विश्व कीर्तिमान राख्न १३ नेपाली युवायुवतीद्वारा लगातार २७ घण्टा सामूहिक नृत्य गर्ने घोषणा
काठमाडौं नेपालको मौलिक संस्कृतिलाई विश्वसामु चिनाउने उद्देश्यले डिल बहादुर मगर (डिकेश) लगायत १२ जना नेपाली युवायुवतीद्वारा लगातार २७ घण्टा सामूहिक मौलिक लोक नृत्य प्रस्तुत गरेर ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा नाम लेखाउने घोषणा गरिएको छ । आगामी फागुन २२ गते काठमाडौंमा विहान ९ बजे उक्त कार्यक्रमको आयोजना गरिने भएको हो । शुक्रबार मारुनी मिडिया नेटवर्कले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त विश्व र्कीतिमान बारे जानकारी गराएको हो । उक्त र्कीतिमान राख्नको लागि गिनिज बुकले अनुमतिसमेत दिईसकेको छ । कार्यक्रममा र्कीतिमान राख्नको लागि व्यवस्थापनको जिम्मेवारी लिएको गिनिज ईभेन्ट्स नेपालका अध्यक्ष सन्तोष लामाले कार्यक्रम सफलताको शुभकामना दिए । उनले भने,‘कार्यक्रमको राम्रो तयारी भएको छ । यो नेपालको परिवेशमा पनि विशुद्ध नयाँ रेकर्ड हाँसिल हुने हामीले अपेक्षा लिएका छौं । व्यवस्थापकीय हिसाबले पनि धेरै राम्रो तयारी भएको छ । हामी टिमवर्कमा विश्वास गर्छौं ।’ पत्रकार सम्मेलनकी प्रमुख अतिथिसमेत रहेकी चर्चित लोकदोहोरी गायिका राधिका हमालले पनि विश्व र्कीतिमानी कायम गर्नको लागि सामूहिक नृत्यमा सहभागीहरुलाई शुभकामना दिएकी थिईन् । कार्यक्रममा मारुनी मिडिया नेटवर्कका प्रवन्धक डिल बहादुर मगर (डिकेश) ले ‘देशले हामीलाई के दियो ? भन्दापनि हामीले देशलाई के दियौं ?’ भन्ने मूल नाराका साथ आफूहरु विश्व र्कीतिमान राख्ने तयारीमा जुटेको स्पष्ट पारे । उनले उक्त उद्देश्यमा सफल हुनेमा आफूहरु विश्वस्त रहेको प्रतिक्रिया पनि दिए ।
कोरोना भाइरसको संक्रमण रोक्न चीन सरकारले लगायाे सार्वजनिक यातायातमा प्रतिबन्ध
बेइजिङ । कोरोना भाइरसको सङ्क्रमणका कारण चीन सरकारले शुक्रबार यहाँका थप शहरहरुमा पनि यात्रा प्रतिबन्ध लगाइएको घोषणा गरेको छ । सो भाइरसको कारण मृत्यु हुनेको सङ्ख्या २६ पुगेपछि शुक्रबार नौ ओटा शहरमा यातायातलगायतका सेवा र आवतजावत पनि बन्द गर्ने निर्णय सरकारले गरेको चिनियाँ राजधानी बेइजिङबाट प्राप्त समाचारमा जनाइएको छ । शुक्रबार बिहानसम्म यस भाइरसका कारण प्रभावित भएका भनिएका चीनका नौ ओटा शहरहरुमा सार्वजनिक यातायातको आवतजावत रोक्नुका साथै मानिसहरुका अत्यावश्यक बाहेकका सेवाहरु पनि रोकेको छ । अधिकारीहरुले यहाँका ३ करोड २० लाख व्यक्ति प्रभावित भएको चिनियाँ स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् । हुबेई प्रान्तमा जिङ्गजोउ अधिकारीहरुका अनुसार शहरबाट छुट्ने सबै रेल सेवाहरु शुक्रबार बिहानबाट बन्द भएका छन् । त्यसैगरी सार्वजनिक बस, यातायातका अन्य साधनहरु, पर्यटन बस, डुङ्गा आदिलाई अस्थायी रूपमा सञ्चालन पनि रोकिने बताइएको छ । यसरी सार्वजनिक सवारीमा लगाइएको यस किसीमको प्रतिबन्धबाट करिब ३ करोड २० लाख व्यक्ति पनि प्रभावित भएका