मोरङका समिर फुयाल बने ‘वाईवाई ग्लोकल टिन हिरो-२०१९’

काठमाडौं। ‘वाई वाई ग्लोकल टिन हिरो २०१९’को उपाधी १६ बर्षिय समिर फुयालले जितेका छन् । विश्वभरका १३ हजार भन्दा बढी विद्यार्थीलाई अनलाईन मार्फत पढाई रहेका फुयाल वाई वाई ग्लोकल टिन हिरोका अन्तिम ६ प्रतिस्पर्धी जनकपुरका विधी मण्डल, पोखराका विक्रम पराजुली, रुपन्देहीका लोक पन्थी, मकवानपुरका रचिन कालाखेती र काठमाडौँका सुप्रिया महर्जन सापकोटालाई पछि पार्दै सो उपाधी जितेका हुन्। आईतबार राजधानीमा आयोजित समारोह ‘वाई वाई ग्लोकल टिन हिरो २०१९’ को उपाधी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मन्त्री योगेश भट्टराईले बिजेतालाई हस्तान्तरण गरेका थिए। वाई वाई ग्लोकल टिन हिरो बन्नका लागि १८ बर्ष मुनिका ५९८ जना किशोर किशोरीले आवेदन दिएका थिए। आवेदकहरुले आफु समाज सेवा, पत्रकारिता, कम्प्युटर प्रोग्राम्मिंग, रोबोटिक्स, उद्यमी र समुदाय विकास जस्ता गरेको कामले समाजमा परेको सकारात्मक असर देखाएर आफ्नो कौशलता देखाएका थिए। ‘ग्लोकल टिन हिरोको बिगत तिन वर्षमा हामीले राम्रो सोच र क्षमता भएका सहभागीहरु पाएका थियौ । किशोर/किशोरीहरुसँग पनि विभिन्न क्षमता छ । उनीहरु समाज र राष्ट्रको विकासका लागि प्रभाव पार्ने विभिन्न कार्यक्रमहरु गर्दै आएका छन, तर उनीहरुको क्षमता प्रदर्शन गर्न कुनै मन्चन नभएको कारण उनीहरुलाई आफ्नो र देशको विकास गर्न एक मौका र मन्च प्रदान गर्ने उदेश्यले ५ बर्ष देखी यस कार्यक्रम सन्चालन गर्दै आएको हो ।’ ग्लोकल प्रा.ली.का कार्यकारी निर्देशक आशिष ठाकुरले बताए ।

