एभरेष्ट बैंकद्वारा कुपण्डोलदेखि लगनखेलसम्मको सडक किनारमा वृक्षरोपण
काठमाडौँ । एभरेष्ट बैंकले पृथ्वी दिवसको अवसरमा प्रगतीशीलधारा सुधार समितिको संयोजनमा कुपण्डोलदेखि लगनखेलसम्मको सडकका दुवै किनारमा विभिन्न प्रजातीका विरुवा रोपेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ र ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले संयुक्त रुपमा पूल्चोकमा वृक्षरोपण गरेर हरित अभियानको थालनी गरेका हुन् । सफा र स्वच्छ वातावरण विकास गर्दै हरियाली प्रर्वद्धन र वायु प्रदुषण न्युनीकरण गर्न अभियानको थालनी गरिएको हो । वृक्षरोपण पश्चात बोल्दै एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सेठले भने, “काठमाडौं उपत्यकाको वातावरणीय गुणस्तर खस्कदै गइरहेको छ । वातावरण स्वच्छ र सफा राख्नु र त्यसको संरक्षण गर्नु हामी सबैको जिम्मेवारी हो । पृथ्वी दिवसको अवसरमा एभरेष्ट बैंकले महानगरसँग सहकार्य गरेरे सकारात्मक काम गर्न पाउँदा निकै खुशी लागेको छ । एभरेष्ट बैंकले संस्थागत सामाजिकउत्तरदायित्वअन्र्तगत लाजिम्पाट, कुपण्डोल, पुल्चोक, लगनखेल लगायतका स्थानमा वृक्षरोपण कार्य गरिसकेको छ । पोखरामा प्रदुषण न्युनीकरण गर्ने शवदाह गृह निर्माण एवम् विश्व सम्पदा सुचीमा रहेको लुम्बिनीमा पिउने पानीको व्यवस्था तथा अन्य स्थानमा सार्वजनिक शौचालय निर्माणमा पनि बैंकले सहयोग गर्दै आएको जनाएको छ ।
‘गोजीमा दाम छैन’सँग ‘सालको पात टपरी’को टक्कर, प्रतिष्पर्धामा अरु कुन कुन ?
काठमाडौं । नेपाली सांगीतिक बजारमा दिनदिनै जसो नयाँ नयाँ म्युजिक भिडियो आइरहेका छन् । पुराना र नयाँ दुबै खाले गायक/गायिकाका म्युजिक भिडियो बजारमा आएका छन् । गीत संगीत बजारमा चल्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले समेत म्युजिक भिडियोको संख्या बढ्दो क्रममा रहेको हो । यसरी बन्ने म्युजिक भिडियो कुनैले बजार तताउँछन् भने कत्ति त केही समय मै हराएर जान्छन् । कुन म्युजिक भिडियो कति चल्यो भनेर मूल्याङ्कन गर्न त्यो भिडियो यूट्यूबमा कति जनाले हेरे भन्ने मूल्याङ्कन गर्ने गरिन्छ । सर्वाधिक हेरियो ‘गोजीमा दाम छैन’ २०७५ सालमा युट्यबमा सर्वाधिक हेरिएको नेपाली उत्कृष्ट म्युजिक भिडियोमा ‘गोजीमा दाम छैन’ परेको छ । यो भिडियो २०७५ साल भदौ ४ गते(२० अगस्ट २०१८) मा युट्युब सार्वजनिक भएको थियो । नेपाली फिल्म ‘चंगा चेट’ मा समावेश यो म्युजिक भिडियोको भ्यूअर्स ४ करोड २१ लाख रहेको छ । राजनराज शिवाकोटीको संगीतमा शिवाकोटी र मेलिना राई तथा ग्रेश्मा शिवाकोटीको स्वरमा सो गीत सार्वजनिक भएको थियो । म्युजिक भिडियोमा भने प्रियका, आयुशमान, परमिता, राजनराज शिवाकोटीलाई देख्न सकिन्छ । युवा पुस्ताको मन आकर्षित गर्ने गरी म्युजिक भिडियो बनेको छ । यो गीत र म्युजिक भिडियोले पनि चलचित्र ‘चंगा चेट’लाई व्यवसायिक रुपमा सफल बनाएको छ । चलचित्र प्रेम कथामा आधारित छ । त्यस्तै गोजीमा दाम छैन बोलको गीतको भिडियो अति सुन्दर वातावरणमा निर्माण भएको देख्न सकिन्छ । ४ करोड बढीले हेरे ‘सालको पात टपरी’ २०१८ सेप्टेम्बर १७ अर्थात २०७५ असोज १ गते सार्वजनिक भएको ‘सालको पात टपरी’ गीत लोकप्रिय म्युजिक भिडियो बन्न सफल भएको छ । वर्ष भरि यूट्यूकबमा हेरिएका मध्ये सालको पात दोस्रो स्थानमा पर्न सफल भएको छ । कुलेन्द्र विक र विष्णु माझीको स्वरमा रहेको ‘सालको पात टपरी’ गीतले नेपाली लोकगीतको राम्रो बजार जमाउन सकेको छ । सालको पात टपरी बोलको गीतले लोकगीत प्रतिको क्रेजलाई झनै बढाएको छ । ‘सालको पात टपरी’ गीतको रचना नवराज पन्तले गरेका हुन भने संगीत वसन्त थापाको हो । शिव विकद्वारा म्युजिक भिडियोमा भने मनिष्का पोख्ररेल, कुलेन्द्र विक, वसन्त थापाको अभिनय रहेको छ । ज्ञानेन्द्र शर्माले उक्त भिडियोलाई क्यामरामा कैद गरेका हुन् भने निशान शर्माले सम्पादन गरेका हुन् । यो म्युजिक भिडियो ४ करोड भन्दा बढीले हेरेका छन् । नेपालको गाउँले परिवेशलाई टपक्क टिपेर सो लोकगीतमा सुन्दर दृश्यको साथमा भिडियो तयार पारिएको छ । ‘पिरिम नलाउने’ तेश्रो ‘पिरिम नलाउने’ बोलको गीत २०७५ सालको उत्कृष्ट मध्येको तेश्रो स्थानमा पर्न सफल भएको छ । गीतका शव्द र भिडियोमा अभियन मार्फत मायाप्रेम झल्काउन खोजिएको छ । आशिष सचिनको रचना रहेको सो गीतमा सचिनलाई मेलिना राईले आवाजमा साथ दिएकी छिन् । अभिनयमा भने आशिष सचिन र वर्षा राउतलाई देख्न सकिन्छ । युवा पुस्ताको भावनालाई क्यास गर्न सफल ‘पिरिम नलाउने’ गीत २०७५ साल असोज २० गते (९ अक्टोवर २०१८) सार्वजनिक गरिएको थियो । हाल ३ करोड ७० लाख भ्युअर्स रहेका छन् । ‘फुल होइन’ का भ्यूअर्स २ करोड ६४ लाख त्यस्तै ‘रोज’ फिल्ममा समावेश गीत ‘फुल होइन’ उत्कृष्ट चौथो गीत बन्न पुगेको छ । २०७५ साल भित्रमा सार्वजनिक भएको म्युजिक भिडियोमा उक्त गीतको भिडियो टप फोरमा पर्न सफल भएको हो । २०७५ साल साउन २१ गते सोमबार उक्त म्युजिक भिडियो सार्वजनिक भएको थियो । जसमा अभिनयमा प्रदीप खड्का र मिरुना मगरलाई देखिएको छ । नेपाल आइडल सिजन वानमा तेश्रो स्थान प्राप्त प्रताप दास र प्रभिसा अधिकारीको स्वर सो म्युजिक भिडियो हाल सम्म २ करोड ६४ लाख भ्यु गरेका छन् । पाँच नम्बरमा ‘वन कि चरी’ २०७५ साल असोज २८ गते सार्वजनिक भएको ‘प्रसाद’ फिल्ममा समावेश ‘वन कि चरी’ को भिडियो यूट्यूब भ्युअर्सका आधारमा उत्कृष्ट पाँचौँ नम्बरमा पर्न सफल भएको छ । गीतमा रुपक डोटेल र अन्जु पन्तको स्वर रहेको छ भने गीतको लय वि. पाण्डेको हो । सुवास भुषालको संगीत रहेको सो गीतको म्युजिक भिडियामा रहेको नायक निश्चल बस्नेत, विपिन कार्की, प्रविसाको अभिनय देख्न सकिन्छ । सो भिडियोको भ्युअर्स संख्या हाल १ करोड ८३ लाख पुगेको छ । यी हुन् अरु उत्कृष्ट म्युजिक भिडियो त्यस्तै अन्य म्युजिक भिडियोमा २०१९ जनवरी २५ (२०७५ साल असोज ११ गते) सार्वजनिक भएको ‘भिजिट भिषामा’ उत्कृष्ट स्थानमा पर्न सफल भएको छ । रिलिज भएको सो गीतको ३ महिनामा उत्कृष्ट गीत भित्र परेको गीतलाई ‘दाल भात तरकारी’ चलचित्रको समावेश छ । युट्युबमा राखिएको छोटो समयमा नै १ करोड ६४ लाखले सो म्युजिक भिडियो हेरेका छन् । सो गीतको लय हरिबंश आचार्य, संगीत शम्भुजित बास्कोटाको रहेको छ भने निशान भट्टराई एवम् अन्जु पन्तको स्वरमा सजिएको छ । त्यसैगरी यूट्यूबको भ्युअर्स आधारमा ‘(किन कर्के)२ नजर लाउनु यसरी’ म्युजिक भिडियो उत्कृष्ट सातौं स्थानमा पर्न सफल भएको छ । सञ्जिव पराजुली र टीका प्रसार्इँको स्वरमा रहेको सो म्युजिक भिडियो उत्कृष्ट भित्र पर्न सफल भएको हो । आशिष अविरलको संगीत रहेको गीतको भिडियोमा राहुल शाह र एलिसा शर्माले अभिनय गरेका छन् । सन् विस २०७५ साल माघ १६ सालमा सार्वजनिक भएको सो भिडियो हाल सम्म १ करोड १५ लाखले हेरिसकेका छन् । अर्काे उत्कृष्ट म्युजिक भिडियोमा शिव हमालको ‘लालुमै’ रहेको छ । विष्णु माझी र सन्दीप न्यौपानेको शब्द रहेको सो गीतमा संगीत तथा शब्द हमाल कै रहेको छ । संगीत समायोजन आशिष अविरलको हो । सन् २०१९ फेबअरी १३ मा युट्युबमा आएको सो गीतको म्युजिक भिडियो २ महिनामा नै उत्कृष्ट म्युजिक भिडियो भित्र परेको थियो । सृष्टि खड्का र सन्दीप न्यौपानेले अभिनय गरेको सो भिडियो युट्युब मार्फत १ करोड १२ लाख जनाले हेरिसकेका छन् । यी म्युजिक भिडियोहरु २०७५ सालमा दर्शकको रुचि एवम् राम्रो प्रस्तुतीको कारणले उत्कृष्ट स्थानमा रहन सफल भएका हुन् । समग्रमा नेपालीको मौलिकता झल्कने म्युजिक भिडियो नै उत्कृष्ट भित्र पर्न सफल भएका छन् । कस्ता गीतसंगीत र म्युजिक भिडियो चल्छन् त ? गायक कुलेन्द्र विक भन्छन् ‘राम्रो ख्यालको गीत तथा म्युजिक भिडियो निर्माण गर्ने निर्माता र कलाकारलाई यस क्षेत्रमा जीन्दगी बिताउँन गाह्रो छैन् ।” हाल युवा मध्यवर्गहरुको रुचि तथा समय परिस्थिति अनुसारका गीत लोकप्रिय हुँदै आएका छन्, यस क्षेत्रमा नयाँ प्याटनको गीत निर्माण गर्नु भन्दा निर्माण भएका लय एवं प्याटन फलो गर्नेको जमात बढेको छ-गायक विकले भने । त्यस्तै अर्का गायक शिव हमालका अनुसार राम्रो प्रस्तुती बजारमा ल्याउँदा आम मानिसले रुचाएको पाईन्छ, आम मानिसलाई मध्यनजर गरेर संगीत एवम् भिडियो बजारमा ल्याउँदा आर्थिक स्तर सवल नै रहने बताए । लामो समयदेखि निर्देशकका रुपमा काम गर्दै आएका फिल्म निर्माता संघका अध्यक्षका आकाश अधिकारी भन्छन्–“संगीतको प्रतिस्पर्धा चल्दै गर्दा समय र परिस्थिति अनुसार राम्रो सिर्जनाले बजार तताएको छ, भने केहि फ्लप भएको छन् । युवावर्ग एवम् बजारको मागलाई ध्यान दिएर संगीत उत्पादन गर्नु पर्छ” उनले भने ।
सुनिल गिरी र पुनम मिश्रको “कोसेली” बजारमा
काठमाडौं । गायक सुनिल गिरी र पुनम मिश्रको नयाँ गीत भिडियो सहित सार्वजनिक भएको छ ।गीतको लय तथा संगीत सुनिल गिरीकै रहेको सो गीतमा गिरीलाई अभिनयमा अन्जली मगरले साथ दिएकी छन् । सर्जन थापा मगरले निर्देशन गरेको सो म्युजिक भिडियो अनिल मानन्धरले क्यामेरामा कैद गरेका थिए । ‘को होला त्यो’, ‘देउराली’, ‘परदेशी’ ‘सोल्टीना’ आदि चर्चित गीत निकालेका गिरीले “कोसेली” गीतको भिडियो युट्युबमा सार्वजनिक भएको छ । भिडियो हेर्न तल क्लिक गर्नु होस् ।