९ बलमा अर्धशतक, दिपेन्द्र सिंह ऐरीले रचे इतिहास

काठमाडौं । ९ बलमा अर्धशतक हान्दै दिपेन्द्र सिंह ऐरीले विश्व किर्तिमानी कायम गरेका छन् । चीनमा जारी १९औँ एसियाली खेलको बुधबार भएको खेलमा मंगोलियाविरुद्दको खेलमा उनले ९ बलमा ५० रन पुरा गरेका हुन् । ऐरीले १० बलमा ८ छक्काको मद्दतमा अविजित ५२ रन बनाए । ऐरी टी–२० मा सर्वाधिक छिटो अर्धशतक बनाउने ब्याटर बनेका छन् । यसअघि यो रेकर्ड भारतका युवराज सिंहको नाममा थियो । उनले विश्वकिर्तिमानी कायम गरेका छन् । नेपालले मंगोलिया विरुद्द २ सय ७३ रनको कीर्तिमानी जित निकालेको छ । टी-२० अन्तर्राष्ट्रियमा नेपालको यो विश्वकीर्तिमानी जित हो । नेपालले ३१५ रनको लक्ष्य दिएको थियो । कुशल मल्लले पनि विश्वकिर्तिमानी गरेका छन् । ५० बलको सामना गरेका उनले १२ छक्का र ८ चौकाको मद्दतमा अविजित १३७ रन बनाए । योसँगै उनी टी–२० अन्तर्राष्ट्रियमा छिटो शतक बनाउने ब्याटर बनेका हुन् । यस्तै, कप्तान रोहित पौडेलले २७ बलमा ६ छक्का र २ चौकाको मद्दतमा ६१ रनको इनिङ खेले । यस्तै, मंगोलियाविरुद्ध ओपनरद्वय कुशल भुर्तेलले १९ र आसिफ शेखले १६ रन जोडे ।  

मंगोलिया विरुद्ध नेपालको किर्तिमानी जित, बने तीन रेकर्ड

काठमाडौं । नेपालले मंगोलियालाई पराजित गरेको छ । चीनमा जारी १९औँ एसियाली खेलकुदको बुधबार भएको खेलमा मंगोलियाविरुद्ध २ सय ७३ रनको कीर्तिमानी जित निकाल्दै नेपालले प्रतियोगितामा विजयी सुरुवात गरेको हो । टी–२० अन्तर्राष्ट्रियमा नेपालको यो विश्वकीर्तिमानी जित हो । नेपालले दिएको ३ सय १५ रनको कीर्तिमानी लक्ष्य पछ्याएको मंगोलिया १३.१ ओभरमा ४१ रनमै अलआउट भयो । नेपालका लागि युवा अलराउन्डर कुशल मल्लले विश्वकीर्तिमानी शतकीय इनिङ खेले । ५० बलको सामना गरेका उनले १२ छक्का र ८ चौकाको मद्दतमा अविजित १३७ रन बनाए । योसँगै उनी टी–२० अन्तर्राष्ट्रियमा छिटो शतक बनाउने ब्याटर बनेका छन् । यस्तै, कप्तान रोहित पौडेलले २७ बलमा ६ छक्का र २ चौकाको मद्दतमा ६१ रनको इनिङ खेले भने दीपेन्द्र सिंह ऐरीले १० बलमा ८ छक्काको मद्दतमा अविजित ५२ रन बनाए । ऐरी टी–२० मा सर्वाधिक छिटो अर्धशतक बनाउने ब्याटर बने । यसअघि यो रेकर्ड भारतका युवराज सिंहको नाममा थियो ।

राष्ट्रिय टोलीका गोलकिपर श्रेष्ठ मार्की प्लेयरको रूपमा एफसी चितवन क्लबमा आवद्ध

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलको आउँदो सिजनका लागि नेपालको राष्ट्रिय टोलीका गोलकिपर विशाल श्रेष्ठ मार्की प्लेयरको रूपमा एफ सी चितवन क्लबमा आवद्ध भएका छन् । गेम वान प्रा.ली. अन्तर्गतको एफ सी चितवन क्लबका अध्यक्ष सचिन ढकाल र गोलकिपर विशाल श्रेष्ठबीच यो आवद्धतामा सहमति भएको हो । नेपालको पहिलो फ्रेन्चाइज फुटबल लिगको रूपमा रहेको नेपाल सुपर लिग (एनएसएल) मङ्सिर ८ देखि पुस १४ गतेसम्म दशरथ रङ्गशाला काठमाडौंमा आयोजना हुँदैछ । एनएसएलमा नेपालका ९ वटा फ्रेन्चाइज टिमहरू एफसी चितवन, काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, पोखरा थण्डर्स, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, विरगन्ज युनाइटेड, झापा एफसी र स्पोर्टिग इलाम टिमले प्रतिस्पर्धा गर्दै छन् ।