हावाहुरी पीडितलाई गण्डकी बिकास बैंकको २ लाख सहयोग
काठमाडौँ । गण्डकी विकास बैंक लिमिटेडले मंगलबार बारा र पर्सा जिल्लामा अकस्मात आएको हावाहुरी र असिनापानीबाट प्रभावित व्यक्ति तथा परिवारलाई सहयोग दुई लाख नौ हजार नौ सय त्रियासी रुपियाँ सहयोग गरेको छ । बैंकले जिल्ला विपद व्यवस्थापन समितिको खातामा जम्मा हुने गरी पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई उपलब्ध गराएको छ । उक्त रकम गण्डकी विकास बैंक बिरगञ्ज शाखा प्रमुख मुकेश अधिकारीले हस्तान्तरण गरेका हुन् । बैंकले सो घटनामा पीडितको सहयोगको लागि “बारा पर्सा स्र्टोम रिलिफ फण्ड” नामक खाता सञ्चाल नगरी उक्त रकम संकलन गरेको थियो । उक्त खातामा बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत १ लाख र अन्य कर्मचारी तथा ग्राहक महानुभावहरुबाट १ लाख ९ हजार ९८३ रुपैयाँ संकलन गरेको हो । हस्तान्तरण समारोहमा बोल्दै प्रमुख जिल्ला अधिकारी भट्टराईले बैंकले आफ्नो सामाजिक उत्तरदायित्व शीर्षक अन्तरगत विपतमा परेका बारा तथा पर्साका पीडितका लागि संकलन गरी विपद व्यवस्थापन समितिमा जम्मा गरेको सहयोग प्रति धन्यवाद व्यक्त गरे । बैंकका तर्फबाट वीरगञ्ज शाखा प्रमुख अधिकारीले चेक हस्तान्तरण गर्दै उक्त सहयोगले पिडितलाई केही भएपनि राहत पुग्ने बैंकले अपेक्षा राखेको बताउँदै यस्ता प्रकारका सहयोगलाई आगामी दिनहरुमा समेत निरन्तरता दिंदै जाने बताए ।
जि टिभिमा पहिलो पटक ‘कड्के कमाल के’ को गीत प्रसारण, ५ कराेड बढी लगानीमा निर्माण
काठमाडौं । कमल खत्री र सुमन गुरुङको आवाजमा रहेको गीत ‘झुमा झुमा’ लाई इडियाको टेलिभिजन च्यानलले इतिहासमा पहिलो पटक नेपाली गीत प्रसारण गरेको हो । ५ कराेड बढी लगानीमा निर्माण भएकाे साे गीत ‘कड्के कमाल के’ को जि टिभिबाट प्रसारण पहिलाे पटक प्रसारण भएकाे हाे । राजपाल यादव, आर्यन अधिकारी, निता ढुंगाना, दाँया शंकर पाण्डे, विजय पटकार, रामचन्द्र अधिकारी, प्रकाश घिमिरे, राणाजङ्ग बहादुर आदिको अभिनय रहेको छ । चलचित्र ‘कड्के कमाल के’ को यो गीत जि टिभिले आफ्नो ८ वटा टेलिभिजन च्यानल र आफ्नो युट्युवर जि म्युजिकबाट प्रसारण गरको हो । चलचित्र आगामी जेष्ठ १० गते नेपाल र भारतमा एक साथ प्रदर्शन हुने भएको छ । नेपाल र भारतका अधिकाशं ठाँउमा छायान्कन गरिएको यस चलचित्र कड्के कमालके को गीत ‘झुमा झुमा’ को छायान्कन मुस्ताङमा गरिएको हो। चलचित्रको बाँकी ४ गीत भने हिन्दीमा नै रहेको छ । राजपाल ,आर्यन, निता, एन्जल आदीको प्रमुख अभिनय रहेको यो गीत कमल खत्रीको आफ्नै संगीतमा रहेको छ भने चलचित्रलाई लक्ष्मण सिंहले निर्देशन गरेका हुन र एतबारी सिंह ले यसमा चलचित्र निर्माणका लागि ५ करोड भन्दा बढी लगानी गरेका छन ।
डिवि गुरुङ्को नयाँ गीत ‘फिदिम बजारमा’ सार्वजनिक
काठमाडौं । डि.वि गुरु गुरुङको नयाँ गीत ‘फिदिम बजारमा’ सार्वजनिक भएको छ । सुमन सर्पितको लयमा रहेको गीतमा डि.वि गुरुङको शब्द, स्वर तथा संगीत रहेको छ । त्यस्तै अभिनयमा दिपेन्द्र सिंह दर्नाल र स्मृति गुरुङलाई देख्न सकिन्छ । विनोद सेरि विनोद सेरेङ्गको निर्देशनमा रहेको उक्त म्युजिक भिडियो सुवास लिम्बुले खिचेका थिए । २०७६ साललाई मध्यनजर गरि गुरुङले पूर्वी क्षेत्रमा प्रचलित लाृेक गीत बजारमा सार्वजनिक गरेका हुन् ।