ह्याप्पी फादर्स डे ‘बुवा’, प्रथम हुनेले पाए १ लाख पुरस्कार

काठमाडौैं । एनसेल प्रा.लि.ले आयोजना गरेको एनसेल सर्ट फिल्म कम्पिटिसन अन्तर्गत कमल सुवेदी र उनको समुहले बनाएको ‘बुवा’ फिल्मले पहिलो पुरस्कार पाउन सफल भएको छ । यो प्रतियोगिता थिम बुवा रहेको थियो । बुवाको मुख हेर्ने दिनको अवसरमा एनसेलले साउनको तेस्रो साताबाट ईच्छुक सर्ट फिल्म निर्माताहरुबाट प्रतियोगितामा समाबेश हुन आवहान गरेको थियो । यस प्रतियोगिताको मुख्य लक्ष्य भनेको युवा प्रतिभाहरुलाइै चलचित्र निर्माणमा प्रोत्साहन गर्नु रहेको एनसेलले जनाएकाे छ । प्रतियोगितामा ७० वटा भन्दा बढि सर्ट फिल्महरु आएका थिए र निर्णायक मण्डललाई उत्कृष्ट १० विजेताहरु छान्नका हम्मे हम्मे परेको थियो । उक्त निर्णायक मण्डलमा क्युएफएक्स सिनेमाका संस्थापक एवं चलचित्र उद्यमी नकिम उद्दीन, निर्देशक आसिफ शाह र प्रख्यात पत्रकार विद्या चापागाँई रहेका थिए । यस प्रतियोगिताको मुख्य उदेश्य भनेको युवा प्रतिभालाई आफ्नो सिप र कौशल प्रस्तुत गर्ने प्लेटफर्म प्रदान गर्नु र बुवाको मुख हेर्ने दिन ग्राहकहरुका साथ सामाजिक सञ्जाल मार्फत साझा गर्न मिल्ने सामाग्रीहरु हेर्दै यो विशेष दिन मनाउनुरहेको छ । एक विशेष समारोहमाझ बुधबार साझ क्युएफएक्स सिनेमा लबिम मलमा उत्कृष्ट १० सर्ट फिल्महरुको प्रिमियर सो गरिएको थियो । सो समारोहमा नेपाली चलचित्र उद्योगका गन्यमान्य व्यक्तित्वहरु, चलचित्रकर्मीहरु, दिग्गज कलाकारहरु, प्रतियोगिताका साझेदार र मिडिया क्षेत्रका पाहुनाहरुको उपस्थिती रहेको थियो । प्रतियोगितामा समावेश भएका र उत्कृष्ट १० मा पर्न सफल सर्ट फिल्महरुका कथाले रचनात्मक र भिन्ना भिन्नै शैलीमा बुवासँग सन्तानहरुका सम्बन्धका बारेमा चित्रण गरेका थिए । एनसेलले यी १० उत्कृष्ट सर्ट फिल्महरुलाई बुवाको मुख हेर्ने दिन आफ्नो सामाजिक सञ्जालहरु मार्फत सार्वजनिक गर्नेछ । कार्यक्रममा बोल्दै चर्चित कलाकार हरिवशं आचार्यले भने, “छोटो समयमा यसरी कथा भन्नु एउटा राम्रो खुबी हो । यसरी नै सिनेमा बनाउदै सिक्दै जाने माध्यम हो र आशा छ उहाँहरुलाई पछि ठूला–ठूला पर्दा देख्न पाउने छौं ।” सोही कार्यक्रममा उत्कृष्ट सर्ट फिल्महरुको नाम सार्वजनिक गर्दै सहभागिहरुलाई आकर्षक पुरस्कार हस्तान्तरण गरिएको थियो । एनसेलका चिफ टेक्निकल अफिसर मोहम्मद अदिल ईसरारले उत्कृष्ट पहिलो, फस्ट रनर अप, सेकेण्ड रनर अपलाई पुरस्कार र अन्य दुई सर्ट फिल्मलाई पनि सान्त्वना पुरस्कार वितरण गरेका थिए । कमल सुबेदी र उनको समुहले बनाएको सर्ट फिल्म ‘बुवा’ ले पहिलो पुरस्कार स्वरुप रु १ लाख नगद पुरस्कार र समुहका तीन जनाले प्रत्येक महिना १२ महिना सम्म १० जिबी डेटा पाएका छन् । यसका साथै यो समुहले निर्देशक आसिफ शाहसँग सुटिङको बारेमा पनि सिक्ने मौका पाउनेछन् । त्यस्तै विशाल न्यौपाने र उनको समुहले बनाएको फिल्म ‘द ईण्ड अफ कल्चर’ ले दोश्रो पुरस्कार स्वस्प रु ७५,००० नगद पुरस्कार र समुहका तीन जनाले प्रत्येक महिना १२ महिना सम्म १० जिबी डेटा प्राप्त गरेकाछन् । द नेक्ट लेभल प्रोडक्सनको ‘वल्ड एज होम’ ले सेकेण्ड रनर अप बन्दै रु ५०,००० नगद पुरस्कार जित्नुका साथै समुहका तीन जनाले प्रत्येक महिना १२ महिना सम्म १० जिबी डेटा पाएका छन् । पहिलो पुरस्कार विजेता समुहका एक सदस्य निश्चल कार्कीले उतm भिडियोको प्रस्तुत कथामा विगत तीन वर्ष देखि काम गरिरहेको बताए र यस भिडियो मार्फत उनीहरुले छोराछोरीले आमाबुवालाई बुढेश कालमा बृद्घाश्रममा छोड्ने सामाजिक समस्यालाइ दर्शाउन खोजेको बताए । राजा महर्जन ‘बुवा’ र राईजिङ स्टार नेपालको ‘ड्याड, सन एण्ड ल्यापटप’ ले सान्त्वना पुरस्कार हात पारेका थिए । सान्त्वना पुरस्कार अन्तर्गत यी दुई सर्ट फिल्मले रु २५,०००/२५,००० का साथै यी दुई सर्ट फिल्म निर्माण समुहका ३÷३ जनाले १० जिबी एनसेल डेटा प्रत्येक महिना १२ महिना सम्म पाउनेछन् ।

