राउन्ड १६ बाट सबैभन्दा पहिले बाहिरिने फ्रान्स कि अर्जेन्टिना ?
काठमाडौं । विश्वकपको समुह चरणको खेल सकिँदा आश्चर्यजनक जर्मनी बाहेक सबै फुटबल महाशक्ति अन्तिम १६मा स्थान बनाउन सफल भैसकेका छन् । शनिबारदेखि हुने प्रिक्वाटर फाइनल खेलको लागि अब जोड घटाउ शुरु भैसकेको छ । नेपाली समय अनुसार भोली बेलुकी ७:४५ बजे शुरु हुने फ्रान्स र अर्जेन्टिना मध्ये एक देश सबैभन्दा पहिले विश्वकपको अन्तिम १६ बाट बाहिरिने देश बन्दैछ । ओसामाने डेम्बेले, केलियन एम्बाप्पे, एन्टोनी ग्रीजम्यान जस्ता युवा खेलाडीले भरिएको फ्रान्सलाई रोक्न अर्जेन्टाइन डिफेन्डरलाई फलामको चिउरा चपाउन सरह हुनेछ । फ्रान्सको रक्षा पक्ति पनि त्यस्तै बलियो रहेको छ । बार्सिलोनाबाट व्यवसायीक फुटबल खेल्दै आएका सामुएल उमटीटी अर्जेन्टाइन स्ट्राइकरका लागि खतरा हुन सक्छन् । यता खराब लयबाट गुज्रीरहको अर्जेन्टिना कठिन चुनौति पार गर्दै अन्तिम १६मा आइपुगेको छ । तुलनात्मक रुपमा निकै फितलो मिडफिल्ड रहेको अर्जेन्टिना फ्रान्ससँगको खेलमा उच्च सर्तकताका साथ मैदानमा उत्रिनेछ । क्रोयोसियासँग लज्जास्पद हार बेहोरेपछि चर्को विवादमा आएका मुख्य प्रशिक्षक जोर्जे साम्पोलीको खेलाडीहरुसँग सम्बन्ध बिग्रीएको समाचार आइरहेको बेला अर्जेन्टिना थप संकटमा पर्न सक्ने देखिन्छ । कमजोर किपर र कमजोर मिडफिल्डबाट गुज्रिरहेको अर्जेटिनामाथि फ्रान्सले लियोनल मेसीलाई रोक्ने एउटै सुत्र सफल भयो भने पनि अर्जेन्टिना संकटमा पर्न सक्छ । यसैगरी विगतको विश्वकपमा जस्तै यो वर्ष पनि गोन्जालो हिग्योइन खराब लयमा रहेका छन् उनले नाइजेरिया विरुद्धको खेलमा खाली पोष्टमा समेत गोल नहानेर यसको प्रमाण दिइसकेका छन् । नकआउट चरणबाट बाहिरीन एउटै गल्ती प्रयाप्त हुन सक्छ । खेलाडीहरुले गल्ती नगर्नु र क्षमता अनुसार कला प्रर्दशन गर्नु खेल जित्ने प्रमुख आधार हो । अर्जेन्टिनाका लागि ९० मिनेट र थपिएको केहि समयभित्रै खेल जित्न सकेमा उसका लागि फाइदा हुन सक्छ । यदि खेल पेनाल्टीमा गयो भने त्यो फ्रान्सको लागि फाइदा हुनेछ किनभने उनीहरुसँग तुलनात्मक रुपमा बलियो किपर रहेको छ । त्यस्तै स्ट्राइकर पनि । यो वर्ष फ्रान्सले युवा खेलाडीहरुलाई मौका दिइरहेका छन् । यदि उनीहरुले पहिले गोद खाएमा सो दबाबलाई कसरी झेल्न सक्छन् भन्ने प्रश्न आउन सक्छ । प्रतियोगिता अन्तर्गत दोस्रो खेल शनिबार राती ११:४५ बजे पोर्चुगल र उरुग्वे विरुद्ध हुनेछ ।
थोरै सुत्नाले क्यान्सरदेखि आत्महत्यासम्मकाे समस्या निम्तिने
काठमाडौं । तपाईले आफ्नो सुताइलाई वेवास्था त गर्नु भएको छैन ? कहिले सोच्नु भएको छ कम सुत्नाले कतिसम्म खतरनाक रोग लाग्न सक्छ । सुताईप्रति चासो दिनु भएको छैन भने एक पटक ध्यान दिनुहोला थोरै सुते ज्यान लिने सम्भावना भएका रोग क्यान्सरदेखि अत्महत्यासम्मकाे समस्या निम्तिन सक्ने बीबीसीको एक रिपोर्टमा जनाइएको छ । रिपोर्ट अनुसार सन् १९४० को दशकका सर्वेक्षणहरु हेर्दा औसतमा एउटा वयस्क मान्छे ७.