‘नबिल नारी उद्यमी सीड क्याम्प’ शुरु, महिलाहरुलाई आत्मनिर्भर बनाइने
काठमाडौं । महिलालाई आर्थिक रुपमा समृद्ध बनाउन नबिल बैंकले ‘नविल नारी उद्यमी सीड’ क्याम्प सञ्चालन गरेको छ । वैशाख २६ गतेदेखि जेठ २६ गतेसम्म सो क्याम्पस सञ्चालन हुनेछ । नबिल नारी उद्यमी सीड क्याम्पबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेसरी शाहले महिलाको आर्थिक उन्नती एवम् आत्मनिर्भर बनाउनका लागि यो अभियानले सहयोग पुर्याउने बताए । उक्त कार्यक्रममा नविल नारीको रुपमा चिनिने प्रियंका कार्कीले अबको समयमा सबै नारीलाई दक्ष बनाउन नविल बैंकले ल्याएको सो कार्यक्रम ल्याएको बताइन् । सो अभियान अन्तरगत महिलाहरुलाई आत्मनिर्भर बनाउन विभिन्न क्रियाकलाप सञ्चालन गरिने सीईओ शाहले जानकारी दिए ।
नवजीवन परोपकार समाजलाई सनराइजको २ लाख ५० हजार सहयोग
काठमाडौं । सनराइज बैंक लिमिटेडले असहाय व्यक्तिहरुको संरक्षण र सहायताका निम्ति काम गर्दै आएको गैरसरकारी संस्था नवजीवन परोपकार समाजलाई २ लाख ५० हजार रुपैयाँ सहयोग प्रदान गरेको छ । सनराइज बैंक लिमिटेडको प्रधान कार्यालयमा भएको रकम हस्तान्तरण कार्यक्रममा नवजीवन परोपकार समाजका अध्यक्ष दुर्गानाथ दाहाल तथा बैंकका संचालक समितिका सदस्य शारदा शर्मा पुडासैनी, प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, वरिष्ठ नायव महाप्रबन्धक आशा राणा अधिकारी लगायत बैंकका उच्च पदाधिकारीहरुको उपस्थिति रहेको थियो । सडकपेटीमा अलपत्र परेका बृद्धबृद्धा, बालबालिका तथा विभिन्न अस्पतालहरुमा बेवारिसे अवस्थाका बिरामीहरुका लागि मनमैजु खुलाटार, तारकेश्वर नगरपालिका वडा नं. ७ काठमाडौंमा नवजीवन आदर्श आश्रम निर्माण गर्न बैंकलेसहयोग रकम हस्तान्तरण गरेकोे जनाएको छ ।
आगामी असार ६ गते ‘चलचित्रमा नृत्य’ कार्यक्रम हुँदै
काठमाडौं । चलचित्र नृत्य सङ्घले ‘चलचित्रमा नृत्य’ नामक एक दिने कार्यक्रम गर्ने भएको छ । नेपाली चलचित्र क्षेत्रमा नृत्य कर्मगर्नेहरुको सङ्घ नेपाल चलचित्र नृत्य सङ्घले आगामी असार ६ गते शुक्रबार ‘चलचित्रमा नृत्य’ नामक एक दिने कार्यशाला गर्ने प्रेस विज्ञिप्त मार्फत जानकारी गराएको हो । सङ्घद्धारा जारी प्रेश विज्ञिप्तमा नृत्यका प्रशिक्षक लिइसकेका, सहायक नृत्य निर्देशक, नृत्यलाई पेशा बनाई रहेकाहरुले सहभागी हुन पाउने जनाइएको छ । कार्यशालामा भाग लिएकाहरुलाई छायाँकन अवधिमा छिटो छरितो तवरले छायाँकन गर्न सक्ने मौलिकता, इतिहास, संस्कृति, भेषभुषा, सङ्गीत आदिको ज्ञान आर्जन गर्न सक्ने र यस्तो कार्यशालाले निर्माण पक्षलगायत देशकै संस्कृति सम्बद्र्धन र चलचित्र कर्मीहरुलाई फाईदा पुर्याउने नेपाल चलचित्र नृत्य सङ्घका अध्यक्ष बसन्त श्रेष्ठले बताएका छन् ।