जनकपुर बोल्ट्सले टस जितेर बलिङ रोज्यो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत मंगलबारको खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जनकपुरका कप्तान हर्मित सिंहले टस जितेपछि कर्णाली याक्सलाई पहिले ब्याटिङको निम्तो दिएका हुन् । अब कर्णालीले निर्धारित २० ओभरमा प्रतिस्पर्धात्मक योगफल बनाउने लक्ष्यसहित ब्याटिङ गर्नेछ ।

जनकपुरले कर्णालीलाई कम योगफलमा रोक्दै लक्ष्य पछ्याउने रणनीति लिएको छ। अर्कोतर्फ कर्णालीले सुरुवातदेखि नै रन गति बढाउँदै बलियो योगफल खडा गर्ने प्रयास गर्नेछ ।

Share News