एफएनसीसीआईको साधारणसभा चैत २८ र २९ गते हुने निश्चित
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधरणसभा चैत २८ र २९ गते हुने निश्चित भएको छ। साधरणसभाकाे निश्चित समय ताेक्नका लागि आइतबार समितिको बैठक बस्ने महासंघकी अद्यक्ष भवानी राणाले बताइन् । उनले साधरणसभा कुनै पनि हालतमा पछाडि नधकेलिने बताइन् । उनले आइतबार समितिकाे बैठक बसेर साधरणसभाकाे एकिन समय ताेक्ने बताइन् । महासंघको ५४ औं साधरणसभाबाट अहिलेका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतस् अध्यक्ष हुनेछन्। महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष नै स्वत अध्यक्ष हुने व्यवस्था छ। सो सभाले नयाँ नेतृत्व पनि चयन गर्दैछ । विधानअनुसार महासंघको बरिष्ठ उपाध्यक्ष आगामी कार्यकालको लागि स्वतः अध्यक्ष हुनेछन् । त्यसैकारण अहिलेका बरिष्ठ उपाध्याक्ष शेखर गोल्छा महासंघको आगामी कार्यकालको अध्यक्ष हुदैछन् । तर, चैतमा हुने अधिवेशनले गोल्छापछिको नेतृत्व पनि चयन गर्दैछ । चैतमा हुने महाधिवेशनले जसलाई बरिष्ठ उपाध्यक्ष बनाउनेछ, सो व्यक्ति नै गोल्छापछिको महासंघको अध्यक्ष बन्नेछ । निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था भएको कारण पनि महासंघको नेतृत्वका बारेमा चासो र सरोकार हुनु स्वभाविकै हो । सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर कार्यान्वयन गर्ने अधिकांश काममा महासंघको संलग्नता हुने भएकोले पनि यसको महत्व धेरै छ । सम्बन्धित समाचार: कर्णालीका व्यवसायीको दुखेसोः महासंघले हाम्रो समस्या कहिल्यै बुझ्दैन, अपेक्षा याे छ भनेर के गरौं सुदूर-कर्णालीका व्यवसायी भन्छन्- हामी सँधै थिचियौं, अब हामीलाई माथि उठाउने नेतृत्व चाहिँन्छ किशोर प्रधानको उम्मेदवारी घोषणा सभामा शेखर गोल्छा गए, सौरभ ज्योति गएनन् चार जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष भन्छन्ः अबको नेतृत्वले व्यवसायीका समस्या सुनिदिए पुग्छ निर्वाचन नजिकिँदै गर्दा महासंघमा ध्रुवीकरण तीव्र पाँच उद्योग वाणिज्य संघका अध्यक्ष भन्छन्ः राजनीतिक दललाई गुहार्नुपर्ने प्रवृतिको अन्त्य गरोस् पाँच उद्योग वाणिज्य संघका अध्यक्ष भन्छन्ः अबकाे नेतृत्वले साना व्यवसायीका पनि पिरमर्का बुझोस् चार जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष भन्छन्ः महासंघ ठूला घरानाको मात्र नहाेस् चार प्रदेश महासंघका अध्यक्ष भन्छन्ः अबको नेतृत्वले शक्ति विकेन्द्रित गर्न सकोस् तीन प्रदेश उद्योग वाणिज्य महासंघका अध्यक्ष भन्छन्ः अबको नेतृत्वले एसएमईको प्रबर्द्धन सोचोस्
प्राथमिक सेयर नबिकेको शिवममा किन आकर्षण ? (समग्र विश्लेषण)