९ घण्टा सुत्ने गथ्र्यो । अहिले त्यो समय घटेर ६.७५ घण्टा पुगेको छ । थोरै सुते निम्तन सक्ने समस्या ज्यान लिने सम्भावना भएका रोगहरु क्यान्सरदेखि अल्जाइमर्स, हृदयघात, मधुमेह, मोटोपन, मस्तिष्काघात र आत्महत्या पनि अपर्याप्त निद्रासँग जोडिएका छन् । उक्त रिपोर्ट अनुसार छोटो निन्द्राले सबै प्रकारका मरण सँगै छिटो मरणको सङ्केत गर्दछ । हाम्रो निन्द्रा हराउनुको कारण यस्तो छ शरीरको जैविक घडीले प्रकाशको आधारमा हामी कति बेला ब्युँझने र निदाउने त्यो निर्धारण गर्छ । तर कृत्रिम प्रकाशको आगमनपछि हाम्रो जीवनशैली चौबीसै घण्टा चल्न थाल्यो । यसले हाम्रो प्राकृतिक जैविक चक्रसँग सामञ्जस्य राख्दैन र निद्रालाई बाधा पुर्याउने गरेको छ । विश्व स्वास्थ्य सङ्गठनले प्रत्येक रात ८ घण्टा सुत्नुपर्छ भनेको छ । राति राम्ररी सुत्ने उपाय पहिलो, निंद्रालाई प्राथमिकतामा राख्नुहोस् । अनि तपाई अरु पाँच मुख्य कुरा निद्रा लाग्ने उपाय अपनाउन सक्नुहुनेछ । सप्ताहान्न होस् वा अरु कुनै दिन सधैं उही समयमा सुत्न जानुहोस् र उही समयमा उठ्नुहोस् । आधुनिक समाज अध्यारोबाट वञ्चित छ । त्यसैले राति बत्ती निभाउने गर्नुहोस् । आफ्नो सुत्ने कोठा शीतल राख्नुहोस । हाम्रो निद्राका लागि १८.५ डि सेन्टिग्र्र्र्रेट जति तपक्रम आवश्यक पर्छ । निदाउनका लागि शरीरको तापक्रम घट्नुपर्छ । ओछ्यानमा जागा नबस्नुहोस् । मस्तिष्कले ओछ्यानमा बस्नु भनेकै ‘जागा रहनु हो’ भन्ठानिदिन सक्छ । त्यसले पनि निद्रा भगाउछ । यदि २०–३० मिनेट ब्युँझनुभयो भने उठ्नुहोस्, अलि अँध्यारो कोठामा जानुहोस्, केही पढ्नुहोस् । अनि निद्राले छोपेजस्तो भएपछि ओछेयानमा फर्कनुहोस् । दिउँसो २ बजेपछि कफीजन्य पदार्थ बार्नुहोस् । त्यसले जागा राखिदिन्छ र निद्रामा अवरोध पारिदिन्छ । अन्त्यमा, राति मदिराले राम्रो गर्दैन । यसले उत्तेजनशीलता शमन गर्छ । अचेत मात्रै बनाइदिन्छ । निद्रालाई प्राथमिकतामा राख्दै, त्यागेर हैन यसलाई अँगालेर राम्रो निद्रा पार्ने माथिको उपाय अपनाउनुहोस् ।
दाेस्रो हाफमा साम्पोलीले मेसीलाई ‘के म अग्युइरोलाई राख्न सक्छु’, भनी सोधेको खुलासा
काठमाडौं । अर्जेन्टिनाका प्रशिक्षक जोर्जे साम्पाउलीले कुन खेलाडी राख्ने भनेर मेसीलाई सोधेको खुलासा भएको छ । नाइजेरिया विरुद्धको दाेस्रो हाफमा टचलाई नजिक आएर मेसीलाई साम्पाउलीले कुन अग्युइरोलाई राख्ने कि नराख्ने विषयमा मेसीलाई सोधेको एक भिडियो फुटेजबाट सार्वजनिक भएको हो । स्पेनिस अनलाइन मार्काका अनुसार खेल १/१ को बराबरी रहेको अवस्थामा साम्पोलीले मेसीलाई के म अग्युइरोलाई राख्न सक्छु भनी सोधेको पुष्टी गरेको छ । पछिल्लो समय कप्तान लियोनल मेसी र मस्कुरानोले अर्जेन्टिनाको खेलाडी छनोटमा प्रभाव पारिरहेको बताइएको छ । समुह चरणको दोस्रो खेलमा क्रोयोसियासँगको लज्जास्पद ३-० को हार बेहोरेपछि प्रशिक्षक साम्पोलीको चर्को विरोध भएको थियो । अब फ्रान्ससँगको खेलमा पनि मेसीले नै खेलाडी छनोटमा प्रभाव पार्न सक्ने अन्तर्राष्ट्रिय मिडियाहरुले जनाएका छन्।