निगमको जहाज २ महिनादेखि दोहामा अलपत्र, निगम व्यवस्थापन सिट संख्या थप्ने गृहकार्यमा

<p>काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को न्यारोवडी जहाज करिब २ महिनादेखि कतारको दोहामा अलपत्र बनेको छ । गत पुस १३ गते यात्रु लिएर दोहा गएको जहाजको इन्जिनमा समस्या देखिएपछि उतै रोकिएको जहाज अझै सञ्चालनमा आउन सकेको छैन । दुईटा न्यारोवडी जहाजमध्ये एउटा जहाज लामो समयदेखि बिग्रीएर ग्राउन्डेड हुँदा उडान प्रभावित बनेको छ भने [&hellip;]</p>

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को न्यारोवडी जहाज करिब २ महिनादेखि कतारको दोहामा अलपत्र बनेको छ । गत पुस १३ गते यात्रु लिएर दोहा गएको जहाजको इन्जिनमा समस्या देखिएपछि उतै रोकिएको जहाज अझै सञ्चालनमा आउन सकेको छैन ।

दुईटा न्यारोवडी जहाजमध्ये एउटा जहाज लामो समयदेखि बिग्रीएर ग्राउन्डेड हुँदा उडान प्रभावित बनेको छ भने निगममाथि आर्थिक बोझ थपिदै गएको छ ।

विग्रिएको जहाज छिटो मर्मत गरेर नियमित उडानमा ल्याउनुपर्ने निगमका उच्च अधिकारीहरु भने यतिबेला सोही जहाजमा सिट संख्या थप गर्ने विषयमा लागेका छन् ।

हाल सञ्चालनमा रहेका २ थान न्यारोवडी (एयरबस ३२०) तथा २ थान वाइडबडी (एयरबस ३३०) जहाजमा सिट संख्या थप गर्न निगम व्यवस्थानले प्रक्रिया सुरु गरेको छ ।

निगमका प्रतिनिधिले केही समयअघि सिट संख्या बढाउने विषयमा जहाज निर्माता कम्पनी एयरबसका प्रतिनिधिसँग छलफल गरेका थिए । सिट संख्या थप गर्ने सँगै निगमका प्रतिनिधिले एयरबसमा पाउन सकिने सुरक्षा, तालिम, मर्मत सम्भार तथा गुण्स्तरका क्षेत्रहरुमा समेत छलफल गरेको जनाइएको छ ।

निगम व्यवस्थापनले जहाजको सिट थप्ने पहल गरेकोप्रति कर्मचारी नै असन्तुष्ट देखिएका छन् ।

कार्यकारी अध्यक्ष युवराज अधिकारीले विभिन्न वाहान बनाउँदै जहाज मर्मत गर्न छोडेर अनावश्यक खर्च बढाउन लागेका आरोप कर्मचारीको छ ।

कार्यकारी अध्यक्ष युवराज अधिकारीले न्यारोवडी जहाज मर्मतको सम्पूर्ण तयारी पूरा भएको भन्दै अबको १० दिनभित्रमा मर्मत समेर नियमित उडानमा ल्याउने बताए । समस्या देखिएको इन्जिन मर्मतको काम भएको भन्दै छिट्टै सञ्चालनमा ल्याउने उनको भनाई छ ।

जहाजको म्यानुअल अनुसार सिट संख्या थप गर्ने विषयमा छलफल भए कार्यकारी अध्यक्ष अधिकारीले पुष्टी गरे ।

थप आर्थिक भार

ऋणमा डुबेको निगमकका जहाजमा सिट संख्या थप गर्दा आर्थिक भार मात्र बढ्ने कर्मचारीहरु बताउँछन् । निगम व्यवस्थापनले भएका जहाज फूल अकुपेन्सीमा उडान गर्न नसकेको अवस्थामा सिट संख्या थप गर्नु भनेको आर्थिक भार बढ्नु मात्र रहेको एक उच्च कर्मचारीले बताए ।

उनले निगमका कार्यकारी अध्यक्ष उडान गन्तव्य नपाएका वाइडबडी जहाजको गन्तव्य विस्तार गर्न छोडेर सिट संख्या बढाउनतर्फ लाग्नु नै निगमलाई डुबाउनतर्फ लागेको पुष्टी हुने आरोप लगाए ।

कुल १५८ सिट क्षमताको न्यारोवडी जहाजमा १० सिट थप गरेर १६८ र २८० सिट क्षमताको वाइडबडी जहाजमा २० सिट थप गरेर ३०० सिट संख्या बढाउने निगमका अधिकारीहरुले लबिङ गरेका छन् ।

फूल अकुपेन्सी (सिट भरेर) उडान गर्न नसकेको अवस्थामा थप सिट संख्या थप्दा खर्च मात्रा बढ्नेछ । यदि निगमले अनावश्यक खर्च गरेर ४ थान जहाजमा सिट संख्या थप गर्दा भिभिआईपी उडान (राष्ट्रपति तथा प्रधानमन्त्रीले गर्ने चाटर्ड उडान) मा प्रयोग गर्न मिल्दैन । यस्तै, कोभिडको समयमा निगमले गरेको जस्तो कार्गाे तथा मोडिकल उडान समेत सिट संख्या थप गरेपछि गर्न नमिल्ने उनको कर्मचारीहरुको भनाई छ ।

Share News