नेपाल टेलिकमले इन्टरनेटको मूल्य घटायो, प्रतिएमबीपीएस २ हजार ७०० रुपैयाँ
काठमाडौं । नेपाल टेलिकमले असोज १ गतेदेखि इन्टरनेट लिज सेवाको महसुल दर घटाएको छ । बजार अवस्था र सेवाग्राहीको मागलाई ध्यानमा राखी महसुल दरलाई कम गरी थप आकर्षक तथा समसामयिक बनाइएको टेलिकमले जनाएको छ । कम्पनीको अनुसार अनुसार ५१२ केबीपीएसको महसुल दरप्रति महिना १ हजार ६ सय रुपैयाँ कायम गरिएको छ । त्यसैगरी १ देखि १० एमबीपीएसको प्रति एमबीपीएस २ हजार ७ सय, ११ देखि १०० एमबीपीएसको प्रति एमबीपीएस २ हजार ४ सय र १०० एमबीपीएस भन्दा माथिको महसुल दर प्रति एमबीपीएस २ हजार १ सय रुपैयाँ तोकिएको छ । उल्लिखित दरमा थप कर लाग्ने छ । साथै कर्पोरेट ग्राहकहरुले नेपाल टेलिकमको आईपी नेटवर्क प्रयोग गरी आफ्नो मल्टिपल प्वाइन्टहरु कनेक्ट गर्नको लागि इन्टरनेट लिज सेवाको उपयोग गर्न सक्ने कम्पनीले जनाएको छ । पहिले न्यूनतम २५६ केबीपीएस ब्यान्डविथको इन्टरनेट लिज लाइन उपलब्ध गराइएकोमा अब न्यूनतम ५१२ केबीपीएस ब्यान्डविथको लिज लाइन उपलब्ध गराइने छ । हाल २५६ केबीपीएस ब्यान्डविथको लिज लाइन प्रयोग गरिरहेका ग्राहकहरुको समयावधि सकिएपछि स्वचालित रुपमा ५१२ केबीपीएसमा अपग्रेड हुनेछ र नयाँ महसुल दर पनि सोही मितिदेखि लागू हुने कम्पनीले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ । त्यसैगरी असोज १ देखि आगामी मंसिर २९ गते सम्म ९० दिन वाइम्याक्स सेवाको प्रमोसनल अफर अन्तर्गत अनलिमिटेड डाटा प्याकेज लगायत विभिन्न प्याकेज उपलब्ध गराइने भएको छ । यस अन्तर्गत अनलिमिटेड डाटामा थप कर लाग्ने छैन भने भोल्युम वेस्ड प्याकेजमा थप कर लाग्ने छ । सो अनुसार ब्यक्तिगत प्रयोगकर्ताहरुलाई ५१२ केबीपीएस स्पिडको अनलिमिटेड डाटा भोल्युम १५ सय रुपैयाँमा उपलब्ध गराइने छ । सो प्याकेज चलाउने समयावधि एक महिना हुनेछ । गाउँपालिकाहरुका लागि यही क्षमताको प्याकेज १ हजार रुपैयाँमा उपलब्ध गराइने छ । त्यसैगरी २ एमबीपीएस गति सम्मको वाइम्याक्सको विभिन्न भोल्युम बेस्ड प्याकेज उपलब्ध गराइने छ । यस अनुसार १५ दिनका लागि ५ सय रुपैयाँमा १० जीबी, १ महिनाका लागि १ हजार रुपैयाँमा २० जीबी, ३ महिनाका लागि ३ हजार रुपैयाँमा ७० जीबी र ६ महिनाका लागि ६ हजार रुपैयाँमा १७५ जीबी भोल्युम उपलब्ध गराइने छ । १ बर्षका लागि १२ हजार रुपैयाँमा ५०० जीबी र २० हजार रुपैयाँमा १ हजार जीबी प्याकेज तथा १ वर्षे कर्पोरेट प्याकको रुपमा ३५ हजार रुपैयाँमा २३०० जीबी प्याकेज उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
चन्द्रमामा पर्यटक लैजाने स्पेसएक्सको नयाँ योजना, नासासंग १ अर्ब ६० करोड डलरमा सम्झौता
लस एन्जलस । स्पेसएक्सले बीग फाल्कन रकेट (बीएफआर) को प्रयोग गरी चन्द्रमाको परिधिमा पर्यटक लैजाने नयाँ योजना बिहीबार सार्वजनिक गरेको छ । अन्तरिक्षमा पर्यटकलाई लैजाने गरी बीएफआरमा व्यापक सुधार सहित डिजाइन गरिएको कम्पनीले जनाएको छ । कम्पनीले बीएफआरको प्रयोगमार्फत चन्द्रमाको परिधिमा उड्नका लागि विश्वकै पहिलो यात्रुसँग सम्झौता गरिसकेको बताएको छ । अन्तरिक्षमा यात्रा गर्ने सपना बोकेका व्यक्तिका लागि यो एउटा प्रस्थानविन्दु हो ।