तस्बीर हेरेर पशुपतिकाे मुड चेच्ज
काठमाडौं । फुर्सदको समय निस्कने बित्तीकै डाँडा काँडामा हाइकिङ गर्न निस्कने नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवं उद्यमी पशुपति मुरारका दुई चार दिनको फुर्सद मिलेमा प्राकृतिक सुन्दरतामा रमाउन हिमश्रृङखलासम्म चढ्छन् । भ्रमणमा निस्कदा मोवाइलबाट उनले खिचेका तस्विर हेर्दा लाग्छ फोटोग्राफीमा सौखिन पत्रकार हुन् । उनी व्यस्त समयलाई छल्दै शुक्रबार विहान साढे दश वजे नेपाल आर्ट काउन्सिल पुगेका थिए । फोटो पत्रकार क्लवले ववरमहलस्थित आर्ट काउन्सिलमा प्रदर्शनीमा राखेको नेपालकै सवैभन्दा ठूलो प्रतियोगिता बाट छानिएका १७६ तस्विरको प्रदर्शनी अवलोकन गर्न पुगेका मुरारकाले झण्डै एक घण्टा प्रदर्शित तस्विर हेरेर बिताए । प्रदर्शनीमा राखिएका केही तस्विर हेरेर मुरारका प्रसन्न भए भने केही तस्विरले उनलाई गम्भिर अवस्थामा पुर्यायो । विशेष गरी नेपालको प्राकृतिक सुन्दरता, डाँडा काँडा देखिएका तस्विरमा खुलेरै रमाएका उनी समाजको यथार्थ परक दृष्यहरुमा गम्भीर बनेका थिए । दुर्घटना र हिंस्रक तस्विरमा उनी चिन्तित देखिए । अवलोकन पछि कमेन्ट वुक्समा उनले लेखेका छन्–‘नेपालको आर्थिक, सामाजिक, राजनैतिक र धार्मिक साँस्कृतिक क्षेत्रलाई समग्र रुपमा यस प्रदर्शनीले समेटेको र यसले समग्र नेपाललाई परिचित बनाएको हुँदा यस प्रशर्दनीले नेपालको समग्रतालाई वुझन आफूलाई सहयोग गरेको छ ।’
ग्याँस पड्केर काठमाडौं भ्यु टावरमा आगलागी
काठमाडौं । काठमाडौंको भ्यु टावरमा आगलागी भएको छ । पूरोनो बसपार्क नजिकै रहेको निर्माणाधीन भ्यु टावरमा साढे तीनबजे तिर आगलागी भएको हो । स्थानीयका अनुसार ग्याँस पड्केरु आगलागी भएको बताएका छन् । प्रहरी, स्थानिय र पाँच वटा दमकलले आगो निभाइरहेका छन् । आगलागीबाट कति क्षती भयो भन्ने अहिले सम्म खुलेको छैन ।
कमलादीस्थित हेयर यन्ड शान्तिका ग्राहकलाई हेरचार डटकमकाे सेवामा दश प्रतिशत छुट
काठमाडौं । हेयर यन्ड शान्तिका ग्राहकले हेरचार डटकमका विभिन्न सेवाशुल्कमा दश प्रतिशत छुट पाउने भएका छन् । व्यावसायिक घराना बैंक,इन्स्योरेन्स,फाइनान्स तथा घरघरमा आइपर्ने मर्मत तथा सम्भार सम्बन्धिकार्य गर्दै आइरहेको हेरचार डटकम तथा अन्तराष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आईरहेको कमलादीस्थित सैलुन हेयर यन्ड शान्तिबीच सो मात्रामा छुट दिने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा हेयर यन्ड शान्तिका प्रबन्ध निर्देशक देवराज राजभण्डारी र हेरचार डटकमका प्रबन्धक उत्सव भट्टराइले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार हेयर यन्ड शान्ति, कमलादीका ग्राहकहरुले हेरचार डटकम मार्फत गराउने मर्मत तथा सम्भारसम्बन्धि कार्यहरुको सेवा शुल्कमा दश प्रतिशत छुट पाउने भएका हुन् । अब छिटै नै बुटवल तथा हेटौडामा शाखा विस्तार गर्न लागेको हेरचारले काठमाडौं बाहिर पनि हेरचारको सेवालाई विस्तार गर्न लागेको हेरचार प्रबन्धक भट्टराइले बताएका छन् ।