उडानका क्रममा भिडियो खिच्ने तीन क्याबिन क्रु निलम्बनमा

काठमाडौं । उडानका क्रममा फोटो तथा भिडियो खिचेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले तीन जना क्याबिन क्रु लाई निलम्बन गरेको छ । हवाई उडान मापदण्ड उल्लंघन गरेको भन्दै प्राधिकरणले हिमालय एयरलाइन्सका चालक दल (क्याबिन क्रु) लाई बिहीबारदेखि लागु हुने गरी निलम्बन गरेको हो । बिहीबार निर्णय गर्दै अर्काे सूचना जारी नहुँदासम्मका लागि निलम्बन गरिएको जनाएको छ । उड्डयन मापदण्ड अनुसार उडिरहेको जहाजमा क्याबिन क्रुहरुले फोटो तथा भिडियो खिच्न पाइँदैन। पछिल्लो समय हवाई उडान मापदण्ड अल्लंघन गरेको भन्दे क्यानले विभिन्न वायुसेवा कम्पनीका चालक दलका सदस्यलाई धमाधम कारवाही गर्दै आएको छ ।

हिमालयन ट्राभल मार्ट जेठमा हुने

काठमाडौं । पर्यटन प्रबर्द्धनका लागि आगामी जेठमा हिमालयन ट्राभल मार्ट आयोजना हुने भएको छ । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)नेपाल च्याप्टरको आयोजनामा चौथो संस्करणको मार्ट आगामी जेठ २३ देखि २६ सम्म आयोजना हुन लागेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सो अवसरमा हिमालय क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि मार्ट कोसेढुङ्गा बन्नेमा विश्वास व्यक्त गरेकाे पाटा नेपालद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । प्रधानमन्त्री प्रचण्डले देशमा आर्थिक वृद्धि र अनेकन रोजगारीको अवसरहरु सिर्जना गर्न प्रचुर सम्भावना रहेको पर्यटन क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड भएको बताए । नेपाललाई आकर्षक पर्यटन गन्तव्यका रुपमाविकास गर्न नेपाल सरकार प्रतिवद्ध रहेको पाटाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उक्त लक्ष्य हासिल गर्नका लागिपूर्वाधार सुधार, सडक विमानस्थल र अन्ययातायात सुविधाको विकास र स्तरोन्नति, आवश्यक नीति सुधार, उड्डयन क्षेत्रको सुदृढिकरण, निजी क्षेत्र र व्यवसायी समुदायलाई प्रोत्साहनका लागि सरकारले काम गरिरहेको सन्देशमा उल्लेख छ । मार्टका आवश्यक पूर्वतयारी, अन्तर्राष्ट्रिय स्रोत बजारमा प्रचारप्रसार तथा व्यवस्थापन गरिरहेको पाटा नेपाल च्याप्टरका अध्यक्ष विभुतिचन्द ठाकुरले बताउनुभयो । उहाँका अनुसार हालसम्म ३० देशका ५० भन्दा बढी क्रेताहरु र २० वटा बिक्रेताहरूले सहभागिताका लागि दर्ता गरिसकेका छन् । रासस

विमानस्थल प्रशासनलाई मन्त्री किरातीका १२ प्रश्न

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रशासनलाई विभिन्न प्रश्न गरेका छन् । बिहीबार अन्तराष्ट्रिय बिमानस्थलमा आकमिक बैठक बसी उनले विभिन्न १२ वटा प्रश्न गर्दै त्यसको उत्तर बोलेर, लेखेर नभएर परिणाममा खोज्ने बताएका छन् । उनले यात्रुको व्यागेज चोरिदेखि शौचालय भित्र बज्ने म्यूजिक बन्दका विषय राखेका छन् । यस्ता छन् उनका प्रश्न –व्यागेज चोरिएको घटनाहरु सत्य हो ? –अराइभलमा यात्रु लड्ने बिधुतिय भ¥याङ्ग के हुँदैछ कहिले सम्म बनि सक्छ ? –सरसफाई अभियान के कस्तो चल्दै छ ? –समयमा जहाज उड्दैछ कि छैन ? –ब्रेक बिनाको ट्रली किन्ने प्रकृया के हुदैछ ? –एयरपोर्ट भित्र महङ्गि नियन्त्रण भयो कि भएन ? –ब्रेक बिनाको ट्रली फेर्ने काम कहा पुग्यो ? –शाैचालय भित्र बजि रहेको सङ्गित किन बन्द भयो ? –महिला सौचालयमा सेनिट्यारी प्याड राख्ने काम के भयो ? –एयरपोर्ट अगाडिको ब्यूटिफिकेशन के भयो ? –एयरपोर्ट भित्र कुकुर र बाँदर कसरी पस्यो ? –एयरपोर्ट भित्र वाईफाई प्रभावकारी किन चल्दैन ?