सर्वोत्तम पेन्ट्सको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । मंगलबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५.३० अंकले घटेर २५९४.२७ बिन्दुमा घटेको हो ।

नेप्सेका अनुसार ७८ कम्पनीको सेयर मूल्य बढ्दा १८७ कम्पनीको सेयर मूल्य घटेको छ । १२ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । 

मंगलबार ३५७ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार मकर जितुमाया सुरीको भएको छ । मकरको ९० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । 

साथै रिलाइन्स स्पिीनिङको १७ करोड, सोलु हाइड्रोको १३ करोड र सुपर मादीको १२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । 

आज सर्वोत्तम पेन्ट्सको सेयर मूल्य १४.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।  

मंगलबार अधिकांश उपसूचक घटेका छन् । १३ वटा उपसूचकमध्ये केवल विकास बैंक र निर्जीवन बीमा समूहमा मात्रै वृद्धि देखिएको छ भने बाँकी सबै समूह राताम्मे भएका छन् ।

मंगलबारको कारोबारमा विकास बैंक उपसूचक ०.०८ प्रतिशतले बढेर ५,४६०.४० बिन्दुमा पुगेको छ । यस्तै निर्जीवन बीमा उपसूचक ०.३६ प्रतिशतले बढेर १०,३३९.६५ बिन्दुमा पुगेको छ, जुन दिनभरका उपसूचकमध्ये सबैभन्दा बढी वृद्धि हो ।

यता बैंकिङ उपसूचक ०.०३ प्रतिशत, वित्त समूह ०.९१ प्रतिशत, होटल तथा पर्यटन ०.७१ प्रतिशत, जलविद्युत ०.४२ प्रतिशत, जीवन बीमा ०.०९ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.२९ प्रतिशत, लघुवित्त ०.२७ प्रतिशत, म्युचुअल फन्ड ०.५३ प्रतिशत, अन्य समूह ०.१८ प्रतिशत र ट्रेडिङ समूह ०.५७ प्रतिशतले घटेका छन् ।

Share News