प्राप्त समाचारमा जनाइएको छ । कोरोना भाइरस सङ्क्रमणको सबैभन्दा बढी प्रभावित मानिएको क्षेत्र चीनको हुबेई हो । हुबेई प्रान्तको वुहान सहरमा यसको बढी प्रभाव देखिएको र त्यहीँबाट नै यसको उत्पत्ति भएकोले पशुबजारमा पनि कडा नियम गरिएको छ । वुहान शहरका हाल ८ सय ३० व्यक्ति यस भाइरसबाट सङ्क्रमित भएका राष्ट्रिय स्वास्थ्य विभागले जनाइएको छ । चीनका विभिन्न २५ प्रान्तमा यो भाइरसको सङ्क्रमण फैलिएको छ । तर बढी प्रभावित भएका भनिएका हुबेइ प्रान्तका नौ ओटा शहरमा यस्तो किसीमको प्रतिबन्धको घोषणा गरिएको बताइएको छ । ती शहरका स्थानीय प्रशासनले जङ्गली जनावर र पशु बजारका क्षेत्रमा कडाई गर्न निर्देशन दिइएको हो । यस भाइरसबाट हुबेई प्रान्तमा नै बढी व्यक्तिको ज्यान गएको छ । यस भाइरसबाट मृत्यु हुनेमध्ये धेरै ४८ देखि ८९ वर्ष उमेरका व्यक्ति रहेका पनि जनाइएको छ । यो सङ्क्रमणको संख्यामा करिब पाँच हजार ९ सय जनालाई उपचारार्थ भर्ना गरिएको थियो । यी मध्ये १ सय ७७ व्यक्तिको अवस्था गम्भीर रहेको जनाइएको छ । यद्यपी यसबाट निको भएर करिब एक हजार जना व्यक्ति अस्पतालबाट घर पनि फर्किएका छन् । चीनको वुहानको जनसङ्ख्या भन्डै एक करोड रहेको छ । त्यसैले उक्त सङ्क्रमणको उत्पत्ति भएको सो क्षेत्रमा सरकारले बढी निगरानी राखिरहेको पनि बताइएको छ । गत बुधबार प्राप्त एक समाचारमा अमेरिकाको सियाटलमा एक जना व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण भएको अमेरिकी अधिकारीले जनाएका छन् । चीनको हुबेइबाट केही दिनअघि अमेरिका फर्किएका एकजना अमेरिकी नागरिकमा यसको सङ्क्रमण भेटिएको हो । त्यसैगरी जापानको राजधानी टोकियोमा पनि एक जना व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएको अधिकारीले जनाएका छन् । दक्षिण कोरिया, ताइवान, हङकङ, मकाउ र थाइल्याण्डमा पनि यस सङ्क्रमणका एक–एक जना भेटिएका छन् । चीनका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार यस प्रकोपबाट अहिलेसम्ममा २६ जनाको ज्यान गएको बताएका छन् ।रासस
१० रुपैयाँ दिएर सुस्तमनस्थिति बालिकालाई जवरजस्ती करणी गर्ने खड्का जेल चलान
काठमाडाैं । चार वर्ष अगाडि १५ वर्षिय सुस्त मनस्थिति भएकी बालिकालाई १० रुपैयाँ दिएर जबरजस्ती करणी गर्ने ओखलढुङगाका पूर्ण बहादुर खड्का जेल चलान भएका छन् । केन्द्रिय अनुसन्धान ब्युरोले बिहिबार भक्तपुरको सुर्यबिनायकबाट प्रक्रउ गरी भक्तपुर जिल्ला अदालतमार्फत डिल्ली बजार कारागार चलान गरिएको हो। उच्च अदालत पाटनको उनलाई वि.स २०७५ कात्तिकमा २ वर्ष ६ महिना कैद सजाय ठहर गरेको थियो । तर, उनी फरार रहेका थिए । वि.स २०७१ फागुनमा उनले १५ बर्षीय सुस्त मनस्थिति भएकी बालिकालाई १० रुपैया दिई ललाई फकाई अनुचित प्रभावमा पारी घरमा कोही नभएको मौका पारी जिल्ला भक्तपुर सुर्यविनायक न.पा वडा नं. ६ सिपाडोल स्थित आफ्नै घरको कोठामा लगीजबरजस्ती करणी गरेको भन्ने अनुसन्धानबाट खुल्न आएको थियो। मा मुद्धा दर्ता गरेको थियो ।