अर्गानिक तरकारी तथा फलफूल मोबाइल भ्यानबाट बजारमा, दैनिक ३ हजार केजी बिक्री
काठमाडौं । व्यवसायिक घराना गोल्यान गु्रपले माटो ब्रान्डको अर्गानिक तरकारी तथा फलफूल लकडाउनको समयमा मोबाइल भ्यानबाट बजारमा बिक्री शुरु गरेको छ । कम्पनीले आफ्नै ब्रान्ड र अन्य किराना पसल तथा स्टोरका सामानहरु पनि मोबाइल भ्यानबाट बिक्री सुरु गरेको हो । मोबाइल भ्यानबाट तरकारी तथा फलफूल गरी दैनिक ३ हजार केजी बिक्री हुने गरेको छ । लकडाउनको कारणले बजार धेरै पसलहरु बन्द छन् । संकटका बेला उपभोक्ताले खाद्यान्न,तरकारी र फलफूल सहज तरिकाले पाउने भनेर माटो बान्डले बिक्री सुरु गरेको हो । गोल्यान एग्रो प्रालिका निर्देशक लतिका गोल्यानले यस्तो बेलामा उपभोक्ताल सरल र सहज तरीकाले ताजा तरकारी तथा फलफूल उपभोग गर्न पाहुन भनेर मोबाइल भ्यान सञ्चालनमा ल्याएको बताइन् । बजारको अवस्था हेरेर सेवालाई बढाउँदै लैजाने पनि गोल्यानले बताइन् । कम्पनीले मोबाइल पसल चलाएको आज ५ दिन भइसकेको छ । एउटा मोबाइल भ्यानबाट सुरु गरेको तरकारी र फलफूलको माग बढन थाले पछि अर्को एउटा भ्यान थपेर सामान बिक्री बढाउन थालिएको छ । माग अनुसार भ्यान थप्ने माटो ब्रान्डको तयारी छ । भ्यान एक ठाउँमा डेढ घण्टा बस्छ र त्यस पछि अर्काे चोकामा जान्छ । लतिका गोल्यानले भ्यानले बिहान ६ बजेदेखि बेलुकी ७ बजेसम्म सेवा दिने गरेको बताइन् । उनले भनिन् तरकारी, फलफुल र खाद्यान्न बिक्री नाफाभन्दा पनि सेवालाई ध्यानमा राखेको छौं । भ्यानले अहिले सबै प्रकारका तरकारी, फलफूल ताथा खाद्यान्न बिक्री बिक्री गरिरहेको छ । तरकारी, फलफूल तथा खाद्यान्नमा १ रुपैयाँ नाफा राखिएको माटो ब्रान्डले जाकारी दिएको छ । मोबाइल भ्यानमा १५ जना कर्मचारी खटिएका छन् । भ्यानले जावलाखेल चिडियाघर, रञ्जना गल्ली, छाँया सेन्टर, कमलादीको गणेश मन्दिर, झम्सिखेलको आर्मी ब्यारेक, बालकुमारीको वेस्टार रेसिडेन्सी, डिल्लीबजार चोक, ज्ञानेश्वर, नक्सालको भाटभटेनी, चुनदेवी, महाराजगञ्जको भाटभटेनी, सोल्टीमोड, जावलाखेल चिडियाघर, रञ्जना गल्ली, छाँया सेन्टर, कमलादीको गणेश मन्दिरलगाउतको ठाउँमा सेवा दिइरहेको छ । झापामा २ अर्ब लगानी गरी अर्गानिक तरकारी तथा फलफूल फर्म सञ्चालन गरि काउली, बन्द, टमाटर, फलफुल लगायतका उत्पादन भाटभटेनी र बिगमार्ट सहितका स्टोरहरुमा बिक्री सुरु गरेको थियो ।
पाँच जिल्लाका चेम्बर अफ कमर्सले वितरण गरे नगद सहित विभिन्न सामान