काठमाडौं । स्थानीय जनतामा प्रतिकित्ता २ सय रुपैयाँमा ५ लाख कित्ता सेयर जारी गर्दा मात्रै ८५ प्रतिशत बराबर बिकेको शिवम् सिमेन्टको सेयर सर्वसाधारणलाई जारी गर्ने क्रममा भने मागभन्दा बढिको आवेदन प¥यो । सेयर बजारमा कुनै समय ३ सयको तहमा आउने र कुनै समय ६ सयसम्म पुग्ने गरिरहेको कम्पनीको वित्तीय आकार ठूलो (अर्बौं) भएकै कारण लगानीकर्ताहरुलाई तानिरहेको छ । पछिल्लो समय वर्षकै उच्च विन्दुमा आइपुगेको कम्पनीको सेयर नयाँ लक्ष्य बनाउने क्रममा छ । आगामी दिनमा कम्पनीको सेयर मूल्य कसरी अगाडी जाला, कम्पनीको वित्तीय अवस्था के छ भन्नेलगायतका विषय यस विश्लेषणात्मक आलेखमा समेट्ने प्रयास गरेका छौं । परिचय ९ जेठ २०६० मा निजी कम्पनीको रुपमा स्थापना भएको शिवम् २०७२ बाट पब्लिक कम्पनीको रुपमा रुपान्तरण भयो । कम्पनीले हाल ४३ ग्रेडको ओपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ । कम्पनीको दैनिक ३ हजार टन सिमेन्ट र ३ हजार टन क्लिङ्कर उत्पादन गर्ने अनुमति पाएको छ । गत वर्ष कम्पनीले दैनिक (३६५ दिनकै आधारमा) १ हजार ५ सय ६३ टन क्लिङ्कर र २ हजार १ सय १६ टन सिमेन्ट उत्पादन गरेको छ । कम्पनीले हाल ४ वटा चुन ढुंगा खानी क्षेत्रको अनुमति लिएर उत्खनन गरिरहेको छ । केही खानी राष्ट्रिय वन क्षेत्रमा परेपनि सरकारबाट भोगाधिकार पाइसकेको छ । उपाधी कम्पनीले गुणस्तर तथा नापतौल बिभागबाट आइएसओ प्रमाणपत्र पाएको छ । यस्तो प्रमाणपत्र पाउने यस कम्पनी नै सिमेन्ट क्षेत्रको पहिलो भएको कम्पनीको दाबी छ । सरकारले सिमेन्टलाई निर्यातजन्य उद्योगको रुपमा लिएसँगै कम्पनीले भारतीय केन्द्रीय गुणस्तर बिभागबाट स्ट्याण्डर्ड सर्टिफिकेशन मार्क प्राप्त गरिसकेको छ । त्यस्तै, युआरएस नेपाल, ओएचएसएएसबाट समेत गुणस्तरको लागि प्रमाणपत्र पाएको छ । सेयर स्वामित्व कम्पनीमा लक्की, गोयल, सारडा समूहका लगानीकर्ताहरुको पकड छ । ५ प्रतिशत माथि सेयर स्वामित्व हुनेको विवरण अनुसार गोयल समूहको २० प्रतिशत, गुप्ता (लक्की समूह) समूहको १० प्रतिशत र भिमसरा समूहको करीब १३ प्रतिशत सेयर स्वामित्व छ । सञ्चालकहरुमा गोयर समूहका सुरेन्द्र कुमार गोयल अध्यक्ष छन् । सारडा समूहबाट सन्दिप कुमार सारडा र लक्की समूहबाट भने अमित मोर, रोहित गुप्ता र अल्का गोयललगायत छन् । अल्का गोयल सर्वसाधारण सेयरधनीको तर्फबाट समेत प्रतिनिधित्व गर्छिन् । अन्य लगानी कम्पनीले शिवम् होल्डिङ्स प्रालिको ८८ प्रतिशत सेयर स्वामित्व लिएको छ । शिवम् प्रालिले भने होङसी सिमेन्टमा ३ अर्ब ८२ करोड रुपैयाँ लगानी गरेको छ । विभिन्न क्षेत्रमा लगानीको लागी कम्पनीले शतप्रतिशत लगानीमा सहायक कम्पनी एससीएल इन्भेष्टमेन्ट प्रालि खोलेको छ । जसमा यस कम्पनीमा हाल २० करोड लगानी गरेको छ । एससीएलको जारी पूँजी ८१ करोड रहेको छ । एससीएलको भने शिवम् रेडिमिक्स कंक्रिट, अरुणभ्याली माइन्स एण्ड मिनिरल्स, दन्तकाली सिमेन्टमा शतप्रतिशत सेयर छ । त्यस्तै, एससीएललको ८० प्रतिशत लगानी रहनेगरी अर्को लगानी कम्पनी एचएस इन्भेष्टमेन्ट संस्थापना गर्ने तयारी भइरहेको छ । संस्थापक जोडिएकासँगको कारोबार कम्पनीले दोस्रो त्रैमाशसम्ममा लगानीकर्ता सुशील गुप्ताको कम्पनी मोडर्न इन्फ्रास्टक्चरबाट ११ करोड ५५ लाख, सुरेन्द्र कुमार गोयलको कम्पनी अरविन्द