मेडिसिटी अस्पतालले एन्फाका खेलाडीहरुलाई स्वास्थ्य उपचार प्रदान गर्ने
काठमाडाैं । नेपाल मेडिसिटी अस्पताल र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच आइतबार त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा दिृपक्षिय सम्झौता भएको छ । खेलाडीहरुको स्वास्थ्यलाई ध्यानमा राखी दक्ष चिकित्सक, फिजियोथेरापिष्ट, र उच्चस्तरीय उपकरण सहितको स्पोर्टस् मेडिसिन सेवा प्रदान गर्न नेपाल मेडिसिटी अस्पतालले नेपाली फुटबलको नियामक निकाय एन्फासँग सम्झौता गरेको हो । उक्त सम्झौता पत्रमा एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा र नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमालले हसताक्षर गरे । यस सम्झौता अनुसार नेपाल मेडिसिटी अस्पतालले एन्फासंगको सहकार्यमा खेलाडिहरुको सुःस्वास्थ्य, तथा आरोग्यमा विशेष ध्यान पु¥याई उनीहरुलाइ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलका लागि अब्बल बनाउने अभियानमा नेपाल मेडिसिटी अस्पतालको स्पोर्टस् मेडिसिन विभागले सहयोग गर्नेछ । खेल कार्यक्रमहरुमा आकस्मिक तथा प्रारम्भिक स्वास्थ्य उपचारको सारथीका रुपमा अस्पतालले सक्रिय भूमिका निभाउनेछ । साथै, अस्पतालले खेलाडिहरुलाई उपचारका क्रममा क्यासलेस सेवा समेत प्रदान गर्नेछ ।
आइएमई ग्रुप अन्तर्गत संचालित गेम अनले एफसी चितवन टिमको स्वामित्व ग्रहण गर्ने
काठमाडौं । नेपाली फुटबलको इतिहासमै पहिलोपटक अक्सनमा आधारित फ्रेन्चाइज नेपाल सुपर लीग (एनएसएल) अर्को महिनाबाट सुरु हुँदै छ । अन्तर्राष्ट्रिय स्तरमा अभ्यास हुँदै आएको भएता पनि यस्तो प्रकृतिको खेलकुद प्रतियोगिता नेपालमा पहिलोपटक गर्न लागिएको हो । प्रतिष्ठित व्यवसायिक घरानाहरूले विभिन्न प्रतिष्पर्धी टीमहरूको स्वामित्व ग्रहण गर्न थालेपछि यो प्रतियोगिता झन् बढी प्रतिष्पर्धात्मक एवंम रोमान्चकारी हुने देखिएको छ । यसै क्रममा आसन्न प्रतियोगितामा आइएमई ग्रुप अन्तर्गत संचालित गेम अन प्रा.लिले एफसी चितवन टीमको स्वामित्व ग्रहण गर्ने भएको छ । हालै राजधानी काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमकावीच उक्त कुरा सार्वजनिक भएकाे हाे । पानीपोखरीस्थित आइएमई ग्रुपको केन्द्रीय कार्यालयमा बुधबार आयोजित एक विशेष कार्यक्रमकावीच सो सम्बन्धित सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । सम्झौता पत्रमा आइएमई ग्रुपको तर्फबाट गेम अन प्रा.लिका प्रबन्ध निर्देशक सचिन ढकाल र मुख्य प्रशिक्षक मेघराज के.सी, सहायक प्रशिक्षक शैलेश कर्मचार्य र मार्की प्लेयर राष्ट्रिय टीमका स्टाइकर भरत खवासले हस्ताक्षर गरेका छन् । हस्ताक्षर कार्यक्रममा संक्षिप्त मन्तब्य दिँदै गेम अन प्रा.