सानिमा बैंकद्वारा नन्दिकेश्वर बगैंचाको सरसफाई
काठमाडौँ । सानिमा बैंक, सशस्त्र प्रहरी गण नं १, नक्साल, महानगरीय प्रहरी वृत्त कमलपोखरी, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा, नक्सालद्वारा नक्साल, नारायणचौर स्थित नन्दिकेश्वर बगैंचा सरसफाई गरिएको छ । १९ रोपनी क्षेत्रफल रहेको यस पार्क नक्साल लगायत वरिपरिका स्थानीय बासिन्दाहरुको बिहानी तथा साँझपख ब्यायाम गर्ने, विश्राम गर्ने, बालबालिकाको लागि बिभिन्न मनोरञ्जक खेल खेल्ने, साथीभाई भेटघाट गर्ने स्थानको रुपमा प्रसिद्घ रहेको छ । सामुदायिक सेवा केन्द्रका अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठले नन्दिकेशरी बगैंचाको पुर्नस्थापना देखि नै सानिमा बैंकको निरन्तर सहयोग प्राप्त रहेको बताउँदै धन्याबाद दिए । उक्त अवसरमा सानिमा बंैकका प्रमुख कार्यकारी अधिकृत भुवन दहालले नन्दिकेशरी बगैंचाको नजिकै रहि काम गर्न पाएकोमा सानिमा बंैकका कर्मचारी भाग्यमानी रहेको बताए । साथै उक्त बगैंचाले नक्सालको शोभा बढाएको कुरा बताए
गायक रमेश श्रेष्ठ मेलोडीको ‘सुपरग्लु’ सार्वजनिक (भिडियो सहित)
काठमाडौँ । स्टेज किङको उपाधि पाएका चर्चित गायक रमेश श्रेष्ठ मेलोडीको नयाँ गीत ‘सुपरग्लु’को म्युजिक भिडियो सार्वजनिक भएको छ । दर्जनौ चर्चित गितहरु गाएर चर्चा कमाइ सकेका गायक रमेशको सुमधुर आवाजको डान्सिङ बिटमा रहेको ‘सुपरग्लु’भर्खरै मात्र युट्युब मार्फत सार्वजनिक भएको हो । चर्चित गीतकार अम्बिका गुरुङको शब्द तथा गायक रमेश श्रेष्ठ मेलोडिको संगीत रहेको यस गीतकमा नब र्यापर प्रतिक अधिकारी आजतले र्याप गरेका छन् । म्युजिक भिडियोलाई बासु न्यौपानेले छायांकन गरेका छन् भने कोरियोग्राफी तथा निर्देशन राहुल बराइलीले गरेका छन् । म्युजिक भिडियोमा चर्चित नायिका निता ढुंगाना नबिन राइ तथा बिशाल लामाको नृत्य तथा अभिनय देख्न सकिन्छ । https://www.youtube.com/watch?v=NBhh-f2vSk4
मोडल तथा गायक दिपेन्द्र नेपाली सिने क्षेत्रमा डेब्यु गर्दै
काठमाडौँ । मोडल तथा गायक दिपेन्द्र नेपाली सिने क्षेत्रमा डेब्यु गर्दै छन् । सिन्धुपाल्चोक स्थायी घर भई काठमाडौँ कर्मथलो बनाउँदै आएका उद्यमान नव मोडल तथा गायक दिपेन्द्र सोनाम अहिले मोडलिङ तथा सांगीतिक क्षेत्रमा परिचय बनाउदै अगाडी बढेका तथा आफुलाई सिने क्षेत्रमा स्थापित गर्न सक्रिय युवाको रुपमा परिचित छन् । त्यसैले पनि मोडलिङ वा कलाकारितालाई धेरैले आफ्नो रुचि र इच्छाको रुपमा लिएको पाइन्छ । नृत्य र अभिनयमा पोख्त दिपेन्द्र सुन्दर मुहार र मिलेको सुगठित आकर्षक शरीरको धनि पनि छन् भने बहुप्रतीभा भएका बहुआयामिक व्यक्तित्व उनको आकर्षण हो । विभिन्न म्युजिक भिडियोमा समेत कुशल अभिनय गरिसकेका गायक तथा मोडल दिपेन्द्रले चाडैनै आफ्नै आवाजमा नयाँ गीत समेत सांगीतिक बजारमा लिएर आउन लागेका छन् । देशभर हुने स्टेज कार्यक्रम, मेला महोत्सबमा हजारौ दर्शक तथा श्रोताहरुलाई आफ्नो प्रतिभाले मन्त्रमुग्ध बनाउन सफल दिपेन्द्र युवा व्यवसायी समेत हुन् । उनी भन्छन्( मानब जीवन भनेको संघर्ष हो मेहनत र परिश्रम गर्दै जानु रहेको हुँदा सफलताको शिखर चढ्न सकिन्छ जीवनको हरेक मोडमा संघर्ष गर्दै अगाडि बढ्नुनै जीवन हो, एक दिन आफ्नो क्षमता प्रदर्शन गरेर आफ्नो लक्ष्यमा पुग्ने दृढ विश्वासका साथ् आफु अगाडी बढेको कुरा पनि उनी बताए ।