“भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०७५” बरिष्ठ गायक प्रेमध्वज र संगीतकार शम्भुजीतलाई
काठमाडौं । “भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०७५” बरिष्ठ गायक प्रेमध्वज र बरिष्ठ संगीतकार शम्भुजीत बॉस्कोटालाई प्रदान गरिने भएको छ। भक्तराज आचार्य संगीत प्रतिष्ठानद्धारा हरेक वर्ष प्रदान गरिँदै आएको यो सम्मान यस वर्षका लागि प्रधान र बॉस्कोटाले पाउने भएका छन् । यहि वैशाख २८ गते एक भब्य कार्यक्रम आयोजना गरि गायनतर्फ बरिष्ठ गायक प्रेमध्वज प्रधान र संगीततर्फ बरिष्ठ संगीतकार शम्भुजीत बॉस्कोटालाई सम्मानित गरिने छ । हरिप्रसाद रिमाल र चन्द्रराज शर्मालाई सम्मानित गर्दै गत वर्ष देखि यो सम्मानको सुरुवात गरिएको हो । प्रतिष्ठानाले गत वर्ष संगीतकर्मी कल्याणकारी कोषलाई आर्थिक सहयोग र रोयल्टी समेत प्रदान गरेको थियो । सामाजिक र साङ्गितिक कार्यहरुमा क्रियाशील रहेको भक्तराज आचार्य संगीत प्रतिष्ठानले गायन र संगीत क्षेत्रका श्रस्टाहरुलाई हरेक वर्ष सम्मान गर्दै जाने चर्चित गायक स्वरुपराज आचार्यले बताए । यस वर्षको सम्मान कार्यक्रम प्रतिष्ठानले सिटी एक्सप्रेस मनि ट्रान्सफरको मुख्य सहयोगमा आयोजना गर्दै छ।
नीर शाहलाई छायाँछवि लाइफटाइम लिजेण्ड्री अवार्ड
काठमाडौं । यस वर्षको छायाँछवि लाइफटाइम लिजेण्ड्री अवार्ड वरिष्ठ कलाकार तथा निर्देशक नीर शाहलाई प्रदान गरिने भएको छ । साथै उक्त अवसरमा छायाँछवि चलचित्रकर्मी रजत सम्मान –०७६बाट करिव तीन दशकदेखि आधुनिक गिती गायन तथा मुलत चलचित्र पाश्र्व गायन गर्दै आएकी गायिका देवीका बन्दना तथा विगत २५ वर्षदेखि चलचित्र निर्देशन एवं अभिनय गर्दै आएका शोभित बस्नेतलाई प्रदान गरिने भएको छ । यसै अवसरमा छायाँछवि चलचित्र पत्रकारिता पुरस्कारबाट विगत ३ दशकदेखि रंग पत्रकारिता गर्दै आएका अन्नपूर्ण पोष्टकर्मी अनन्त वाग्ले पुरस्कृत हुने भएका छन् । ११औं इएनआई छायाँछवि डि सिने अवार्ड –०७६का अवसरमा ४ चलचित्रकर्मीहरुलाई सम्मान तथा पुरस्कृत गर्न लागिएको हो । कार्यक्रम यहि वैशाख २१मा काठमाडौंमा आयोजना हुँदैछ । छायाँछवि लाईफटाइम लिजेण्ड्री अवार्ड –०७६का पुरस्कृत व्यक्तित्व नीर शाह पूसस्त चलचित्रमा अभिनय गर्नुका अलावा बसन्ती, राजमति, सेतोबाध जस्ता अव्वल चलचित्र निर्देशक हुन् । विगत ५० वर्षभन्दा लामो अवधिदेखि टेलिभिजन एवं चलचित्रमा सक्रिय नीर शाह अब्वल कलाकार एवं निर्देशकका रुपमा परिचित छन् । छायाँछवि चलचित्रकर्मी रजत सम्मान –०७६ (महिला) बाट सम्मानीत हुँदै गरेकी देवीका बन्दना पाश्व गायनमा सम्मानित नाम हो । यस्तै छायाँछवि चलचित्रकर्मी