७.५ प्रतिशत नगद लाभांश बाँड्ने केबीएल सेक्युरिटिजको घोषणा

काठमाडौं । केबीएल सेक्युरिटिज लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई ७.५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको भदौ ५ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको करसहित ७.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश पारित गर्न कम्पनीले असोज २ गते काठमाडौंको टंगालस्थित कुमारी बैंकको प्रमुख कार्यालयमा बिहान ११ बजे चौथो वार्षिक साधारणसभा बोलाएको छ ।

साधारणसभाले स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्नेछ । साथै, सञ्चालक समितिको चौथो वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित गत आर्थिक वर्षको वासलात, नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरण, नाफा-नोक्सान बाँडफाँट हिसाब, इक्विटीमा भएको परिवर्तनलगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरू छलफल गरी पारित गर्नेछ ।

यस्तै, चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत साधारणसभामा पेस हुनेछ ।

Share News