३३ ब्राण्डका दूधमा कोलिफर्म, कृषि मन्त्रालय भन्छ–दाेषी डेरी उद्योग उम्कने छैन
काठमाडौं । विभिन्न दूधको ४२ नमूना मध्ये एउटै ब्याच नं. नदोहोरिने गरी परीक्षण गरिएका ३६ नमूना मध्ये ३३ ओटामा सरिरलाई हानी पुर्याउने सूक्ष्म जीवाणु कोलिफर्म भेटिएको छ । कोलिर्फम हुनुको मुख्य कारण सरसफाईको कमी, सुरक्षा संयत्र पालना नहुनु, दूध प्रशोधन गर्ने मेसिन लगायतबाट उब्जने फाेहाेर रहेको छ । बालाजुस्थित दूग्ध विकास संस्थान (डिडीसी), काभ्रेको एलिसाज/गल्फु विनायक डेरी, बालकोटको अनमोल, काभ्रेकै अर्पण र जय श्री कृष्ण डेरी लगायतका उद्योगहरुमा कोलिफर्म भेटिएको हो । हप्तादिनअघि कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालको नेतृत्वमा राजधानीमा गरिएको अनुगमनमा विस्तृत रुपमा सूक्ष्म जीवाणुको अध्ययन गर्न २५ दूध प्रशोधन उद्योगका ४२ ब्राण्डका दूधका नमुना संकलन गरी केन्द्रीय खाद्य प्रयोगशाला परीक्षणको लागि पठाइएको थियो । आइतबार मन्त्रलायले उक्त प्रतिवेदन सार्वजनिक गर्दै ३ दूधको नमूना बाहेक ३३ दूधको नमूनामा कोलिफर्म भेतिएको सार्वजनिक गरिएको छ । अनुगमन अबधिमै भएको परिक्षणको क्रममा १७ नमूनामा चिल्लो वस्तु(फ्याट)मा कमि, ९ नमूनामा चिल्लो बाहेकको ठोस वस्तु (एसएनएफ) मा कमि र ४० नमूनामा सोडा(न्युट्रलाइजर) पाइएको थियो । दूधमा फ्याट नभए पोषण तत्व प्राप्त हुदैन । सोडा(न्युट्रलाइजर) ले मानव सरीरले क्षति गर्छ । मन्त्रालयका प्रवक्ता योगेन्द्रकुमार कार्कीले दोषी डेरी उद्योगलाई कारबाही गर्न विभागलाई निर्देशन दिइसकेको बताए । ‘मापदण्ड अनुसार सञ्चालन नगरेको दूध उद्योगलाई अवश्य कारबाही हुन्छ,’ उनले भने । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता पूर्णचन्द्र वस्थीले मन्त्रालयको निर्देशन अनुसार कारबाहीको प्रक्रिया अघि बढाइसकेको बताए । ‘हाल अनुसन्धानको रुपमा अध्ययन भइरहको छ,’ उनले भने ‘अब खाद्य ऐन अनुसार नमूना संकल गर्दै कारबाही अघि बढाइनेछ ।’ विभागको अनुसार उद्योगले गरेको दोषको आधारमा हालको खाद्य ऐन अनुसार बढीमा १० हजार रुपैयाँ जरिवाना साथै एक वर्षसम्मको जेल तोकिएको छ । यद्यपि पछिल्लो समय उक्त खाद्य ऐन शंसोधन परिमार्जन भइसकेको अवस्था छ । परिमार्जित ऐन भदौ १ गतेदेखि लागु हुनेछ । जसअनुसार ५० हजार रुपैयाँ जरिवाना र ५ वर्षसम्मको कैद सजाय तोकेकिएको विभागको प्रवक्ता वस्थीको भनाइ छ ।
कुमारी बैंकद्धारा गैर-सरकारी संस्थालाई एक लाखको सहयोग
काठमाडौं । कुमारी बैंक लिमिटेडले “साथ” नामक सामाजिक कल्याण-उन्मुख गैर-सरकारी संस्थालाई नगद एक लाख रुपैयाँको सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त संस्थालाई सो मात्राको सहयोग गरेको हो । साथले “हकुना मटाटा” परियोजना अन्तर्गत विगत ६ वर्षदेखि एचआइभी संक्रमित परिवारका बालबालिकाको आधारभूत शिक्षा र हेरचाहमा सहयोग पुर्याईरहेको छ । साथै, बहिस्कृत वर्गका महिलालाई जीविकोपार्जनका निमित्त सिपमुलक तालिम दिँदै आईरहेको छ । बैंकले उक्त संस्थाका प्रशंसनीय कार्यहरुलाई प्रोत्साहन दिएर, समाजलाई समावेशी विकासतर्फ धकेल्ने उद्देश्यका साथ यस कार्यक्रमको आयोजना गरेको हो । उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजिब गिरिले साथका संस्थापकहरुलाई चेक हस्तान्तरण गरेका हुन् । साथै, बैंकले आगामी दिनमा पनि यस्ता सेवामूलक र अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
अरुले के हेरे थाहा छैन मैले अर्जेन्टिनाका खेलाडी केटी जस्तै रोइरहेको हेरेँ : सिमे भर्सलजको
काठमाडौं । क्रोयोसियाका भरपर्दा डिफेन्डर सिमे भर्सलवकोले अर्जेन्टिना उविरुद्धको खेलमा आफुले नौलो अनुभव लिएको बताएका छन् । खेलको बारेमा इंगल्याण्डको खेलकुद अनलाईन गोलसँग कुरा गर्दै अर्जेन्टिनाका खेलाडीहरु रोइरहेको अनुभव गरेको बताएका हुन् । उनले भने क्रोयोसियाका मिडीयाले मलाई कसरी हेरे त्यो मलाई थाहा छैन, तर मैले विपक्षी खेलाडीहरु केटी जस्तै रोइरहेको देखेँ । हामी उत्कृष्ट अवसर बनाउने प्रयास गरिरहेका थियौं । तर उनीहरु पटक पटक केटी जस्तै रोइरहे । प्रशिक्षक साम्पाउलीले हामी माथि हाबी हुने रणनिति बनाएका थिए तर हामीले त्यसलाई सजिलै असफल बनाउन सफल भयौं । उनीहरु मैदानमा लड्दै केटी जस्तै राइरहेका थिए । यो दृश्य मैले पटक पटक हेरेँ । मलाई विश्वास उनीहरुले अर्को खेल राम्रो खेल्नेछन् ।