स्पेसएक्सले यसबारेमा थप विवरण सार्वजनिक गरेको छैन । टेस्ला विद्युतीय कार निर्माता कम्पनीका प्रमुख कार्यकारी इलोन मस्कले चन्द्रमाको परिधिमा यात्रु लैजाने घोषणा गरेको यो पहिलोपटक भने होइन । क्यालिफोर्नियाको यो कम्पनीले यसअघि पनि अन्तरिक्षमा पर्यटक लैजाने घोषणा गरेको थियो । सन् २०१७ को फेब्रुअरीमा स्पेसएक्सले सन् २०१८ को अन्त्यसम्ममा दुई जना पर्यटकलाई अन्तरिक्षमा पठाउने घोषणा गरेको थियो । स्पेसएक्सले हाल अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा आवश्यक सामग्री लैजाने काम गरिरहेको छ । स्पेसएक्सले यसअघि फाल्कन हेभी रकेट प्रक्षेपण गरिसकेको छ । तर, हालैका महिनामा यात्रुलाई अन्तरिक्षमा लैजाने कुरा स्थगित भएको थियो । अन्तरिक्षमा जान चाहने दुई व्यक्तिको नाम र उनीहरुले भुक्तानी गर्नुपर्ने रकमका बारेमा कम्पनीले कहिल्यै सार्वजनिक गरेको थिएन ।स्पेसएक्स समक्ष एएफपीले विस्तृत विवरण उपलब्ध गराउन अनुरोध गरेपनि कम्पनीले सोमबार मात्र विस्तृत जानकारी दिइने जनाएको छ ।मानवले सन् १९७२ मा एपोलो रकेट मार्फत चन्द्रमामा पहिलो पाइला टेकेका थिए । चन्द्रमामा अहिलेसम्म केबल २४ जनाले पाइला टेकेका छन् । स्पेसएक्स अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) को मुख्य व्यापारिक साझेदार कम्पनी हो । यसले अन्तरिक्ष स्टेसनका लागि आवश्यक सामान ओसारपसारको काम गर्ने लक्ष्य राखेको छ ।बोइङ कम्पनीले पनि रकेट निर्माणको काम गरिरहेको छ, र यसको रकेट सन् २०१९ भित्र प्रक्षेपण गर्ने योजना छ । स्पेसएक्सले हाल अन्तरिक स्टेसनका लागि सामान लैजान नासासँग १ अर्ब ६० करोड डलरको सम्झौता गरेको छ । स्पेसएक्सले नयाँ डिजाइन गरेको बीएफआरमा ३१ वटा इन्जिन रहेका र यसले १५० टन भारी बोक्न सक्दछ । एएफपी/रासस
नेपाल भित्रियो भिभोको भी ११ प्रो र भि ११, मूल्य ४९४९०/३९९९० रुपैंयाँ
काठमाडौं । भीभोको भी ११ प्रो र भि ११ मोबत्राइल नेपाली बजारभा भित्रिएको छ । भी११ प्रोको मूल्य ४९ हजार ४ सय ९० रुपैंयाँ तोकिएको छ भने भी ११ को मूल्य ३९ हजार ९ सय ९० रुपैंयाँ कायम गरिएको छ । भीभोको भी ११ प्रोमा न्यू हालो फूलभ्यू डिस्प्ले राखिएको छ । भीभो नेपालका ब्राण्ड म्यानेजर पेङ्गदाले नयाँ स्मर्ट फोनहरुले नेपाली उपभोक्ताहरुको मन जित्न सफल हुने दावी गरे । उत्कृष्ट फोटोग्राफीका लागि भी ११ प्रोमा १२ मेगा पिक्सेल प्लस ५ मेगा पिक्सेलको ड्यूल मुख्य क्यामेरा रहेको छ । सेल्फीका लागि स्मार्टफोनमा २५ मेगा पिक्सेलको फ्रन्ट क्यामेरा रहेको छ । १२ मेगापिक्सेलको मुख्य क्यामेराले ड्यूलपिक्सेल सेन्सरहरुलाई उच्च प्रकाश संवेदनका लागि २ करोड ४० लाख फोटो सेन्सेटिभ यूनिटमा परिवर्तन गर्न सक्दछ । यसले केबल ०.०३ सेकेण्डमा नै फोकसलाई लक गर्नसक्ने डिएसएलआर गुणस्तरको ड्यूल–पिक्सेल अटोफोकोस प्रविधि अवलम्बन गरेको छ । यसमा ६ जीबी र्यामका साथमा १२८ जीबीको आन्तरिक स्टोरेज(रोम) रहेको छ । एन्ड्रोयड ८.१ माआधारित भीभोको आफ्नै फन टचओएस ४.५ (अपरेटिंग सिस्टम) र भीभोको जोभीएआई इन्जिनले सीपीयू र मेमोरी रिसोर्सलाई पहिचान गर्न सँगसँगै कार्य गर्दछ । भीभो भी ११ प्रोमा १९.५ः९ एस्पेक्ट रेसियोसहितको ६.४१ इन्चको सूपर एमोलेड हालो फूलभ्यू डिस्प्लेका साथमा ९१.२७ प्रतिशतको स्क्रीन–टू–बडि रेसियो रहेको छ । यो स्मार्टफोन १.७६ मिलिमिटर मोटाईको मात्र छ । यी फोनहरु बजारमा २०७५ असोज ४ गते देखि उपलब्ध हुनेछन् ।