गजल

आधुनिक प्रविधिको, खेती थाल्नु पर्छ उन्नत जातका गाई–भैंसी, बाख्रा पाल्नु पर्छ धेरै हिँड्यौ अर्काको सहारा र भरोसामा अब हामी उठ्नु पर्छ, पाइला आफैं चाल्नु पर्छ रासायनिक मल खाधले, माटो बिग्री सक्यो अर्गानिक खेती लाउन, गोबर मल हाल्नु पर्छ जलस्रोतको भण्डार छ, खोला नदी थुनौं अब हाम्रो देशको बिजुली, विश्वभरी बाल्नु पर्छ । युवा शक्ति श्रम सीपलाई स्वदेशमै प्रयोग गरी देशको माटो मेहनत र पसिनाले गाल्नु पर्छ जडिबुटी, जलस्रोत र खानी उत्खनन् गरी स्वरोजगार बन्नु पर्छ, गरिबीलाई ढाल्नु पर्छ अर्काको आसिन महल, किन लाउनु झाडु पोछा अब आफ्नै झुपडीको, भुइँ भित्ता टाल्नु पर्छ अब आफ्नै झुपडीको, भुइँ भित्ता टाल्नु पर्छ   बिराटनगर–३ [email protected]

ग्यास ट्याङ्कर विस्फोट हुँदा चीनमा १८ को मृत्यु, १ सय ८९ घाइते

बेइजिङ । चीनको एउटा राजमार्गमा ग्यास बोकेको ट्याङ्कर विस्फोट हुँदा १८ जनाको मृत्यु भएको छ । देशको दक्षिणपूर्वी क्षेत्रमा भएको सो घटनामा परी अरु १ सय ८९ जना घाइते भएको अधिकारीहरुले जानकारी दिएका छन् । एउट भवनमा ट्याङ्कर ट्रक ठोकिएपछि शनिबार विस्फोटनको घटना भएको समाचारमा जनाइएको छ । स्थानीय समय अनुसार बेलुका ४.४५ बजे घटना भएको र विस्फोटनपछि आगलागी भएको दृश्यहरु सार्वजनिक भएका छन् । विस्फोट भएको ट्याङ्कर ट्रकमा ग्यास ल्याइएको थियो । चिनियाँ समाचा छेझिङ प्रान्त अन्तर्गत पर्ने संघाईको शेन्याङ—हाइकोउ राजमार्ग दुर्घटना भएको हो । र संस्था सिन्ह्वाले दिएको जानकारी अनुसारदुर्घटनामा परी घाइते भएकाहरु सबैलाई उपचारका लागि छ ओटा अस्पतालमा भर्ना गरिएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।

एक करोड लागतमा सुनवोरा नदीकाे तटबन्ध निर्माण

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको सुनवोरा नदीमा १ करोड रूपैयाँको लागतमा तटबन्ध निर्माण शुरु गरिएको छ । नगरपालिकको वडा नं २, ३ र ४ मा गरी नदीको उच्च जोखिममा रहेका ठाउँमा तटबन्ध निर्माणकार्य शुरु गरिएको हो । तटबन्ध निर्माण समितिका अध्यक्ष जीवन धामीले वडा नं २ मा १५० मिटर, वडा नं ३ मा ५० मिटर र वडा नं ४ मा २ सय १० मिटर तटबन्ध निर्माण भइरहेको बताए । निर्माण भइरहेका तटबन्धमा लन्चिङ र स्परसमेत निर्माण हुनेछ । तीनवटै वडाका तटबन्धमा २ हजार ९ सय घनमिटर ढुङ्गा र १ सय ६७ टन तारजालीको प्रयोग गरिनेछ । सुदूरपश्चिम प्रदेश भौतिक पूर्वाधार मन्त्रालयको बजेटमा निर्माण हुन लागेको तटबन्ध असार मसान्तभित्रै निमार्ण गरिसक्नुपर्ने सम्झौता गरिएको छ । तटबन्ध निर्माणपछि तीनवटै वडाका झण्डै २सय घरघुरी लाभान्वित हुने बताइएको छ । कृषियन्त्र र उपकरण हस्तान्तण शुक्लाफाँटा नगरपालिका–३ का किसानलाई अनुदानमा शनिबार पावरट्रिलरलगायतका कृषि औजार र उपकरण हस्तान्तरण गरिएको छ । कृषि व्यवसायलाई प्रतिस्पर्धी बनाई उत्पादन अभिवृद्धि गर्नका लागि सुदूरपश्चिम प्रदेशले मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यक्रमअन्तर्गत अनुदानमा कृषि औजार तथा उपकरण हस्तान्तरण गरिएका हुन् । सुदूरपश्चिम प्रदेशसभा सदस्य लालबहादुर खड्कालगायतले नौवटा पावरट्रिलर, प्लाष्टिक घर २६, पाँच पम्पसेट, इलेक्ट्रिक स्प्रे ट्याङ्कीलगायतका कृषि औजार तथा उपकरण हस्तान्तरण गर्नुभएको हो । किसानलाई बीउ, विषादी र सूक्ष्मतत्वसमेत आवश्यकतानुसार उपलब्ध गराइएको छ । मुख्यमन्त्री कृषि नमूना गाउँ समन्वय समितिका अध्यक्ष टीकुराम चौधरीले कार्यक्रम सञ्चालनका लागि रु ५० लाख बजेट परिचालन गरी कृषि औजार र उपकरण खरिद गरिएको बताए । सोमध्ये किसानलाई ८० प्रतिशत अनुदानमा पम्पसेट र ५० प्रतिशत अनुदानमा पावरटिलरलगायतका सामग्री उपलब्ध गराइएको हो । रासस