रजत सम्मान –०७६ (पुरुष)बाट पुरस्कृत हुँदै गरेका शोभित बस्नेत उम्दा निर्देशकका रुपमा चिनिन्छन् । राजकुमार नामक चलचित्रबाट २०५१ सालदेखि निर्देशन यात्रा प्रारम्भ गरेका शोभितले –०७६ सम्म आइपुग्दा २९ चलचित्रको निर्देशन गरिसकेका छन् । यस्तै छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार –०७६बाट पुरस्कृत हुँदै गरेका रंग पत्रकारि हुन् –अनन्त वाग्ले । २०४७ सालमा माधुरी नामक पत्रिकारबाट रंगपत्रकार प्रारम्भ गरेका अनन्तले कान्तिपुर साप्ताहिक, गोरखापत्र, स्टारडम, गीताञ्जली जस्ता मिडिया हुँदै यहिले अन्नपूर्ण पोष्टमा मनोरञ्जन विभाग प्रमुख भएर कार्य सम्पादन गरिरहेका छन् । ११औं इएनआई छायाँछवि डि सिने अवार्ड ०७६का अवसरमा प्रदान गरिनेसम्मान एवं पुरस्कार अन्तर्गत छायाँछवि लाइफटाइम लिजेण्ड्री अवार्डमा नगद रु.२५०२५।– सहित प्रमाण–पत्र प्रदान गरे, भने छायाँछवि चलचित्रकर्मी रजत सम्मान–०७६मा प्रमाण–पत्र तथा दोसल्लाद्वारा सम्मान गरिनेछ । यस्तै छायाँछवि चलचित्र पत्रकारिता पुरस्कारमा नगद रु.११ हजार १सय ११ रुपैयाँ सहित प्रमाण–पत्र एवं दोसल्ला सम्मान गरिने कुरा आयोजक संस्था छायाँछविका अध्यक्ष शान्तिप्रियले बताएका छन् ।
महालक्ष्मीले धुलिखेलमा गर्यो बीमा जनचेतना कार्यक्रम
काठमाडौँ । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड र ज्योति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा बुधवार धुलिखेलमा बीमा जनचेतना कार्यक्रम सम्पन्न भएको छ । ज्योतिका शेयर सदस्यहरूको लागि संचालित उक्त कार्यक्रमको महालक्ष्मी लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत तथा समारोहका मुख्य अतिथि रमेशकुमार भट्टराईले उद्घाटन गरे । दुई सेसनमा चलेको उक्त कार्यक्रममा पहिलो सेसनमाज्योति सहकारीको चार वर्षे कार्यक्रमको विषयमा संस्थाका अध्यक्ष मुकुन्दप्रसाद दाहालले जानकारी गराएका थिए । दोस्रो सेसनमा बीमाको अवधारणा, बीमाको वर्तमान अवस्था, यसका फाइदाहरूको बारेमा महालक्ष्मी लाईफका प्रमुख कार्यकारी अधिकृत भट्टराईले प्रशिक्षण दिएका थिए भने महालक्ष्मी लाईफको परिचय र प्रडक्टहरूको विषयमा महालक्ष्मी लाईफका एजेन्सी तथा तालिम प्रमुख सिताराम धिमालले प्रशिक्षण दिएका थिए । सहकारी संस्थाका अध्यक्ष मुकुन्दप्रसाद दाहालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा निवर्तमान अध्यक्ष पुरूषोतम देवकोटाले धन्यवाद ज्ञापन सहित बीमा जागरण कार्यक्रम निकै प्रभावकारी भएको जानकारी गराए ।कार्यक्रममा ज्योति बहुउद्देश्यीय सहकारी संस्थाका ९० जना भन्दा बढी शेयर सदस्यहरूको उपस्थिति रहेको थियो।