदान गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ र नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश कुमार मोरलाई पनि देशको निर्यात व्यापारका साथै वाणिज्य क्षेत्रमा प्रबर्धनात्मक कार्य गरी आर्थिक विकासमा पुर्याएकाे योगदान  वाफत सम्मान गरेको छ । उद्योग तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले उनीहरुले देशका विशिष्ट व्यक्तिसँग चाहेको समयमा औपचारिक भेटघाटको विशेष अवसर पाउने, विमानस्थलमा विशिष्ट कक्षमा लञ्चको व्यवस्था, वैदेशिक व्यापार मेलामा जान पाउने लगायतका अवसर पाउने बताए । उनले अब देखि निरन्तर रुपमा सीआइपी अवार्ड दिने पनि बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाई प्रमाणपत्र र परिचय पत्र प्रदान गर्दै अनुशासित र मर्यादित ढंगले व्यवसाय गर्न आग्रह गरे । सरकारले आर्थिक वर्ष ०७४/७५ को योगदानलाई आधार मानेर यो सम्मान दिइएकाे हाे ।

राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्ने २५ व्यवसायी सम्मानित

काठमाडाैं । सरकारले राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने उत्कृष्ट २५ जना उद्योगी व्यवसायीलाई महत्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी) लाई सम्मान गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलबार एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई सम्मान गरेको हो । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मानित हुने व्यक्तिलाई सम्मानपत्र र राष्ट्रको महत्वपूर्ण परिचय पत्र प्रदान गरेका छन् । मुलुकको उत्पादन, रोजगारी, निर्यात, पर्यटन तथा विप्रेषण आयमा योगदान दिने व्यक्ति तथा संघ संस्थालाई सीआईपी प्रदान गरिएको हो। सरकारले व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले निर्यात क्षेत्र, लगानी क्षेत्र, रोजगारी सिर्जना, पर्यटन क्षेत्र, कर दाखिला र व्यावसायिक प्रतिनिधिमूलक संस्थाका ३ गरी कूल २५ जना व्यक्ति तथा संस्थालाई सम्मानित गरेकाे हो । उद्योग तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले उनीहरुले देशका विशिष्ट व्यक्तिसंग औपचारिक भेटघाटको विशेष अवसर पाउने, विमानस्थलमा विशिष्ट कक्षमा लञ्चको व्यवस्था, वैदेशिक व्यापार मेलामा जान पाउने लगायतका अवसर पाउने अर्यालले बताए । सम्मानित हुनेमा रामचन्द्र संघई, दोर्जेग्लासेम लामा, राहुलमान शाक्य, सुर्य कुमार गुरुङ, रविन श्रेष्ठ, हरिकृष्ण बेदी, दियराज सापकोटा, युक्ति गोल्छा, पेम्बा दोर्जे, विश्वराज बस्नेत, मछिन्द्र पाण्डे, गौपी प्रसाद कँडेल, सुजन कुमार श्रेष्ठ, निमार्ण कुमार चौधरी, राजलक्ष्मी गोल्छा, दिपेश प्रधान, लिऊ शु कुवाङ, पवन कुमार गोल्याङ, चन्द्र प्रसाद ढकाल, सुर्यराज ढकाल, सुनिता शेर्पा, अक्ष गोल्याङ, भवानी राणा, राजेश कार्की श्रेष्ठ र शतिश कुमार मोर रहेका छन् । जसमध्ये चन्द्र ढकाललाई आईएमई मार्फत सबैभन्दा बढी विदेशी मुद्रा भित्र्याएकोमा र भवानी राणालाई वाणिज्य क्षेत्रमा बढी निर्यात व्यापार गरे वापत उक्त सम्मानद्वारा सम्मानित गरिएकाे हाे ।