इम्पोरियमबाट १७ करोड ८७ लाख, होङसी सिमेन्टबाट ५४ करोडको खरीद गरेको छ । कम्पनीले होङसीलाई भने १० करोडको बिक्री गरेको छ । लाभांश सर्वसाधारणमा सेयर जारी गरेको करीब २ वर्ष पुग्न लागेको कम्पनीले लगानीकर्तालाई यसबीच दुई पटकसम्म लाभांश दिएको छ । कम्पनीले दुवै वर्ष १५ दशमलव ७८ प्रतिशत नगद लाभांश दिएको छ । बोनस सेयरको तुलनामा नगद लाभांशलाई कम रुचाउने नेपाली लगानीकर्ताहरुको प्रवृत्ति छ । अंकित मूल्य (१ सय रुपैयाँ) लगानी गरेकोले यो अवधिमा प्रतिकित्ता ३२ रुपैयाँ पाएका छन् । ६ सय रुपैयाँसम्म बजार मूल्य तिरेका लगानीकर्तालाई यो दर भनेको ३ प्रतिशत हाराहारी मात्रै हुन आउँछ । वित्तीय अवस्था चालु आवको दोस्रो त्रैमाशमा कम्पनीको उत्पादन बिक्री आम्दानी १० प्रतिशतले घटेपछि नाफा रकममा पनि २९ प्रतिशतले कमी आएको छ । देशमा निर्माण क्षेत्रमा आएको मन्दी र सिमेन्ट उद्योगको संख्याका साथै उत्पादनमा भइरहेको वृद्धिले यो क्षेत्रमा प्रभाव परेको छ । कम्पनीले उत्पादनको लागि नयाँ सामान झार्नेभन्दा स्टोर गरिने कच्चा पदार्थहरुको प्रयोग बढाएको देखिन्छ । कम्पनीको इन्भेन्ट्रिज (कच्चा पद्धार्थ) करीब २२ प्रतिशतले घटेको छ । कम्पनीले व्याज लाग्ने सापटी रकम घटाइरहेको छ । चालु दायित्व तर्फको यस्तो रकममा १ अर्ब ६० करोड रुपैयाँबाट घटाएर ६० करोड रुपैयाँमा सीमित पारेको छ । त्यस्तै, गैर चालु दायित्व अन्तरगतको यस्तो रकम २ अर्ब १६ करोड रुपैयाँबाट घटाएर १ अर्ब २० करोड रुपैयाँमा सीमित भएको छ । कम्पनीले व्यापारको क्रममा भुक्तानी गर्नुपर्ने रकम ३४ प्रतिशतले बढेर १ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । कम्पनीले लिनुपर्ने रकम भने ३५ प्रतिशतले बढेर २ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । यसमा सुधार गर्नुपर्ने देखिन्छ । यसले कम्पनीले बजारबाट पैसा उठाउन नसकेको देखाउँछ । ह्रास कट्टी खर्चमा घटेको छ । यसमा २९ करोड ५९ लाख रुपैयाँ छुट्याएको छ । कम्पनीका सामानहरुको पुनर खरीदलाई यो रकम प्रयोग हुने छ । कम्पनीको प्रतिसेयर आम्दानी २० रुपैयाँ ९७ पैसा, मूल्य आम्दानी अनुपात २३ दशमलव ३६ गुणा र प्रतिसेयर नेटवर्थ १ सय ८९ रुपैयाँ रहेको छ । सन्तुलित क्षेत्रमा सेयर कारोबार कम्पनीको सेयरको माग उच्च भएको आरएआई सूचकले देखाइरहेको छ । कम्पनीको मूल्य १४ दिने आरएसआई स्केलको ८२.१९ मा आएको छ । आरएसआई स्केल ३० भन्दा मुनि भए सेयर अधिक बिक्री क्षेत्रमा, ३० देखि ७० बीचमा भए सन्तुलित क्षेत्रमा र ७० भन्दा माथि भए अधिक खरिद क्षेत्रमा रहेको विश्लेषण गरिन्छ । सिम्पल मुभिङ एभरेज रेखामा दुई महिनाअघि क्रसओभर भएको छ । २१ दिने रेखाले ७ दिनेलाई काटेर माथि रहेको छ । ३ सय ५५ रुपैयाँसम्म पुगेर बढ्न थालेको मूल्य बुलिश प्रवृत्तिमा छ । पीभट विश्लेषणले भने अब बजार बढ्ने क्रममा रहे एक महिनामा ७ सय २१ मा पहिलो लक्ष्य लिएर अगाडी बढेको छ । घट्ने क्रममा रहे ५ सय ६० मा पहिलो टेवा पाउने देखाउँछ । बढ्दो