नेपाल टेलिकमको इन्टरनेट सेवा प्रति एमबी ३ पैसामा

काठमाडौँ । नेपाल टेलिकमले सहुलियत दरमा ग्राहकहरुलाई इन्टरनेट सेवा उपलब्ध गराइरहेको जनाएको छ । दैनिक रुपमा प्रयोग गर्न सकिने गरी कम्पनीले ‘प्रतिदिन एक जिबी डाटा’ प्याकेज योजना अन्तर्गत सस्तो दरमा इन्टरनेट प्रयोग गर्न सकिने सुविधा उपलब्ध गराएको हो । कुनै अत्यावश्यक काम पर्यो वा कतै कुरेर बस्नु पर्दा इन्टरनेटको प्रयोग गर्नुपर्यो भने तत्काल यो सुविधा प्रयोगमा ल्याउन सकिन्छ । यसका लागि कम्पनीले २४ घण्टा अर्थात् एकदिन प्रयोग गर्न सकिने गरी छुट योजना निरन्तर कार्यान्वयनमा छ । यो सुविधा लिनका लागि वानडीवानजी लेखेर १४१५ मा सन्देश पठाउनु पर्नेछ । सुविधा लिइसकेपछि २४ घण्टासम्म प्रयोग गर्न सकिने गरी जम्मा १ जीबी डाटा चलाउन सकिने छ । यसका लागि जम्मा ४५ रुपैयाँ करसहित शुल्क लाग्दछ । यस छुट योजनामा प्रति एमबी करसहित ४.५ पैसा लाग्दछ । यसैगरी कम्पनीले ग्राहकहरुको सुविधालाई ध्यानमा राखी सात दिनका लागि जम्मा २ सय ५० रुपैयाँमा ७ जीबी डाटा योजना पनि उपलब्ध गराईरहेको छ । यो सेवा हासिल गर्न सेभेन डी सेभेन जी लेखेर १४१५ मा सन्देश पठाउनु पर्दछ । यसमा ७ दिनसम्म प्रतिदिन १ जीबीका दरले डाटा प्रयोग गर्न सकिन्छ । यस प्याकेजमा प्रति एमबी करसहित ३.५ पैसा मात्र लाग्दछ । नेपाल टेलिकमको सबभन्दा सस्तो दरको इन्टरनेट सेवा प्रयोग गर्नका लागि २८ जीबीको सुविधा लिन सकिने जनाएको छ । यस प्याकेजमा जम्मा ८ सय ५० रुपैयाँले २८ दिनसम्म २८ जीबी डाटा चलाउन पाइन्छ । यो सुविधा प्रयोग गर्नका निम्ति टु एट डी टु एट जी लेखेर १४१५ मा सन्देश पठाउनु पर्दछ । यो सेवा दैनिक १ जिबीका दरले २८ दिनसम्म प्रयोग गर्न सकिन्छ । यो प्याकेज प्रयोग गर्दा इन्टरनेटको मूल्य प्रति एमबी करसहित जम्मा ३ पैसा मात्र पर्दछ ।