कैलालीको बौनियामा आशा लघुवित्तद्वारा सीपमूलक तालिम संचालन

काठमाडौँ । आशा लघुवित्त वित्तीय संस्थाले बैशाख २०, २१ र २२ गते लुगा धुने साबुन तथा सर्फ बनाउने तालिम सञ्चालन गरेको छ । संस्थाले शाखा कार्यालय बौनिया कैलालीमा आबद्ध सदस्यहरु मध्ये ६२ जना महिला सदस्यहरुलाई निःशुल्क रुपमा तालिम प्रदान गरेको हो । तालिम कार्यक्रमलाई उद्घाटन गर्दै बर्दगोरीया गा.पा. वडा नं. १ का अध्यक्ष जयरुप खतिवडाले यस्तो किसिमको कार्यक्रमले महिलाहरु लाई उद्यमशिल बन्न थप सहयोग पुग्ने कुरा ब्यक्त गरे । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा शाखा प्रमुख अम्मरबहादुर ओलीले यस कार्यक्रम पश्चात सदस्यहरुको ब्यवसायमा बृद्धी भई यस क्षेत्रका विपन्न महिलाहरुको आर्थिक क्रियाकलापमा वृद्धि हुनुका साथै आत्मनिर्भरतातर्फ उन्मुख हुन सहयोग पुग्ने विश्वास व्यक्त गरे । वित्तीय संस्थामा कार्यरत कल्याणी खरेलले प्रशिक्षण दिएको उक्त तालिमबाट सहभागीहरुले कम लागतमा लुगा धुने साबुन तथा सर्फ बनाउने तरिका, बजारीकरण लगायतका सम्बन्धमा जानकारी हासिल गरेका थिए । हालै यस वित्तीय संस्थाले विभिन्न शाखा कार्यालयहरु मार्फत झण्डै ६३४ जना विपन्न महिलाहरुलाई यस प्रकारका सीपमूलक तालिमहरु प्रदान गरिसकेको छ । वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलालले यस्ता सीपमूलक तालिमहरु सम्पूर्ण शाखा कार्यालयहरुबाट संचालन गरी सदस्यहरुको सीप अभिवृद्धि गरी आत्मनिर्भरतातर्फ उन्मुख गराउन वित्तीय संस्था क्रियाशील रहने विचार व्यक्त गरे ।

आईएमएस् ग्रुप २७औं वर्षमा, ४ सय कर्मचारीको ट्यालेन्ट शो

काठमाडौँ । आईएमएस् ग्रुप स्थापनाको २७औं वर्षमा प्रवेश गरेको छ । सामसुङ र कोरियन गाडी स्याङ्योङ मोटर्स तथा अन्य अन्तर्राष्ट्रिय ब्राण्डहरुका नेपालस्थित एकमात्र आधिकारिक बिक्रेता, आईएमएस् ग्रुप अन्तर्गत बीस भन्दा बढी कम्पनीहरु रहेका छन् । आईएमएस् ग्रुपले वैशाख २० गते राजधानीको होटल अन्नपूर्णमा २७ औं वार्षिकोत्सव मनाएको हो । उक्त कार्यक्रम ग्रुपका अध्यक्ष दीपक मलहोत्रा, कम्पनीका डिरेक्टर विमल सावर्थिया, ग्रुपका प्रेसिडेण्ट सिइओ डिकेश मलहोत्रा, मलहोत्रा तथा सावर्थिया परिवार, अन्य अथिति लगायत ४ सय भन्दा बढी कर्मचारी सहभागिता थियो । कार्यक्रममा ग्रुपका कर्मचारीद्वारा ट्यालेन्ट शो, मनोरञ्जनात्मक खेल, हाजिरी जवाफ प्रतियोगिता प्रदर्शन गरिएको थियो भने विजयी कर्मचारीहरुलाई पुरस्कार पनि वितरण गरिएको थियो । त्यसैगरी, केही कर्मचारीहरुले विभिन्न विधा अन्तर्गत उत्कृष्ट एवम् उल्लेखनीय कार्य सम्पादन गरे बापत पुरस्कृत पनि गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै दीपक मलहोत्राले ग्रुप सबै कर्मचारीहरुले लगनशीलता एवम् इमानदारिताका साथ आफ्नो कार्य गरेकोले नै ग्रुपले २७औं बसन्त सफलताका साथ प्रवेश गरेको बताए ।

निर्माता सरिता राईको ‘भुई फूल’ उद्घाट

काठमाडौं । भुमेथान फिल्म प्रस्तुतीमा सरिता राईको ‘भुईफूल’ उद्घाटन भएको छ । नेत्र छन्त्यालको निर्देशन र निर्माता उर्मिला बान्तवा राईको उत्पादनमा सो फिल्म आइतबार बागबजारको हेल्लो क्याफेमा उद्घाटन गरेका हुन् । उक्त फिल्ममा प्रमुख भुमिका गोविन्द ‘प्रभात’, तुलसा थापा, दिपेन्द्र सिंह दर्नाल, चन्द्रा राई, मनोजकुमार भेटवाल, विक्रम क्षेत्री, कुमार सुब्बा, घनश्याम जोशी, सन्ध्या स्र्यातान, पुर्णिमा लामाका साथमा नरेश खड्का अभिनय रहेको छ । विनय पौडेलको सह निर्देशनमा गीत गणेश सुवेदी र संगीत रमेश खड्काको रहेको छ । त्यस्तै छाँयाकन रमेश हुमागाई श्रृंगार नन्दा मेन्याङबो लिम्बु र उत्पादन विमल धमलाको रहेको छ भने प्रेस डिजाई सुमिता मादेन ‘मादेन बुटिक धरान’को रहेको छ ।