बलिउडका अभिनेता ऋषि कपुरको मृत्यु

काठमाडाैं  । बलिउड अभिनेता ऋषि कपुरको निधन भएको छ। अभिनेता अमिताभ बच्चनले ट्वीटरमार्फत उनको निधन भएको जानकारी दिएका छन्। हिजो मात्रै उनलाई स्वास फेर्न अप्ठ्यारो भएपछि ६७ वर्षे ऋषिलाई बुधबार मुम्बईको रिलायन्स फाउण्डेस अस्पतालमा भर्ना गरिएको थियो। दुई वर्ष अगाडि सन् २०१८ क्यान्सर भएको पुष्टि भएपछि एक वर्ष भन्दा बढी समय अमेरिका बसेर उपचार गरेका थिए। उनी बलिउड अभिनेता रणवीर कपुरका बाबु हुन्।

कोरोनापछिको अर्थतन्त्र : कृषिलाई प्राथमिकता दिन अर्थविद्को सुझाव

काठमाडौं । कोभिड–१९ को महामारीपछिको विश्वको अर्थतन्त्रलाई दृष्टिगत गर्दै नेपालको आगामी आर्थिक विकासका लागि कृषिलाई प्राथमिकता दिन अर्थविद्ले सुझाएका छन् । मोरङ व्यापार सङ्घ र उद्योग सङ्गठनद्वारा बुधबार आयोजित छलफलमा उनीहरुले स्थानीय कच्चा पदार्थमा आधारित उद्योगहरुको स्थापना, वैदेशिक रोजगारीबाट फर्केर आएका श्रमशक्तिलाई तत्काल कृषि क्षेत्रमा परिचालन र एग्रो इण्डष्ट्रियल लिङ्केज हुने नीतिको अवलम्बन गर्नुपर्नेमा जोड दिएका हुन् । सरकारले अविलम्ब अल्पकालीन र दीर्घकालीन नीति ल्याएमा चुनौतीलाई अवसरका रुपमा परिणत गर्न सकिने उनीहरुको धारणा छ । अर्थशास्त्री डा भेषप्रसाद धमलाले यसअघिका सम्पूर्ण योजना, नीतिलाई पुनरावलोकन गरी आगामी योजना तर्जुमा गर्नुपर्ने, संरचनात्मक परिवर्तन गर्नुपर्ने र आर्थिक विकासको केन्द्रविन्दु कृषिलाई बनाउनुपर्नेमा जोड दिए । अर्थशास्त्री डा अर्जुन बरालले विश्व आर्थिक मन्दीको अवस्थाबाट पार पाउन सम्पूर्ण नीतिमै परिवर्तन ल्याइ एग्रो प्रोसेसिङ, एग्रो इण्डष्ट्रियल लिङ्केजमा जोड दिनुपर्ने धारणा राखे । अर्थशास्त्री डा पिके झाले वैदेशिक रोजगारीबाट फर्केर आएका जनशक्तिलाई तत्काल कृषि क्षेत्रमा खपत हुने वातावरण बनाइ कृषि अर्थतन्त्रको विकासमा जोड दिनुपर्ने बताए । अर्थशास्त्री डा वेदराज आचार्यले अन्य कुराको साथसाथै शासन सञ्चालनमा पनि सुधार गरेर अगाडि बढनुपर्नेमा धारणा राख्दै नीति–नियम जतिसुकै राम्रो भए पनि कार्यान्वयन प्रभावकारी नभए नीतिको औचित्य नहुने भएकाले शासन प्रणालीमा सुधार ल्याउनुपर्ने सुझाव दिए । प्राध्यापक विजु थपलियाले आर्थिक एवं उद्योग÷व्यवसाय क्षेत्रलाई वर्तमान अवस्थाबाट पुनःजीवन दिन कार्यगत योजना बनाउनुपर्ने, रोजगारीका अवसर सिर्जना गर्नुपर्ने र निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति कार्यान्वयन गर्नुपर्ने धारणा राखे । प्रदेश योजना आयोगका सदस्य पूर्ण लोक्सोमले स्थानीय स्रोतसाधनको अधिकतम प्रयोग गर्दै त्यसमा आधारित उद्योग÷व्यवसायलाई प्राथमिकता दिई स्वदेशमा रोजगारीको अवसर सिर्जना गर्ने नीति बनाउन प्रदेश सरकारले ल्याउन ध्यान पुर्याउने बताए । रासस

‘सलाम’ लिएर आए सचिन सिंह (भिडियोसहित)

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) ले यतिखेर विश्वलाई नै आतंकित बनाइरहेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले समेत कोरोना भाइरसलाई ‘महामारी’ घोषणा गरिसकेको अवस्था यसलाई कसरी रोकथाम तथा नियन्त्रण गर्ने भन्ने ध्यान विश्वको गएको छ । नेपालमा पनि यसको संक्रमणबाट अहिलेसम्म ५४ जना व्यक्ति संक्रमित देखिएका छन् भने नेपाल सरकाले गत चैत ११ गतेदेखि ‘लकडाउन’ गरेको छ । कोरोनाको संक्रमणबाट बच्न विभिन्न उपाय खोजिरहेको बेला गीत सङ्गीतका स्रष्टाहरुले यस सम्बन्धि गीत स्रोता र दर्शकमाझ ल्याइरहेका छन् । यही मेसोमा सचिन सिंहको शब्द र सङ्गीतमा रहेको गीत ‘सलाम’ सार्वजनिक भएको छ । गोपाल रसाइलीको एरेञ्ज, किरण गोर्खाको मिक्सिङ र माष्टरिङ, रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गीतमा कोरोनाको कहरमा रातदिन खटिरहने सुरक्षाकर्मी, स्वास्थ्यकर्मीको कार्यलाई ‘सलाम’ भनिएको छ । ‘यस्तो विषम परिस्थितिमा दिनरात घटिने सबैको हौसला अझ बढाउने र यस सम्बन्धित सचेतनाका लागि गीत सार्वजनिक गरिएको हो’ सचिनले भने । गीतको भिडियोलाई आदर थापाले सम्पादन गरेका छन् । सार्वजनिक गीतको भिडियोमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीप श्रेष्ठ, तुलसी घिमिरे, सुनिल थापा, ललित गोले, मिथिला शर्मा, शुरेस कुमार, योगेश्वर अमात्य, एड्रिन प्रधान, थुप्तेन भुटिया, विक्रम पराजुली, शुमनकुमार श्रेष्ठ, थहिना थापा, मदन भुजेल, संजय प्रसाद, अजय राई, योनदेन भुटिया, उमेश उपमा, अनमोल गुरुङ, मेलिना राई, सुनिता लिम्बु प्रधान, धिरेन शाक्य, नरेश भण्डारी, करुण थापा, होमनाथ न्यौपाने, सुनिल मास्के, निर्मल शर्मा, वीेरेन्द्र सिंह, रिऋा सुब्बा, अल्का थापा, हसना शाक्य, राजु तामाङलगायतलाई फिचरिङ गरेका थिए । भिडियाे हेर्न  क्लिक गर्नुहाेस् ।