सरकार तथा केन्द्रिय बैंकको कदम सकारात्मक- उद्योग परिसंघ
काठमाडाैं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाईरसले संसारका प्रायः सवै देशहरुलाई आक्रान्त बनाई रहेको छ । नेपाल समेत यस भाईरसको महामारीसंग जुध्न तथा फैलिन नदिन प्रयासरत रहेको छ । नेपाल सरकारले विभिन्न निर्देशनहरु जारी गरि लागू गरिरहेको छ । देश बन्दाबन्दि(लकडाउन) कै अवस्थामा छ । यस्तो नाजुक अवस्थामा समेत परिसंघले आफ्नो तर्फबाट सहयोग गरिरहेको छ । स्वास्थ्य सम्बन्धि राहतका सामाग्रिहरु सरकारलाई उपलब्ध गराई रहेको छ भने अत्यावश्यकीय वस्तुको उत्पादन तथा वितरण गर्न आफ्ना सदस्य प्रतिष्ठानहरुलाई उत्प्रेरित गरिरहेको छ । नेपाल उद्योग परिसंघले अर्थतन्त्रलाई जोगाई राख्न हालै नेपाल राष्ट्र बैंकले चालेका कदम स्वागत योग्य रहेको at अत्यावश्यक बाहेक अन्य क्षेत्र बन्द रहेको तथा विश्वको अर्थन्त्रको प्रभाव नेपालमा समेत पर्ने निश्चित छ । यस्तो अत्यन्त नाजुक अवस्थाबाट अर्थतन्त्रलाई जोगाई राख्न हालै नेपाल राष्ट्र बैंकले चालेका कदम स्वागत योग्य रहेको नेपाल उद्योग परिसंघले जनाएकाे छ। मैद्रिक नीतिमा गरिएका निश्चित परिवर्तनले अर्थतन्त्रमा तरलता बचाईराख्न सहयोग पुग्ने परिसंघकाे विश्वास छ । यस्तै नेपाल सरकारले हिजै वित्तिय क्षेत्रका समेत केही महत्वपूर्ण निर्णय लिएको छ । नेपालको अर्थव्यवस्थालाई जोगाई राख्न सरकारसंग निकै ठूलो अपेक्षा गरिएको समयमा राहतको घोषणा गरिएको हो । सरकारले गरिव परिवार तथा दैनिक ज्यालादारी गर्ने वर्गलाई राहतको व्यवस्था गर्ने निर्णय गरेको छ । यो सरकारले लिएको अत्यन्त सकारात्मक कदम हो । हाललाई अल्पकालीन राहतको व्यवस्था गरि मध्य तथा दीर्घकालीन राहत समेत सरकारले ल्याउने परिसंघले विश्वास लिएको छ । जुन अर्थतन्त्रलाई जोगाई सामाजिक सहति व्यवसायिक जगतलाई पुनरसिंचित तथा पुनरजागरण गर्न आवश्यक रहेको छ । हाल बन्द रहेका उद्योग तथा व्यवसायलाई पुनः पूर्ण क्षमतामा सुचारु गराउने दायित्व सवैको हो, यस्तो अवस्थामा निजी क्षेत्रको मनोवललाई कम हुन नदिन हामी सरकार लगायत सबै सरोकारवालासंग परिसंघले आग्रह गरेकाे छ ।
महासंघकाे सरकारलाई ५० लाख रुपैयाँ नगद र डेढ कराेड बराबरकाे सामान सहयोग
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सरकारलाई ५० लाख रुपैयाँ सहयोग गरेको छ । उद्योगी व्यवसायीहरुको छाता संगठन महासंघले कोरोना भाइरसबाट उत्पन्न हुने जोखिम रोकथाम र न्यूनिकरणका लागि सरकारलाई ५० लाख रुपैयाँ नगद सहयोग गरेको हो । आइतबार सिंहदरबारमा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेललाई भेटेर महासंघ अध्यक्ष भवानी राणाले ५० लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको बताइन् । अध्यक्ष राणाले महासंघले ५० लाख नगदसँगै डेढ करोड रुपैयाँ बराबरको मेडिकल सामाग्री र खाद्यान्न सहयोग गर्ने बताइन् । चेक हस्तान्तरण कार्यक्रममा अध्यक्ष राणासँगै बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, निवर्तमान अध्यक्ष पशुपति मुरारका, उपाध्यक्षहरु चन्द्र ढकाल, किशोर प्रधान र उमेशलाल श्रेष्ठ उपस्थित भएका थिए । हाल महासंघले लकडाउनका समयमा काम विहीन भई बसेका श्रमिकहरूलाई खाद्यान्न सामग्रीहरू उपलव्ध गराउने बताएकाे छ । आफ्नो देशैभर रहेको संजालमार्फत महासंघले उद्योग व्यवसायमा काम गर्ने श्रमिक कामदारहरूको तथ्यांक संकलन गरिरहेकोे बताएको छ । महासंघले यसअघि सरकारलाई दशहजार थान मास्क र २ सय पचास सेट व्यक्तिगत सुरक्षा उपकरण पिपिई हस्तान्तरण गरेकाे थियाे ।
बझाङ उद्योग वाणिज्य संघले पनि शुरु गर्यो कोरोना भाइरस रोकथाम कोष
काठमाडौं । बझाङ उद्योग वाणिज्य संघले पनि कोरोना भाइरस रोकथाम विपत कोष शुरु गरेको छ । संघले आइतबार एक सूचना सार्वजनिक गर्दै कोष सुरु गरेको बताएको हो । जिल्लामा कोरोना भाइरसको जोखिम न्युनिकरण गर्न कोष खडा गरेका बताइएको छ । साथै संघले कोरोना भाइरस रोकथाम रोकथाम कोषमा सहयोगको लागि अपील पनि गरेको छ । संघले कोषमा सहयोग गर्नेका लागिसम्र्पक व्यक्ति पनि तोकेको छ । त्यसका लागि संघका अध्यक्ष दान बहादुर सुर्मेली, सचिव संकर रसाइली र कार्यालय सचिव निम बहादुर थापालाई सम्पर्क गर्न जानकारी गरेको छ । हालसम्म संघले ४५ हजार रुपैयाँ लगायतका सामाग्रीहरु सहयोग पाइसकेको सूजनामार्फत जनाएको छ । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस ( कोभिड १९) को महामारी रोकथामका लागि अहिले कोरोना रोकथाम कोष सुरु हुने क्रम बढेदै गएको छ ।