काठमाडौं । उडानका क्रममा फोटो तथा भिडियो खिचेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले तीन जना क्याबिन क्रु लाई निलम्बन गरेको छ ।
हवाई उडान मापदण्ड उल्लंघन गरेको भन्दै प्राधिकरणले हिमालय एयरलाइन्सका चालक दल (क्याबिन क्रु) लाई बिहीबारदेखि लागु हुने गरी निलम्बन गरेको हो ।
बिहीबार निर्णय गर्दै अर्काे सूचना जारी नहुँदासम्मका लागि निलम्बन गरिएको जनाएको छ ।
उड्डयन मापदण्ड अनुसार उडिरहेको जहाजमा क्याबिन क्रुहरुले फोटो तथा भिडियो खिच्न पाइँदैन।
पछिल्लो समय हवाई उडान मापदण्ड अल्लंघन गरेको भन्दे क्यानले विभिन्न वायुसेवा कम्पनीका चालक दलका सदस्यलाई धमाधम कारवाही गर्दै आएको छ ।