काठमाडौं । विभिन्न जिल्लाका चेम्बर अफ कमर्सद्धारा कोरोना भाइरस (कोभिड-१९) प्रकोपका सन्दर्भमा नगद हस्तान्तरण गरेका छन् । साथै, कोरोना रोकथामको लागि माक्स लगायत विभिन्न सामानहरु वितरण र सुपथ पसल संचालन गरेको जानकारी गराएको छ । सुन्दर बजार चेम्बर अफ कमर्स लमजुङले २ हजार थान सर्जिकल मास्क बितरण गरेको छ । सुन्दर बजार चेम्बर अफ कमर्स सुन्दर बजारले सुन्दर बजार नगरपालिका, नेपाल पत्रकार महासंघ लमजुङ सुन्दर बजार अस्पताल, नमुना सामुदायिक अस्पताल, ईलाका प्रहरी कार्यालय भोटेवडार, ईलाका प्रहरी कार्यलय सुन्दर बजार, भोटेवडार शहरी स्वस्थ्य क्लिनिक, सर्बोदय सेवा आश्रम, मानव सेवा आश्रम बेशिसहर, १२ वटा निजि क्लिनिकहरुलाई निशुल्क सर्जिकल मास्क वितरण गरेको छ । त्यस्तै, बाँके चेम्वर अफ कमर्सबाट उपभोग्य सामाग्री सहज तवरले उपलब्ध गराउन सुपथ पसल संचालन गरेको छ । घोराही चेम्वर अफ कमर्सले मास्क वितरण गर्ने कार्यक्रम तय गरेको छ भने दोलखा चेम्वर अफ कमर्सद्धारा मास्क वितरण कार्य गरेको छ । त्यसैगरी, अर्घाखाँची चेम्बर अफ कमर्सले अत्यावश्यकीय क्षेत्रमा प्रयोग गर्नेगरि जिल्ला प्रशासन कार्यालय मार्फत ३ हजार थान सर्जिकल माक्स हस्तान्तरण गरेको छ ।
धनुषा, बाग्लुङ्ग र गोरखाका चेम्बर अफ कमर्सद्धारा नगद सहित विभिन्न सामाग्री हस्तान्तरण
काठमाडौं । धनुषा, बाग्लुङ्ग र गोरखा जिल्लाका चेम्बर अफ कमर्सद्धारा कोरोना भाइरस (कोभिड १९) प्रकोपका सन्दर्भमा नगद हस्तान्तरण तथा माक्स लगायत विभिन्न सामानहरु वितरण र सुपथ पसल संचालन गरेका छन् । जसमध्ये धनुषा चेम्बर अफ कमर्सका उपाध्यक्ष एवं मास्क व्यवस्थापनका संयोजक सलामत राइन, प्रदेश नम्बर २ का अध्यक्ष पवन ठाकुर र धनुषा चेम्बरको अध्यक्ष विजय शाहले सुरक्षा निकाय अन्तर्गत जिल्ला प्रहरी कार्यालयलाई १ हजार पिस मास्क र सशस्त्र प्रहरी बललाई १५ सय पिस मास्क वितरण गरेको छ । यसका साथै स्वास्थ्य क्षेत्रका विभिन्न अस्पताल र स्वास्थ्य चौकीको डाटा आए पछि मास्क, मेडिकल किट, ग्लोब्स हस्तान्तरण गर्ने चेम्बरको योजना रहेको छ । बागलुङ्ग चेम्वर अफ कमर्सले कोरोना भाइरसबाट सुरक्षित हुन संचेतना सम्वन्धी कार्यक्रम संचालन र मास्क बितरण कार्य शुभारम्भ गरेको छ । त्यस्तै, गोरखा चेम्बर अफ कमर्सले हेल्प डेस्क राखेको छ । गोरखा चेम्बर अफ कमर्सले १५ सय माक्स वितरण गरेको छ । यसका साथै आइसोलेसनमा रहेका विरामीलाई निशुल्क पानीको जार पनि वितरण गरेको छ ।