सर्वोत्तम सिमेन्टको आइपीओ बाँडफाँड, कसलाई कति पर्यो ?

काठमाडौं । सर्वोत्तम सिमेन्टले आइपीओ बाँडफाँड गरेको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्र तथा खानी उत्खनन् क्षेत्रका बासिन्दाहरुका लागि निष्कासन गरेको आइपीओ बाँडफाँड गरेको हो । कम्पनीको आईपीओमा प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले आवेदन दिएका हुन् । आइपीओमा स्थानीय बासिन्दाहरु १ हजार २२४ जना आवेदकहरुबाट २ लाख ४८ हजार ५०३ कित्ता सेयरको लागि जम्मा आवेदन प्राप्त भएको थियो । कम्पनीका अनुसार ५ जना आवेदकहरुले १० अंकले भाग नजाने गरी सेयर आवेदन गरेको देखिएकाले निज आवेदकहरुले आवेदन गरेको जम्मा सेयर संख्या ६८३ मध्येबाट १० अंकले भाग नजाने गरी प्राप्त भएको ३३ कित्ता सेयर रद्द गरी गरीएको छ । रीतपुर्वक प्राप्त भएको जम्मा २ लाख ४८ हजार ४७० कित्ता शेयर बाँडफाँडमा समावेश गरिएको हो । बुक विल्डिङ निर्देशिका, २०७७ को दफा (१६) को उपदफा (२) मा धितोपत्र बाँडफाँट गर्दा प्रति आवेदक न्यूनतम ५० कित्ताको दरले बाँडफाँड गर्नुपर्ने व्यवस्था रहेको हुँदा धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका, २०७४ बमोजिम आइपीओ बाँडफाँड भएको हो । जसमा सम्पुर्ण आवेदकले ५० कित्तामा हात पारेका हुन् । साथै, उद्योग प्रभावित क्षेत्र तथा खानी उत्खनन् क्षेत्रका बासिन्दाहरुका लागि छुट्याइएको ९ लाख ३० हजार कित्ता सेयरमध्ये बिक्री नभएको ६ लाख ८१ हजार ५३० कित्ता सेयर सर्वसाधारण (सामुहिक लगानी कोष र कम्पनीका कर्मचारी समेत) को लागि छुट्याइएको सेयरमा थप गरी सार्वजनिक निष्कासन गरिने क्यापिटलले जनाएको छ । उक्त बाँडफाँडको नतिजा निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबलब आइएमई क्यापिटलको वेभसाइट, सह निष्कासन तथा बिक्री प्रबन्धकहरु क्रमशः एनआइएमबी एस क्यापिटलको वेभसाइट,  प्रभु क्यापिटलको वेभसाइट, निष्काशनकर्ता कम्पनी सर्वोत्तम सिमेन्टको वेभसाइट र सिडिएस एण्ड क्लियरिङ्गको वेभसाइटबाट हेर्न सकिने ।

कुमारी सबल योजनामा आवेदन दिने समय लम्बियो

काठमाडौं । कुमारी क्यापिटलको म्युचुअल फण्डमा आवेदन दिने समय लम्बिएको छ । माघ २८ गतेदेखि बिक्री खुला गरेको कुमारी सबल योजनामा अब फागुन १३ गतेसम्म आवेदन दिन सकिने भएको छ । कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने १ अर्ब रुपैयाँको १० वर्ष अवधिको बन्दमुखी योजना बिक्री खुला गरेको हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँका दरले १० करोड इकाई बिक्री खुला गरेको हो । जसमध्ये १ प्रतिशत अर्थात् १० लाख इकाई योजना व्यवस्थापक कुमारी क्यापिटल, १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई कोष प्रवर्धक कुमारी बैंक र बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई छुट्याइएको छ । क्यापिटलको उक्त फण्डमा फागुन २ गतेसम्म आवेदन दिन सकिनेछ । यदि उक्त समयमा पर्याप्त आवेदन परेन भने फागुन १३ गतेसम्म आवेदन समय लम्बिनेछ । लगानीकर्ताहरूले फण्डमा न्यूनतम १ सय इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन सक्ने छन् । फण्डको निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल रहेको छ । लगानीकर्ताहरूले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत् आवेदन दिन सक्ने छन् ।

सिंगटी हाइड्रोको हकप्रद सेयर आजदेखि बिक्री खुला, कसले आवेदन दिन पाउँछन् ?

काठमाडौं । सिंगटी हाइड्रो इनर्जीले आज फागुन २ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १ः१ अर्थात् १ सय प्रतिशत हकप्रद सेयर निष्काशन गरेको हो । कम्पनीले चुक्ता पुँजी १ अर्ब ४५ करोड रुपैयाँको १ करोड ४५ लाख कित्ता सेयर अर्थात हाल कायम १ कित्ता सेयर बराबर नयाँ १ कित्ता सेयर अंकित मूल्य १ सय रुपैयाँका दरले बिक्री गरेको हो । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले पुस २२ गते बुकक्लोज गरेको थियो । त्यसैले पुस १९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भई कायम सेयरधनीहरूले हकप्रद सेयरमा आवेदन दिन सक्ने छन् । कम्पनीको हप्रद सेयरमा लगानीकर्ताहरूले फागुन २२ गतेसम्म आवेदन दिन सक्ने छन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरूले कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक र नेपाल बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै सिआस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिने कम्पनीले जनाएको छ । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।