लिका प्रबन्ध निर्देशक सचिन ढकालले विश्वकपमा अर्कै देशको टीमलाई समर्थन गर्दै खेलको मनोरन्जन लिनुपरेको अवस्थालाई अन्त्य गर्नका लागि आफुले एफसी चितवन टिमको नेतृत्व लिएको उल्लेख गर्दै टिमले सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरे । खेलकुदका क्षेत्रमा युवा पुस्तामा बढ्दो आकर्षण रहेको र प्रर्याप्त पूर्वाधार पनि निर्माण भइनसकेको अवस्थामा समस्त खेलाडीहरूलाई प्रोत्साहन पनि मिलोस् र दर्शकलाई भरपुर मनोरन्जन पनि प्राप्त होस् भन्ने आफ्नो इच्छा रहेको उनले बताए । हस्ताक्षर कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, प्रबन्ध निर्देशक हेमराज ढकाल, एफसी चितवनका हेड कोच मेघराज के.सी, एसिस्टेन्ट कोच शैलेश महर्जन र मार्कोप्लेयर भरत खवास एवम् आइएमई ग्रुपमा कार्यरत उच्च पदस्थ कर्मचारीहरुको सहभागिता रहेको थियो । तीन दशकभन्दा बढी समयदेखि नेपालको व्यवसायिक क्षेत्रमा क्रियाशील आइएमई ग्रुपले रेमिट्यान्स, बैंक तथा वित्तीय संस्था, ट्रेडिङ्ग, पर्यटन, सूचना प्रविधि, उर्जा, अटोमोबाइल, इन्सोरेन्स तथा डिजिटल फाइनान्स जस्ता क्षेत्रमा लगानी विस्तार गर्दै आइरहेको छ । आइएमई फाउन्डेसन मार्फत खेलकुदका क्षेत्रमा योगदान पु¥याउँदै आएको ग्रुपको खेलकुदका क्षेत्रमा यो दोस्रो प्रयास हो ।
तेस्रो आइएमई टेनिस प्रतियोगिता हुँदै
काठमाडौं । आइएमई ग्रुपकाे तेस्रो आइएमई जेटीआई ग्राण्ड जुनियर ओपन टेनिस प्रतियोगिता– २०२१ हुने भएकाे छ । काठमाडौंस्थित मण्डीखाटार टेनिस क्लबमा यहीँ चैत १७ गतेदेखि २२ गतेसम्म आयोजना गर्न लागिएको उक्त प्रतियोगितामा यू ८–यू १६ उमेर समुहका खेलाडीहरूले भाग लिन सक्नेछन् । प्रतियोगितामा भाग लिन इच्छुक खेलाडीहरूका लागि दशरथ रङ्गशाला टेनिस कम्प्लेक्स त्रिपुरेश्वर, नेपाल टेनिस संघ सातदोबाटो, कास्की जिल्ला टेनिस संघ पोखरा, रूपन्देही लन टेनिस संघ बुटवल, मण्डीखाटार टेनिस क्लब काठमाडौं र नाउलिङ्ग सपोर्टस भिल्ला काठमाडौंबाट आवेदन फारम भर्न सक्ने कम्पनीले जानकारी दिएकाे छ । यसका अतिरिक्त आइएमई फाउन्डेसनको वेवसाइटमा पनि आवेदन फारम उपलब्ध छ । खेलाडीहरूको पूर्ण विवरण सहित भरिएका आवेदन फारमहरू चैत १२ गते बिहिबारभित्र माथि उल्लेखित स्थानहरुको बुझाउनु पर्नेछ । टेनिस खेलको विकास र विस्तारमा सहयोग पुगोस् र बालबालिकाहरूमा खेलप्रति रूची पनि जागोस् भन्ने मुख्य उद्देश्यले आइएमई फाउन्डेसनले यो प्रतियोगिता विगत चार वर्षदेखि गर्दै आइरहेको छ । आइएमई फाउन्डेसन आइएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापित एक मुनाफारहित परोपकारी संस्था हो । फाउण्डेसनले शिक्षा, स्वास्थ्य, खेलकुद लगायतका विभिन्न क्षेत्रमा योगदान पु¥याउँदै आएको छ ।