क्रममा रहेको कम्पनीको सेयर मूल्य एक वर्षकै उच्च विन्दुमा आएकोले लगानीकर्ताहरु केही अन्योल देखिएका छन् । सोही अनुरुप अन्तिम दिन ६ सय ९३ सम्म पुगेको भएपनि बजार बन्द हुँदा ६ सय ६७ सम्म ओर्लियो । अन्तिम दिन सुटिङ स्टार बनेकोले मूल्य घट्न सक्ने संकेत गरिरहेको छ । यो संकेत दरिलो भने होइन । हालसम्मकै उच्च विन्दुमा रहेकोले सचेत हुनुपर्ने भने देखिन्छ । ५ सय ८९ विन्दुबाट घटेर ३ सय ५५ सम्म पुगेर हालसम्मको विन्दुमा आउँदा कम्पनीको मूल्यले कप विथ ह्याण्डल प्रवृत्ति बनाएर ब्रेक इभनबाट माथि लागेको समेत संकेत गरिरहेको छ । कपको डेप्थको आधारमा मूल्य थप बढ्न सक्ने र ८ सयको तह पुग्न सक्ने संकेत गरिरहेको छ । प्राविधिक पक्षबाट मात्र हेरेर निर्णय लिनु भने सही हुँदैन् ।
आगामी फागुन २१ गतेदेखि ‘औद्योगिक प्रदर्शनी तथा घरेलु उद्योग महोत्सव २०७६’ हुँदै
काठमाडौं । आगामी फागुन २१ देखि चैत २ गतेसम्म वाग्मती प्रदेशस्तरीय ‘औद्योगिक प्रदर्शनी तथा घरेलु उद्योग महोत्सव २०७६’ हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ काभ्रेपलाञ्चोक शाखाले उक्त मेलाको आयोजना गरेको हो । सबै खाले घरेलु वस्तुको प्रदर्शन गर्ने स्थल ‘कोशेली घर’ निर्माणमा सहयोग पुर्याउने ध्येयले प्रथम पटक सो महोत्सव आयोजना गर्न लागेको हो । बनेपा नगरपालिका–७ उग्रेश्वर महादेव मन्दिर परिसरमा हुने महोत्सवमा १३ वटा नै जिल्लाका घरेलु उद्योगसँग सम्बन्धित उत्पादित वस्तु प्रदर्शनीमा राखिने महासङ्घका अध्यक्ष सुवासना श्रेष्ठले जानकारी दिए । ७० वटा प्रदर्शनी कक्षमा लप्सी, लालीगुराँस, दुग्ध व्यवसायसँग सम्बन्धित वस्तु ट्राउट माछा, महिला उद्यमीले उत्पादन गरेका वस्तु, ह्याण्डीक्राप्टका सामग्री रहने छ । ‘नेपाली वस्तु प्रयोग गरौँ, नेपाली भएकोमा गर्व गरौं, उद्योग गरौं उद्यमी बनौं उठाउ नेपाललाई’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको महोत्सव नेपाल सरकार घरेलु तथा साना उद्योग मन्त्रालय, घरेलु तथा साना उद्योग विकास कोषको सहयोगमा हुन लागेको हो । सो अवसरमा व्यवसाय/व्यवसायबीचको अन्तक्र्रिया गर्ने, तथा प्रदेशभित्रका महिला उद्यमीको बृहत् भेला गराई सरकारी निकायबाट प्राप्त अवसर सुविधाको बारेमा जानकारी दिँदै उनीहरुको समस्यासमेत पहिचान गरी त्यसको प्रवद्र्धनका लागि के गर्न सकिन्छ भन्ने विषयमा महिला उद्यमीको अवस्था, समस्या र चुनौतीको विषयमा अन्तक्र्रिया गर्ने सो अवसरमा जानकारी दिइयो । आयोजक समितिका संयोजकसमेत रहेका श्रेष्ठले भने, “सरकारको समृद्ध नेपाल, सुखी नेपाली’ को अभियानलाई साकार पार्न आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्न उत्पादनमूलक उद्यम व्यवसायको प्रवद्र्धन गरी सहयोग पुर्याउन पनि यो महोत्सवले सहयोग पुग्नेछ ।” महोत्सवमा ८० हजारले अवलोकन गर्ने अनुमान गरिएकोे छ । आर्थिक वर्ष २०७५/०७६ को तथ्याङ्क अनुसार काभ्रेपलाञ्चोकमा मात्रै सात हजार ७ सय ५४ उद्यमी रहेका छन् । रासस