मञ्जुश्री फाइनान्सद्वारा निःसाह्य सेवा सदनलाई सहयोग

काठमाडौँ । संबिधान दिवसको अवसरमा मञ्जुश्री फाइनान्स लिमिटेड, मुख्य शाखा नयाँँबानेश्वरले निसाह्य सेवा सदनलाई सहयो उपलब्ध गराएको छ । नायब प्रमुख कार्यकारी अधिकृत नारायण सुबेदीको अगुवाईमा निःसाह्य सेवा सदन शान्तिनगरलाई जेष्ठ नागरिक उपचार कोषको लागि आर्थिक सहयोग तथा जेष्ठ नागरिकको लागि खाद्यान्न र लत्ताकपडा वितरण गरिएको हो । साथै मन्जुश्री फाइनान्स लिमिटेडका शाखा कार्यालयहरुबाट पनि संबिधान दिवसको अवसर पारेर विभिन्न सामाजिक संस्थाहरुको लागि सहयोग उपलब्ध गराएको जनाइएको छ ।

सेञ्चुरी बैंकद्वारा नाला र टुकुचा क्षेत्रमा वित्तीय साक्षरता अभियान

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकले बनेपा नगरपालिकाको ग्रामिण क्षेत्रलाई लक्षित गरेर उग्रचण्डी नाला शाखामा एक दिने वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकले संस्थागत सामाजिक उतरदायित्व अन्तर्गत बनेपा नगरपालिका अन्र्तगत उग्रचण्डी नाला र टुकुचा नाला क्षेत्रमा उक्त कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा मुख्य विषयवस्तु सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान अन्तर्गतको व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा सम्बन्धी जानकारीका साथै डिजिटल वित्त ९विधुतीय वित्त० सम्बन्धी जानकारी दिएको थियो । उक्त कार्यक्रममा १६५ जनाभन्दा बढीको सहभागिता थियो । सहुलियत कर्जा, बैंक खाता, बैंकले नागरिकलाई दिइरहेको सेवा प्रवाहलगायत ग्रामीण भेगका नागरिकसंग बैंकको पहुँच बढाउन गाउँगाउँसम्म वित्तीय साक्षरता अभियान बैंकले सुरु गरिरहेको हो । बैंकले आफ्नो संस्थागत सामाजिक उतरदायित्व अन्तर्गत अन्य स्थानहरुमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आइरहेका जनाएको छ ।

सिटिजन्स बैंकद्वारा नशा रहित समाजलाई १ लाख आर्थिक सहयोग

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले लागुऔषधको दुव्र्यसनमा परेका व्यक्तिहरुलाई कुलतबाट छुटकारा गराउने कार्यमा काम गर्दै आएको नशा रहित समाज नेपाललाई रू. १०१,०००।- आर्थिक सहयोग प्रदान गरेको छ । नशा रहित समाज नेपालको कार्यालय बडिखेलमा आयोजित एक कार्यक्रमका बीच बैंकले रू उक्त रकमको चेक संस्थाका संचालक सोनाम शेर्पालाई हस्तान्तरण गरेको हो । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८२ वटा शाखा, ७९ वटा एटिएम र १०१ वटा शाखा रहित बैंकिङ्ग इकाईहरुबाट करिव चार लाखलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।